रास्पाले अप्रत्याशित निर्णय गर्दै काठमाडौं २ मा राप्रपाका प्रदेश सांसद सुनील केसीलाई टिकट दिएको छ । उनले बालेको कोटाबाट टिकट पाएका हुन् ।
अघिल्लो चुनावमा काठमाडौं २ बाट सोविता गौतम विजयी भएकी थिइन् । उनले सोही क्षेत्रमा दोहोरिन चाहे पनि पार्टीले चितवन ३ बाट उठाएको छ ।
राप्रपाबाट प्रदेश सांसद बनेका केहीले राप्रपा परित्याग गरेको सार्वजनिक भएको छैन । उनी बालेनको कोर टिमका सदस्य भएको स्रोतले जनाएको छ ।




