रिलायवल नेपाल लाईफ इस्योरेन्स लिमिटेड पोखराले अभिकर्ता सम्मान तथा उत्प्रेरणाकार्यक्रम सम्पन्न गरको छ । कार्यक्रमका प्रमुख अतिथि रिलायवल नेपाल लाईफ इस्योरेन्स गण्डकी प्रदेशका प्रमुख सरोज अधिकारीले सम्पुर्ण एजेन्सीहरुलाई सम्मान गरेका थिए । सो अवसरमा बोल्दै उनले अहिलेको समयमा जिवन बिमा गर्नु आबश्यक भएको भन्दै मानिसहरुलाई आकर्षण गर्न जोड दिएका थिए ।
कार्यक्रममा बीमा एम .डी .आर. टी. मिन बहादुर गुरुङ्, सरु थापा , एजेन्सी मेनेजर धर्मदत्त पौडेल , गण्डकी प्रदेशका टप एजेन्सी नितु बानिँया बस्नेत लगायतले व्यवसाय प्रवद्र्धन गर्नेुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रम रिलायवल नेपाल लाईफ इस्योरेन्स लिमिटेड कास्की शाखाका प्रमुख सुर्य सुमन थापाको अध्यक्षतामा सम्पन्न भएको थियो । शाखाका प्रमुख थापाले करोडपति क्लब स्तर , एजेन्सीहरुलाई फुल माला दोसल्ला तथा प्रमाण पत्रले सम्मान गर्दै शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमको सञ्चालन शाखाका मार्केटिङ प्रमुख सुजन बाबु तिवारीले गरेका थिए ।





