नेकपाबाट हुम्लामा डा दीपेन्द्र रोकाया उम्मेदवार

नेकपाले हुम्लाको प्रतिनिधिसभा निर्वाचनका लागि डा दीपेन्द्र रोकायाले टिकट दिएको छ ।

जिल्लाबाट झण्डै एक दर्जन नेताको नाम सिफारिस भए पनि यो पटक रोकायाले टिकट पाउन सकेका हुन् ।

रोकाया ०७९ मै संसदीय निर्वाचन लड्ने तयारी गरेका रोकायालाई रोकेर त्यो बेला कार्चेन लामालाई टिकट दिएको थियो । कर्णाली प्रदेश योजना आयोगका पूर्व सदस्यसमेत रोकाया पत्रकारसमेत हुन् ।

रोकायले कर्णाली प्रदेशको पञ्चवर्षीय गुरुयोजना तयार गर्न महत्त्वपूर्ण योगदान गरेका छन् । यहाँ नेकपा एमालेबाट दल फडेराले टिकट पाएका छन् ।