ज्ञानबहादुर चेम्बर कार्यवाहक अध्यक्ष

पोखरा चेम्बर अफ कमर्स कास्कीको कार्यसमिति बैठकले उद्योगतर्फका उपाध्यक्ष ज्ञानबहादुर नेपालीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ ।

चेम्बर अध्यक्ष किसान सुनार गण्डकी प्रदेश चेम्बर अध्यक्ष मनोनित भएपछि उपाध्यक्ष नेपालीलाई कार्यवाहक दिइएको हो । कार्यवाहक अध्यक्ष नेपालीले चेम्बरको तेस्रो साधारण सभा तथा प्रथम अधिवेशनसम्मका लागि काम गर्ने महासचिव उमराज बास्तोला जानकारी दिए ।

निवर्तमान अध्यक्ष सुनारले कार्यवाहक अध्यक्ष नेपालीलाई औपचारिक समारोहबीच पदभार ग्रहण गराएका छन् । नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघका केन्द्रीय सदस्य नेपाली सोही महासंघ कास्कीको पूर्वअध्यक्ष तथा सल्लाहकार हुन् । उनी पूर्ण फर्निचर उद्योगका सञ्चालक हुन् ।

कोभिड १९को फैलावट बढेको कारण पोखरा चेम्बर अफ कमर्स कास्कीको भदौ ५ गते हुने भनिएको तेस्रो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनस्थगित भएको छ ।