कुलमानलाई विद्युत् प्राधिकरणमा ल्याउने प्रस्ताव मन्त्रिपरिषद्‍मा

ऊर्जा मन्त्रालयले कुलमानलाई विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक बनाउने प्रस्ताव आज बस्ने मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी गरेको छ ।

सरकारले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको जिम्मेवारी दिने तयारी गरेको हो । अहिलेका कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई ऊर्जा आयोगमा सरुवा गरिने बताइएको छ ।