सुजल र डिडिसीविरुद्ध मुद्दा

म्याद सकिएको नौनीबाट बनेको घिउ बिक्री प्रकरणमा दुग्ध विकास संस्थान (डिडिसी) र सुजल डेरी उद्योगविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मुद्दा दायर भएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सुजल र डीडीसीले मिलोमतोमा गुणस्तरलाई ध्यान नदिएको जनाएको छ । सुजलको तर्फबाट गुणस्तर निन्त्रक म्यानेजर नरेन्द्र डंगोल र डीडीसीमा बटर स्वीकार गर्ने आयोजनाका तत्कालिन निमित्त प्रमुख गोविन्दराज जोशीलाई विपक्षी बनाइएको छ ।

डंगोल र जोशलिे मिलेमतोमा गुणस्तरलाई बेवास्ता गरेको दाबी गरिएको छ । सुजलले बटरको उत्पादन, प्याकेजिङ, लेबल लगाउने र डीडीसीलाई सम्झौताअनुसार वितरण गर्ने गरेको छ । मिलोमतोमा बटर उत्पादन गरी म्याद नाघेको उत्पादन भण्डारण गरेको पाइएको विभागले दाबी गरेको छ ।

खाद्य नियमावली २०२७ को नियम १८ को एक (च० तथा उपनियम ७ को बिरुद्ध उनीहरुले काम गरेको विभागको भनाइ छ ।
डीडीसीले उपभोक्तालाई हाल बिक्री गरिसकेको ९० हजार किलो बटर नष्ट गर्नुपर्ने अवस्थाको रहेको विभागले जनाएको छ।