पोखरा महानगरपालिका वडा नं. २२ चिसापानीमा रहेको चिसापानी प्रगतिशील कृषि सहकारीको चौथो साधारण सभा शनिबार भएको छ ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं.२२ का वडाध्यक्ष मित्रलाल बरालले विश्वमै सहकारीको सुरुआत सिमान्तकृत जनताको जीवनस्तर उकास्ने लक्ष्यका साथ भएको उल्लेख गरे । उनले हाम्रा सहकारीहरु उत्पादनमुखी हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा जिल्ला सहकारी संघ कास्की कोषाध्यक्ष नवराज बराल, शीतल बचत तथा ऋण सहकारी अध्यक्ष ईश्वरी लम्साल, छिनेडाँडा कृषि सहकारीका अध्यक्ष ओमनाथ सुवेदी, संस्थापक अध्यक्ष कमलबहादुर रेग्मी लगायतले सहकारीले नाम जस्तै कृषिको क्षेत्रमा प्रगतिशील रूपमा काम गर्दै आएको बताए ।
सभाले सहकारीका अध्यक्ष मीनबहादुर बास्तोलाले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष दीपेन्द्रराज पौडेलको आर्थिक प्रतिवेदन, लेखा तथा सुपरिवेक्षण समिति संयोजक नीलबहादुर केसीको लेखा समितिको प्रतिवेदन पारित गरेको छ ।
कार्यक्रममा आर्थिक कारोबार नियमित गर्ने काली गिरी, विद्यार्थीहरु अस्मिता पोख्रेल र अनुभव बास्तोला, उत्कृष्ट कारोबार कर्ता नन्दकली पौडेल, पशुपालक सीता पौडेल, सहकारीबाट ऋण लिई कृषिबाट राम्रो आय गरेकी इन्दिरा थापा बास्तोला लगायतलाई पुरस्कृत गरिएको थियोे ।
कार्यक्रममा सहसचिव तिलबहादुर आचार्य र सचिव प्रेमराज पौडेलले पनि बोलेका थिए ।





