नेपाली कांग्रेसका प्रभावशाली नेता डा शंशाक कोइरालाले यसपालि टिकट पाएनन् । नवलपुर क्षेत्र नम्बर १ बाट लगातार ४ पटक जितेका उनको साटो कांग्रेसबाट गजेन्द्रबहादुर आलेमगरलाई टिकट दिइएको छ ।
कांग्रेसका संस्थापक बिपी कोइरालाका छोरा डा शशांकले २०६४,२०७०,२०७४ र २०७९ मा चुनाव जितेका थिए ।
टिकट प्राप्त गरेका आले कांग्रेस महासमिति सदस्य हुन् ।
गैंडाकोट नगरपालिकाका उनले यस अघि गैंडाकोट नगरपालिकाको मेयरमा प्रतिस्पर्धा गरेर उपविजेता बनेका थिए।
नवलपुरको क्षेत्र नम्बर २ मा भने बिष्णुप्रसाद लामिछानेले टिकट प्राप्त गरेका छन् । उनी कांग्रेसका गण्डकी प्रदेश समितिका महामन्त्री हुन् । गएको चुनावमा दुवै क्षेत्र कांग्रेसले जितेको थियो ।




