नेकपाबाट पर्वतमा मनहरि उम्मेदवार

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पर्वतमा मनहरि तिमल्सिनालाई उम्मेदवार बनाएको छ। फागुन २१ गते हुने निर्वाचनका लागि नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालले तिमल्सिनालाई टिकट दिएका हुन्।

नेकपा केन्द्रीय सदस्यसमेत रहेका तिमिल्सिनाले प्रचण्डको सचिवालयमा बसेर पनि काम गरेका थिए । माक्र्सवादी लेखक, चिन्तकसमेत रहेका तिमिल्सिनाका दर्जन जति कृति प्रकाशित छन् ।

पहिलोपटक संसदीय निर्वाचन लड्न लागेका तिमिल्सिनाको प्रतिस्पर्धा एमालेका पदम गिरी हुने पक्का भएको छ । जिल्लामा कांग्रेसको टिकट कसले पाउँछ भन्ने यकिन छैन ।

टिकट पाएपछि तिमिल्सिनाले राजनीतिक चश्माभन्दा माथि उठेर सबैको साझा प्रतिनिधिका रूपमा इमानदार भूमिका निर्वाह गर्ने वाचा गरेका छन् ।

उनले भनेका छन्ः मेरा लागि पद होइन, कर्तव्य महत्वपूर्ण छ। सत्ता होइन, सेवा प्राथमिकता हो।’