सेती नदीमा अवैध रुपमा वालुवा, ढुंगा निकालेर बेच्ने रामचन्द्र थापा पक्राउ परेका छन् ।
आइतबार पोखरा २५ मसिनाबगर सहस्रघाटमा अवैध रूपमा नदिजन्य पदार्थ गिट्टी, बालुवा उत्खनन भइरहँदा सोधपुछ गर्न पुगेका प्रहरीलाई सोधपुछ गर्ने क्रममा थापाले दुव्र्यवहार गरेका थिए ।
प्रहरी कर्मचारी माथी गालिगलौज, अभद्र व्यवहार गर्ने, हातपात समेत गर्ने प्रयास गरेको हुँदा बर्ष ६३ का थापालाई पक्राउ गरिएको कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।
थापाविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर अन्तरगत मुद्दामा दिन १० म्याद थप गरी अनुसन्धान भइरहेको छ ।




