प्रदेशको आफ्नै बैंक चाहियोः अर्थमन्त्री

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजीप्रसाद बराल जीवनले गण्डकी प्रदेशमा प्रादेशिक बैंक आवश्यक भएको बताएका छन् । प्रदेशको विक्तिय कारोवार वाणिज्य बैंक मातहातमा गर्दा कठिनाइ भएकाले प्रदेशको भुगोल र अबस्था अनुसारको बैंकको आवश्यकता बोध भएको उनले सुनाउ ।

गण्डकी प्रदेशको अर्थ मन्त्रालयले आन्तरिक राजश्व संकलनमा निजी क्षेत्रको भूमिका बिषयकमंगलबार भएको छलफलमा मन्त्री बरालले व्यवसायीक जीवन रक्षाकोष प्रभावकारी बनाउन आवश्यक परेमा ऐन संसोधन गरिने जनाए ।
दोस्रो चौमासिकको अन्तिम समयसम्म कार्यक्रम कार्यान्वयन नहुने सम्भावना भएमा रकमान्तर गर्न प्रदेश सरकार बाध्य हुने मन्त्री बरालले उल्लेख गरे । पर्यटन क्षेत्रबाट पलायन भएका र हुने खतरामा रहेका मजदूरलाई सरकार भएको आभाष दिलाउने गरी केही न केही राहत दिने योजना उनले सुनाए ।

नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले गण्डकी प्रदेशमा आर्थिक गतिविधि कम भएको बताए । प्रदेश सरकार संघिय सरकारको दास नभएको उल्ल्लेख गर्दै उनले राज्यको स्वरुप परिवर्तन गरी संघिय सरकारलाई दबाब दिन सक्नुपर्ने धारणा राखे ।
अर्थ मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले यस चालु आर्थिक बर्षमा प्रदेश सरकारले ५ अर्ब आन्तरिक रास्श्व संकलनगर्ने लक्ष्य अनुरुपको राजश्व संकलन गर्ने अभियानमानिजी क्षेत्रसँगको सफल गरिएको बताए ।

पोखरा पर्यटन परिषद अध्यक्ष गोपीबहादुर भट्राईले धेरै व्यवसयायी पलायन हुने अबस्थामा पुगेकाले अब बैंक तथा विक्तिय संघ संस्थालाई सरकारले आफ्नो माताहातमा राख्नुपर्ने धारणा राखे । फेवातालवरिपरी फुटट्याक बनाउन, पर्यटकलाई आकषर्ण गर्न पर्यटन पूर्वाधार गर्न उनले आग्रह गरे । उक्त अवसरमा व्यवसायीको मागपत्र अध्यक्ष भट्राईले मन्त्री बराललाई पेश गरे ।

टान पश्चिमाञ्चल क्षेत्रिय संघका अध्यक्ष शुसिलराज पौडेलले राजश्व, पर्यटन शुल्कः हिमाल आरोहण, पर्यटकीय गतिविधिका राजश्व प्रदेश सरकारको माताहातमा ल्याउनु पर्ने सुझाव दिए ।

नेपाल पर्यटन वोर्डका पूर्व सदस्य टीकाराम सापकोटाले निती तथा कार्यक्रममा प्रथामिकता दिएको पर्यटन क्षेत्रमा बजेट विनियोजन कम हुने गरेको गुनासो गरे ।

नेपाल पर्वतारोहण संघ गण्डकीका शेसकान्त शर्माले दक्ष जनशक्ति अभावले गर्दा पर्यटकीय गतिविधि संचालनमा ठुलो चुनौतीको सामना गर्नु पर्ने जनाए । भिटोभ गण्डकीका अध्यक्ष उदय सुवेदीले पर्यटनसंग संवद्ध संघ संस्थाहरु यति वेला ठुूो मारमा परेको गुनासो गरे ।

पश्चिमाञ्चल होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले प्रदेशले ल्याएको राहत प्याकेज अन्र्तगत व्यवसायीक जीवन रक्षाकोषबाट पहुचवालाले मात्र फाइदा लिने गरेको आरोप लगाए । टान पश्चिमाञ्चलकापूर्व अध्यक्ष रामचन्द्र शर्माले कोष परिचालन सहकारी वा वित्तिय संस्थाहरुबाट गर्न सुझाव दिए ।

नाटा गण्डकी प्रदेश अध्यक्ष सञ्जकान्त सिग्देलले पोखरामा क्षेत्रिय अन्तराष्टिय विमानस्थल संचालन गर्दा त्यसबाट प्रदेश सरकारले पर्यटन शुल्कःलिन सक्ने पूर्वाधार निर्माण गर्न सुझाव दिए ।

राष्टिय यातायात व्यवसायी महासंघ गण्डकी प्रदेश संयोजक भानुभक्त बरालले सार्वजनिक यातायात क्षेत्रमा सरकारले हेर्ने नजरमा परिवर्तन हुनुपर्ने बताए ।

टेसा पोखरा अध्यक्ष नारायण सापकोटाले पर्यटन क्षेत्रमा लोकप्रियप् याकेज सार्वजनिक गरे पनि कार्यान्वयन फितलो भएको जनाए । रेवान पोखरा अध्यक्ष लक्ष्मण बरालले २३ औं सडक पोखरा महोत्सव गर्ने तयारी भएकाले यसमा प्रदेश सरकारलाई अपनत्व लिन आग्रह गरे ।

हवाई खेलकुद संस्था नाका इन्द्र भण्डारीले प्रदेशले ल्याएको व्यवसायीक जीवन रक्षाकोष प्रभावकारी नभएको गुनासो गरे ।