नेकपाबाट गोरखा १ मा कुमार र २ मा लेखनाथ उम्मेदवार

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले गण्डकीमा टिकट वितरण सुरु गरेको छ । फागुन २१ गतेको निर्वाचनका लागि नेकपाबाट टिकट वितरण सुरु भएको हो ।

नेकपाले गोरखाबाट हरिराज अधिकारी कुमार र लेखनाथ न्यौपानेलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । क्षेत्र नम्बर १ बाट अधिकारी र २ बाट न्यौपानेलाई टिकट दिइएको हो ।

गत निर्वाचनमा कांग्रेससँग मिलेको माओवादीले १ मा कांग्रेसका राजेन्द्र बजगाईंलाई सघाएको थियो भने २ बाट पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार दिए । दुबैले जितेका थिए ।

एमालेले गोरखा १ आरसी लामिछाने र क्षेत्र नम्बर २ मा मिलन गुरुङलाई टिकट दिएको छ । नेपाली कांग्रेसको भने उम्मेदवारी यकिन हुन बाँकी छ ।