पुम्दीभुम्दी बचत तथा ऋण सहकारीले बुधबार तेस्रो वार्षिकोत्सव मनाएको छ । २०७५ मंसिर २९ गते आयोजित भेलाले सहकारीको औपचारिक दर्ता प्रक्रिया सुरु गर्ने निर्णय गरेको थियो । वार्षिकोत्सवको अवसरमा सहकारी दीप प्रज्वलनसहित छलफल आयोजना गरेको छ ।
विभिन्न चरणका भेला, बैठक, छलफल तथा अन्र्तक्रिया गर्दै २०७६ जेठ २६ गते पोखरा महानगरपालिकामा यो सहकारी दर्ता भएको थियो । सहकारीका अध्यक्ष यामकुमार बरालले सहकारीको मूल्य, मान्यताअनुरुप कार्य गरी सेयर सदस्यको जीवनस्तर उकास्ने खालका कार्यक्रम ल्याइने बताए ।
कार्यक्रममा सचिव प्रमोद बराल, उपाध्यक्ष लक्ष्मी प्रसाद बराल, कोषाध्यक्ष अम्बिका बराल लगायतले बोलेका थिए ।






