ताप्लेजुङमा क्षितिज थेबेलाई टिकट, यागेशले पाएनन्

नेकपा एमालेले आगामी फागुन २१ गते हुन गइरहेको चुनावका लागि ताप्लेजुङबाट क्षितिज थेबेलाई उठाउने भएको छ।

पार्टी उपमहासचिव योगेश भट्टराईलाई टिकट नदिएर एमालेले थेबेलाई दिएको हो। उनी एमाले निकट राष्ट्रिय युवासंघका अध्यक्ष हुन्।

भट्टराईले ताप्लेजुङबाट २०७४ र २०७९ को चुनाव जितेका थिए। नेता ईश्वर पोखरेल समूहबाट गएको महाधिवेशनमा प्रतिस्पर्धा गरेका योगेशलाई यसपालि अध्यक्ष केपी शर्मा ओलीले रोकेका हुन् ।