निर्वाचन २०८२

मन्त्रीबाट राजीनामा दिएर सिराहा १ मा रास्वपा उम्मेदवार बन्दै बब्लु गुप्ता

युवा तथा खेलकुदमन्त्री पदबाट राजीनामा दिएका बब्लु गुप्ताले आगामी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिने तयारी गरेका छन्। ‘हिजो राति नै प्रधानमन्त्रीज्यूलाई भेटेर राजीनाको विषयमा सबै कुरा जानकारी गराइसकेँ। प्रक्रियागत कुराहरु आज सकिन्छ’, गुप्ताले भने, ‘फागुन २१ को निर्वाचनमा केन्द्रित हुन राजीनामा दिएको हुँ।’ उनी राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारको रुपमा चुनाबमा सहभागी हुने निश्चित भइसकेको छ। गुप्ता सुशीला कार्की नेतृत्वको वर्तमान सरकारमा उनी जेनजी अर्थात् युवा पुस्ताको प्रतिनिधिको रूपमा सहभागी भएका… पुरा पढौ

ताप्लेजुङमा क्षितिज थेबेलाई टिकट, यागेशले पाएनन्

नेकपा एमालेले आगामी फागुन २१ गते हुन गइरहेको चुनावका लागि ताप्लेजुङबाट क्षितिज थेबेलाई उठाउने भएको छ। पार्टी उपमहासचिव योगेश भट्टराईलाई टिकट नदिएर एमालेले थेबेलाई दिएको हो। उनी एमाले निकट राष्ट्रिय युवासंघका अध्यक्ष हुन्। भट्टराईले ताप्लेजुङबाट २०७४ र २०७९ को चुनाव जितेका थिए। नेता ईश्वर पोखरेल समूहबाट गएको महाधिवेशनमा प्रतिस्पर्धा गरेका योगेशलाई यसपालि अध्यक्ष केपी शर्मा ओलीले रोकेका हुन् । पुरा पढौ

नेकपाबाट हुम्लामा डा दीपेन्द्र रोकाया उम्मेदवार

नेकपाले हुम्लाको प्रतिनिधिसभा निर्वाचनका लागि डा दीपेन्द्र रोकायाले टिकट दिएको छ । जिल्लाबाट झण्डै एक दर्जन नेताको नाम सिफारिस भए पनि यो पटक रोकायाले टिकट पाउन सकेका हुन् । रोकाया ०७९ मै संसदीय निर्वाचन लड्ने तयारी गरेका रोकायालाई रोकेर त्यो बेला कार्चेन लामालाई टिकट दिएको थियो । कर्णाली प्रदेश योजना आयोगका पूर्व सदस्यसमेत रोकाया पत्रकारसमेत हुन् । रोकायले कर्णाली प्रदेशको पञ्चवर्षीय गुरुयोजना तयार गर्न महत्त्वपूर्ण योगदान गरेका छन् । यहाँ… पुरा पढौ

गोरखा २ मा चुनाव लड्दै बाबुराम

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आगामी फागनु २१ गते हुने प्रतिनिधि सभा चुनावमा गोरखा २ बाट चुनाव लड्ने भएका छन्। गोरखाबासीको भरोसा पुनर्निर्माण गर्न भन्दै चुनाव लड्ने निर्णयमा पुगेको भट्टराईको सचिवालयले बताएको छ। ‘२०७९ का केही कठिन निर्णयले कतिपय मन दुखेका थिए, प्रश्न र पीडा स्वाभाविक थिए,’ उनले सचिवालयले भनेको छ, ‘तर समयसँगै एउटा सत्य अझ प्रस्ट बन्दै गयो–गोरखाले डा बाबुराम भट्टराईलाई कहिल्यै छोडेको थिएन र उहाँले पनि। त्यसैले गोरखाबासीको सच्चा भावना,… पुरा पढौ

कास्की १ मा राजकाजी, २ मा किरण र ३ मा प्रेमलाई टिकट

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले कास्कीमा तीन वटै क्षेत्रका उम्मेदवारको टुङ्गो लगाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्की क्षेत्र नम्बर १ बाट राजकाजी गुरुङ (करन), क्षेत्र नम्बर २ बाट हेमबहादुर थापा पराजुली (किरण थापा) र क्षेत्र नम्बर ३ बाट प्रेम पौडेलले टिकट पाएका छन्। गुरुङ पहिलो संविधानसभा निर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । त्यसयता दोस्रो संविधानसभामा पर्वत र पहिलो प्रदेशसभा निर्वाचनमा कास्की २ (२)बाट उम्मेदवार भए पनि… पुरा पढौ

बागलुङ २: नेकपा किल्ला जोगाउन ज्ञामनाथ गैरे ‘अनिल’ चुनावी मैदानमा

बागलुङ । संसदीय राजनीतिको केन्द्र मानिने बागलुङ क्षेत्र नम्बर २ मा यसपटक चुनावी माहोल निकै रोचक बन्ने देखिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्नो बलियो संगठन रहेको मानिने यस क्षेत्रमा युवा र प्रभावशाली नेता ज्ञामनाथ गैरे ‘अनिल’लाई उम्मेदवार बनाउने औपचारिक निर्णय गरेसँगै राजनीतिक बृतमा तरंग पैदा भएको छ । नेकपा नेता राजिव घिमिरेका अनुसार, आइतबार बसेको पार्टीको बैठकले गैरेलाई सर्वसम्मत रूपमा उम्मेदवार बनाउने निर्णय गरेको हो । यसअघि जिल्ला… पुरा पढौ

ओखलढुंगामा यज्ञराजलाइ रोकेर अस्मितालाई एमालेको टिकट

नेकपा (एमाले) ले ओखलढुंगा जिल्लाबाट प्रतिनिधिसभा सदस्यका लागि अस्मिता थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। अनेरास्ववियुबाट राजनीति थालेकी थापा ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष हुन्।शनिबार दिनभर बसेको एमाले सचिवालय बैठकले थापालाई टिकट दिने निर्णय गरेको हो। उनी यसअघि एमाले महाधिवेशन प्रतिनिधि समेत दोस्रोपटक चयन भएकी थिइन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका रामहरि खतिवडासँग पराजित भएका यज्ञराज सुनुवार यसपटक पनि टिकटका बलिया दाबेदार मानिएका थिए। सुनुवार एमालेको ११औँ महाधिवेशनमा अध्यक्ष केपी… पुरा पढौ

एमालेमा टिकट वितरणः ईश्वर टिमका धेरैको हात रित्तै

एमालेको शनिबार भएको सचिवालय बैठकले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फको उम्मेदवार छान्यो । एमालेको ११ औं महाधिवेशनमा नेता ईश्वर पोखरेल समूहबाट अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धा गरेका अधिकांश नेताले यो पटक टिकट पाएका छैनन् । ओलीको टिमसँग प्रतिस्पर्धा गरेका अधिकांश नेताको टिकट यकिन नगरी अध्यक्षलाई अधिकार दिइएको छ । ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका ईश्वर पोखरेलकै टिकट यकिन भएको छैन । काठमाडौं ५ बाट चुनाव उठ्दै आएका ईश्वरको क्षेत्रमा उम्मेदवार तोक्न बाँकी छ ।… पुरा पढौ

नेकपाबाट पर्वतमा मनहरि उम्मेदवार

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पर्वतमा मनहरि तिमल्सिनालाई उम्मेदवार बनाएको छ। फागुन २१ गते हुने निर्वाचनका लागि नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालले तिमल्सिनालाई टिकट दिएका हुन्। नेकपा केन्द्रीय सदस्यसमेत रहेका तिमिल्सिनाले प्रचण्डको सचिवालयमा बसेर पनि काम गरेका थिए । माक्र्सवादी लेखक, चिन्तकसमेत रहेका तिमिल्सिनाका दर्जन जति कृति प्रकाशित छन् । पहिलोपटक संसदीय निर्वाचन लड्न लागेका तिमिल्सिनाको प्रतिस्पर्धा एमालेका पदम गिरी हुने पक्का भएको छ । जिल्लामा कांग्रेसको… पुरा पढौ

नेकपाबाट गोरखा १ मा कुमार र २ मा लेखनाथ उम्मेदवार

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले गण्डकीमा टिकट वितरण सुरु गरेको छ । फागुन २१ गतेको निर्वाचनका लागि नेकपाबाट टिकट वितरण सुरु भएको हो । नेकपाले गोरखाबाट हरिराज अधिकारी कुमार र लेखनाथ न्यौपानेलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । क्षेत्र नम्बर १ बाट अधिकारी र २ बाट न्यौपानेलाई टिकट दिइएको हो । गत निर्वाचनमा कांग्रेससँग मिलेको माओवादीले १ मा कांग्रेसका राजेन्द्र बजगाईंलाई सघाएको थियो भने २ बाट पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार दिए… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं