लेखनाथ उद्योग वाणिज्य संघको चुनाव रोकियो

लेखनाथ उद्योग बाणिज्य संघको १३ औं महाधिवेशन स्थगित भएको छ । महाधिवेशन भदौ १८ र १९ गतेका लागि तय भएको थियो ।
चुनावी प्रक्रियामा हुने भीडले महामारी बढ्नसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीको आग्रहमा चुनाव रोकिएको हो । यसअघि भएका निर्वाचनका प्रक्रियालाई यथावत राख्दै बाँकी कार्यक्रम अर्काे सूचना नभएसम्मका लागि रोकिएको अध्यक्ष वलराम ढकालले जानकारी दिए ।
संघको अध्यक्षमा वर्तमान वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय, संस्थागत सदस्यमा रामबहादुर गुरुङ र एसोसियट सदस्यमा मेघराज पौडेल निर्विरोध चुनिइसकेका छन्

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।