अर्थ, वाणिज्य

कर्मचारीको नयाँ तलबमान

सरकारले चालु आर्थिक वर्षमा वृद्धि भएको नयाँ तलबमान यही साउन १ गतेदेखि लागू हुनेगरी स्वीकृत गरेको छ। प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको नेपाल सरकारका प्रवक्तासमेत रहेका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। बैठकले सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि नयाँ तलबमान… पुरा पढौ

प्रहरीलाई गाली गर्ने रामचन्द्र थापा पक्राउ

सेती नदीमा अवैध रुपमा वालुवा, ढुंगा निकालेर बेच्ने रामचन्द्र थापा पक्राउ परेका छन् । आइतबार पोखरा २५ मसिनाबगर सहस्रघाटमा अवैध रूपमा नदिजन्य पदार्थ गिट्टी, बालुवा उत्खनन भइरहँदा सोधपुछ गर्न पुगेका प्रहरीलाई सोधपुछ गर्ने क्रममा थापाले दुव्र्यवहार गरेका थिए । प्रहरी कर्मचारी माथी गालिगलौज, अभद्र व्यवहार गर्ने, हातपात समेत गर्ने प्रयास गरेको हुँदा बर्ष ६३ का थापालाई पक्राउ गरिएको कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए । थापाविरुद्ध सार्वजनिक हित, स्वास्थ्य,… पुरा पढौ

कुलमानलाई विद्युत् प्राधिकरणमा ल्याउने प्रस्ताव मन्त्रिपरिषद्‍मा

ऊर्जा मन्त्रालयले कुलमानलाई विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक बनाउने प्रस्ताव आज बस्ने मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी गरेको छ । सरकारले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको जिम्मेवारी दिने तयारी गरेको हो । अहिलेका कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई ऊर्जा आयोगमा सरुवा गरिने बताइएको छ । पुरा पढौ

साढे ५ करोडमा भेटेरिनरी अस्पतालको नयाँ भवन

गण्डकी प्रदेशको राजधानी शहर पोखरामा पशुपन्क्षीको उपचारका लागि मोडेल(नमूना) भेटेरिनरी अस्पताल निर्माण गरिने भएको छ । पोखरा महानगरपालिका–१२ स्थित हालको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको परिसरमा निर्माण गरिने अस्पताल भवनको आज गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढाले शिलान्यास गरे । पशु उपचार तथा कृषकलाई सहज भेटेरिनरी सेवा उपलव्ध गराउने उद्धेश्यले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीको गत आर्थिक वर्षको स्वीकृत वार्षिक… पुरा पढौ

रिलायवल नेपाल लाईफ इस्योरेन्स द्वारा अभिकर्ता सम्मान

रिलायवल नेपाल लाईफ इस्योरेन्स लिमिटेड पोखराले अभिकर्ता सम्मान तथा उत्प्रेरणाकार्यक्रम सम्पन्न गरको छ । कार्यक्रमका प्रमुख अतिथि रिलायवल नेपाल लाईफ इस्योरेन्स गण्डकी प्रदेशका प्रमुख सरोज अधिकारीले सम्पुर्ण एजेन्सीहरुलाई सम्मान गरेका थिए । सो अवसरमा बोल्दै उनले अहिलेको समयमा जिवन बिमा गर्नु आबश्यक भएको भन्दै मानिसहरुलाई आकर्षण गर्न जोड दिएका थिए । कार्यक्रममा बीमा एम .डी .आर. टी. मिन बहादुर गुरुङ्, सरु थापा , एजेन्सी मेनेजर धर्मदत्त पौडेल , गण्डकी प्रदेशका… पुरा पढौ

राष्ट्रिय कफी कपिङमा कास्की पहिलो

राष्ट्रिय चिया तथा कफी बिकास बोर्ड, प्रादेशिक कार्यालय, पोखराले आयोजना गरेको राष्ट्रिय कफी कपिङ प्रतियोगिता २०७७ मा कास्की प्रथम भएको छ । कास्कीको माछापुच्छ्रे उत्तम कफी उत्पादक सहकारी अन्नपूर्ण १, ढिकुरपोखरी ८५.७५ अंकसहित प्रथम भएको हो । राष्ट्रिय कफी कपिङ ल्याब, काठमाडौं र पोखरामा प्राप्त १७ कफी नमुनाको कफी कपिंग गरी त्यसको स्वाद र गुणस्तर जाँचिएको थियो । जोएल हिमालयन अरविका विन प्रालिको कफी दोस्रो भएको छ । सिन्धुपाल्चोकका विभिन्न… पुरा पढौ

कास्कीको निषेधाज्ञा लम्बियो, होटल, रेस्टुरेन्ट नखुल्ने

कोभिड १९ को दोस्रो लहर नियन्त्रण गर्न कास्कीमा लागू गरिएको निषेधाज्ञाको अवधि लम्बिएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बिहीबार जारी गरेको आदेशमा निषेधाज्ञा साउन ५ गते राति १२ बजेसम्म लागू हुने उल्लेख छ । बिहीबार बसेको जिल्ला कोभिड १९ व्यवस्थापन समिति (डिसिएमसी)को निर्णय अनुसार प्रशासनले अझै होटल, रेस्टुरेन्ट खोल्न बन्देज लगाइएको छ । पछिल्लो समय पर्यटन व्यवसायी र होटल, रेस्टुरेन्टका सञ्चालकहरुले सुरक्षा सावधानी अपनाएर होटल, रेस्टुरेन्ट खोल्न… पुरा पढौ

अस्फाल्ट पिच सफा गर्न अढाइ करोड

पोखरा महानगरले अस्फाल्ट पिच सडक निर्माणलाई बढावा दिएको छ । आगामी वर्ष अस्फाल्ट प्रविधिबाट गरिएको पिच सडक आवश्यकता अनुसार पखाल्न मिल्ने गरी कष्टमाइज गरिएको एक थान सवारी साधन र सोही सडक सफा गर्न १ थान ब्रुमर खरिद गर्न रु.२ करोड ५० लाख बजेट प्रस्ताव गरिएको छ । पोखरा महानगरले आगामी आर्थिक वर्षका लागि ६ अर्ब २७ करोड ७५ लाख रुपैयाँको बजेट ल्याएको छ । चालु आवका लागि ५ अर्ब ७२… पुरा पढौ

खोप गण्डकी सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशवासीलाई कोरोनविरुद्धको खोप दिलाउन प्रदेश सरकार प्रद्धिबद्ध रहेको बताएका छन् । पोखरा महानगरपालिकाको नवौं नगरसभामा बिहीबार उनले नागरिकको जीवन जोगाउन र उनीहरुको स्वास्थ्य रक्षाका लागि बजेटको अभाव नहुने भनाई राखे । संघ सरकारले अनुदानका रुपमा पाउने र खरिद गर्ने वाहेक पनि निजी क्षेत्रबाट खोप खरिद गर्न सकिने प्रावधानका बारेमा समेत आफूहरुले अध्ययन गरिरहेको मुख्यमन्त्री पोखरेलले बताए । संघीयताको आधारस्तम्भ स्थानीय तहलाई थप मजबुत र… पुरा पढौ

पोखरा महानगरको बजेट (पूर्णपाठ)

सभाध्यक्षज्यू, गण्डकी प्रदेशका माननीय मुख्य मन्त्रीज्यू,सभासदज्यूहरु, पत्रकार मित्र, राष्ट्र सेवक कर्मचारीतथा उपस्थित सम्पूर्ण मानुभावहरु ड्ड पोखरा महानगरपालिकाको जननिर्वाचित प्रतिनिधिको रुपमा पाँचौ वर्षको वार्षिक बजेट तथा कार्यक्रम पेश गर्न पाउँदा गौरव महसुस गरेको छु । जनताको सबै भन्दा नजिकको सरकारको रुपमा जनताको दैनिक जीवनसँग जोडिने यो बजेट तर्जुमा गर्दै गर्दा हामीले आम जनतासँग सामूहिक रुपमा गरेका बाचा तथा प्रतिबद्धताहरु, जनताको अपेक्षा र उपलब्ध स्रोत साधनलाई सन्तुलन मिलाउने अधिकतम् प्रयास गरेका छौं… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं