हेभी इक्युपमेन्ट कास्कीमा कोइराला, गण्डकीमा निश्चल

कास्की हेभी इक्युपमेन्ट व्यवसायी संघको ७ औं वार्षिक साधारणसभा तथा ४ औं अधिवेशनले बालकृष्ण कोइरालाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चुनेको छ ।

वरिष्ठ उपाध्यक्ष रामचन्द्र तिमिल्सिना, उपाध्यक्ष बलराम त्रिपाठी, सचिव भीम केसी, सहसचिव बामदेव पौडेल, कोषाध्यक्ष सुमन लामिछाने र सहकोषाध्यक्ष सावित्री गुरुङ पुन छन् । सदस्यमा उमानाथ आचार्य, टंकप्रसाद बराल, धर्म गुरुङ, रवि बराल, चन्द्रकान्त ढुंगाना, सुवास ढकाल, प्रकाश त्रिपाठी र सुजन भट्टराई छन् । अधिवक्ता मदनप्रसाद तिवारी संयोजक, लीलाधर बराल र लीलामोहन कुइकेल सदस्य रहेको निर्वाचन समितिले निर्वाचन प्रक्रिया सम्पन्न गरेको हो ।

सभामा हेभी इक्युपमेन्ट व्यवसायी संघका केन्द्रीय अध्यक्ष प्रेमलाल श्रेष्ठ, कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख इन्स्पेक्टर अमृतबहादुर बस्नेत, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, पोखरा उद्योग वाणिज्य संघका कोषाध्यक्ष बलराम आचार्य, हेभी इक्युपमेन्ट कास्कीका पूर्वअध्यक्ष लीला कुंइकेल, निर्माण व्यवसायी संघ कास्की अध्यक्ष सुरेश श्रेष्ठ, गण्डकी क्रसर उद्योग संघ अध्यक्ष सुरेन्द्र त्रिपाठी, निर्माण व्यवसायी गण्डकी टंक बराल, महासंघका केन्द्रीय सचिव महेशराज पौडेल, वरिष्ठ उपाध्यक्ष उमाकान्त शर्मा, केन्द्रीय निवर्तमान अध्यक्ष ताराबहादुर कुँवर लगायतले हेभी इक्युपमेन्ट व्यवसायीको समस्या र चुनौतीका बारेमा बोलेका थिए ।

कास्की हेभी इक्युपमेन्ट व्यवसायी संघ अध्यक्ष नीलकण्ठ पोखरेल (निश्चल)को अध्यक्षतामा कार्यक्रम भएको थियो । भेलाले पोखरेलको अध्यक्षतमा प्रकाश लामिछाने सचिव रहेको प्रदेश समितिसमेत चुनेको छ ।