नीलगिरी बचत तथा ऋण सहकारीको २२ औं वार्षिक साधारण सभा शनिबार भएको छ । कार्यक्रममा शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले संस्थाले छोटो समयमा नै उल्लेख काम गरेकोमा बधाई दिए । उनले सहकारीका मान्यता अनुरुप काम गर्र्दै नमूना सहकारी बन्न आग्रह गरे ।
सभामा संस्थाकाअध्यक्ष लेखनाथ बरालले वार्षिक प्रतिवेदन, लेखा समिति सदस्य राजेन्द्रप्रसाद भण्डारीले लेखा समितिको प्रतिवेदन र कोषाध्यक्ष पवित्रमणि पोख्रेलले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरे ।
समारोहमा बढी कारोबार गर्ने सेयर सदस्यहरु परिधि आचार्य, हुमबहादुर रानामगर, रुक्मिनी बराल, श्यामप्रसाद भुषाल र कृष्णप्रसाद पौडेललाई सम्मान गरियो । मेनुका गौतम पोख्रेल उत्कृष्ट कर्मचारीका रुपमा सम्मानित भइन् ।
सहकारीका सदस्यका छोरोछोरीमध्ये १० जोड २ तर्फ सर्वोत्कृष्ट छात्र विकल्प गौतम र छात्रातर्फ सन्ध्या बराल सम्मानित भए । बिभिन्न बिधामा विशिष्टता हासिल गर्ने नवीन पौडेल, शरद बराल, सागर बराल, सौगातराज बराल, सदीक्षा पौडेल, सुस्मिता पौडेल, अमित पोख्रेल, आयाम शर्मा र प्रज्ञा पोख्रेललाई सहकारीले सम्मान गरेको छ ।
सहकारीका अध्यक्ष लेखनाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गंगाधर पौडेल, सचिव तीर्थराजआचार्य, निवर्तमान अध्यक्ष रवीन्द्रप्रसाद श्रेष्ठ, संस्थापकअ ध्यक्ष ज्ञानेन्द्रराज पौडेल, पूर्व अध्यक्ष कालिदास पौडेल, पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारी, नेफ्सकुन शाखा प्रमुख यामकला सुवेदी र सेयर सदस्यहरुको तर्फबाट मिना पोख्रेलले बोलेका थिए ।





