नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही ४ बाट उम्मेदवार बन्ने भएका छन् । आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि सभापति थापाले निर्वाचिन क्षेत्र परिवर्तन गर्ने भएका छन् ।
यसअघि तीनपटक काठमाडौं ४ बाट उनले चुनाव जित्दै आएका थिए । यसपटक गगनले रोजेको सर्लाही ४ मा नेकपा एमालेबाट रविसिंह कुशवाहा र नेपाली कम्युनिस्ट पार्टीबाट डा रगनिस राय यादव उम्मेदवार छन् ।
सर्लाही– ४ बाट नेपाली कांग्रेसका सभापति थापा र रास्वपाबाट अमरेशकुमार सिंह भिड्ने भएका छन् । सिंह २०७९ मा यही क्षेत्रबाट स्वतन्त्र सांसद भएका थिए । सिंहले कांग्रेसका नागेन्द्रकुमारलाई १७६४ मतान्तरले पराजित गरेका थिए ।
पहिले कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्रबाट उठेका सिंहले यसपटक रास्वपा प्रवेश गरेका हुन् । सिंहले आफू धर्तीपुत्र रहेको भन्दै कांग्रेस सभापति आए पनि नभाग्ने बताएका छन् । भने, ‘कांग्रेस सभापति मात्र होइन, जो आए पनि हराउँछु ।’




