मन्त्रीबाट राजीनामा दिएर सिराहा १ मा रास्वपा उम्मेदवार बन्दै बब्लु गुप्ता

युवा तथा खेलकुदमन्त्री पदबाट राजीनामा दिएका बब्लु गुप्ताले आगामी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिने तयारी गरेका छन्।

‘हिजो राति नै प्रधानमन्त्रीज्यूलाई भेटेर राजीनाको विषयमा सबै कुरा जानकारी गराइसकेँ। प्रक्रियागत कुराहरु आज सकिन्छ’, गुप्ताले भने, ‘फागुन २१ को निर्वाचनमा केन्द्रित हुन राजीनामा दिएको हुँ।’

उनी राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारको रुपमा चुनाबमा सहभागी हुने निश्चित भइसकेको छ। गुप्ता सुशीला कार्की नेतृत्वको वर्तमान सरकारमा उनी जेनजी अर्थात् युवा पुस्ताको प्रतिनिधिको रूपमा सहभागी भएका थिए। युवा र खेलकुद क्षेत्रमा नयाँ काम गर्न थाले पनि राजनीतिक यात्रालाई थप उचाइ दिन प्रत्यक्ष निर्वाचनमा जाने निर्णय गरेको उनले बताए।

उम्मेदवारी दर्ताको माघ ६ गते हो।