गण्डकी सेरोफेरो

पोखरा पूर्ण अन्धकार(तस्वीरहरूमा हेरौं)

पोखरामा भारी वर्षा भइरहेको छ । पोखराको मौषम निकै डरलाग्दो छ । साँझ ६ बजे नै पूर्ण अन्धकार भएको छ । सवारी साधन चलाउनेहरूलाई हेडलाइट बालेर हिंडडुल गर्न पनि समस्या भएको छ । छिनछिनमा विजुली चम्किएको छ । मेघ गर्जिएको छ । बाहिरी मौषम अन्धकार भएपछि ५ बजे नै सबै घरमा बत्ति बाल्नुपर्ने अवस्था सृजना भएको छ । https://www.youtube.com/watch?v=wux73u745us&t=93s केही अघि सिमसिम पानी परे पनि अहिले ठूला ठूला थोपाको पानी… पुरा पढौ

पोखरामा छिनभरमै मौषम परिवर्तन, मेघ गर्जनसहित वर्षा शुरु

पोखरामा आज बुधबार मेघ गर्जनसहित पानी पर्न शुरु भएको छ । केही अघि ४ बजेसम्म चर्को घाम लागेको पोखरामा ५ बजे मेघ गर्जनसहित पानी पर्न शुरु भएको छ । पानी स्तिारै परिरहेको छ । वातावरण निकै अँध्यारो भएको छ । मौषम विभागले बुधबार बिहान मुलुकको पश्चिम क्षेत्रमा भारी वर्षा र हिमाली क्षेत्रमा हिमपात हुने जनाएको थियो । पोखराको बजार क्षेत्र र सराङकोट आसपासमा पानी परेको छ । पस्र्याङ क्षेत्रमा पानी… पुरा पढौ

२ पर्यटकीय गन्तव्य जोड्न पदमार्ग

बाग्लुङको ऐतिहासिक २ पर्यटकीय गन्तव्यस्थललाई जोड्न करीब डेढ किमी पदमार्गको निर्माण कार्य शुरु गरिएको छ । गलकोट नगरपालिका–७, मल्मस्थित ऐतिहासिक सिद्धेश्वर शिवालय मन्दिर र वडा नं ९ को पाण्डुकेशरी गुफाबीचको आउजाउ सहज बनाउन पदमार्गको निर्माण शुरु गरिएको हो । करीब डेढ किमी दूरीको पदमार्ग निर्माण यही वर्ष सक्ने लक्ष्य लिइएको छ । व्यवस्थित पदमार्गका लागि वडा नं ७ बाट गत आव र चालू आवमा गरी रु ४ लाख बजेट छुट्टयाएको छ… पुरा पढौ

कप्तान अरुणा १ लाखको प्रतिभा वर्ष पुरस्कारबाट सम्मानित

राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही पोखरामा एक लाख नगद पुरस्कारसहित सम्मानित भएकी छन् । पोखरा ३ नदिपुर स्थित प्रतिभा माध्यमिक विद्यालयले नेपाली खेलक्षेत्रमा शाहीले पु¥याएको योगदानको कदरस्वरुप शाहीलाई पोखरामा एक समारोहकाबीच सम्मान गरेका जनाएको छ । शाहीकै नेतृत्वमा नेपाली महिला भलिबल टीमले अहिलेसम्मकै उच्च प्रदर्शनका साथ हालै सम्पन्न साग गेममा रजत पदक जितेको थियो । पोखरा महानगर प्रमुख मानबहादुर जिसीले शाहीलाई विद्यालयको तर्फबाट एक लाखसहित प्रशंसापत्र र दोसल्ला… पुरा पढौ

थापाको नेतृत्वमा कुर्लुङ्गखोला खानेपानी आयोजना

कुर्लुङ्गखोला खानेपानी तथा सरसफाई आयोजना पोखरा ३१ पचभैयामा आगामी तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन भएको छ । नरनारायण थापाको अध्यक्षतामा ९ सदस्यीय समिति शनिवार गठन भएको हो । समितिको उपाध्यक्षमा दयासागर अधिकारी , सचिव निमा थापा मगर , कोषाध्यक्ष बिन्दु परीयार रहेका छन् । त्यस्तै सदस्यहरुमा तारामणि घिमिरे , रमेश न्यौपाने, दिपक अधिकारी, चिनबहादुर मिजार, सन्तोष गुरुङ्ग र कृष्णबन्धु खनाल चयन भएका हुन् । निर्वाचित नयाँ कार्यसमितिलाई निर्वाचन… पुरा पढौ

मिस कल्चरका प्रतियोगीले देखाए प्रतिभा

‘हाम्रो संस्कृति हाम्रो पहिचान, लोपोउन्मुख संस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने मूलनाराकासाथ स्थापित पुष्पाञ्जली फेसन एण्ड इभेन्टले आयोजना गरेको छैंठौं नेपाल आइस मिस कल्चर नेपालका उत्कृष्ट १५ प्रतियोगीहरूले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । गत शनिबार नेपाल पर्यटन बोर्ड पोखराको सभाहलमा भएको उक्त कार्यक्रममा प्रतियोगीहरूले नृत्य, गायन, हास्य, हस्तकला, चित्रकला, अभिनय, जस्ता प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले कार्यक्रमको उद्घाटन गर्दै… पुरा पढौ

पर्यटन एवं उद्यमशील पत्रकारिता पुरस्कार घोषणा

तनहुँको बन्दीपुर गाउँपालिका ४ ठूलढुंगादेखि बन्दीपुर बजारसम्म केबलकार निर्माण गरिरहेको आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन लिमिटेडले पर्यटन एवं उद्यशमील पत्रकारिता पुरस्कारको घोषणा गरेको छ । बन्दीपुर केबलकार प्रालिले हरेक वर्ष पुरस्कृत गर्ने गरी पुरस्कार घोषणा गरेको हो । पुरस्कार राशि १ लाखको सेयर छ । कम्पनीको पाँचौ साधारणसभाको अवसरमा माघ २५ गते पुरस्कार वितरण गरिने कम्पनी अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । पत्रकार छनोट गर्नका लागि कम्पनीका निर्देशक तारानाथ उपाध्यायको… पुरा पढौ

आँधीखोलाका युवा संगठित, अध्यक्षमा हरि ढकाल

आँधीखोला गाँउपालिकाका युवाको भेलाले हरि ढकालको अध्यक्षतामा आँधीखोला युथ क्लब गठन गरेको छ । भेलाले सर्वसम्मत ३३ सदस्यीय तदर्थसमिति बनाएको हो। समितिमा उपाध्यक्ष क्रमश पवनकाजी अधिकारी, दिपेन्द्र खड्का, महिला उपाध्यक्ष सारदा शर्मा, कोषाध्यक्षमा लीलाधर लामिछाने, सचिव लक्ष्मीप्रसाद ढकाल र सहसचिव भीमप्रसाद पौडेल छन् । संस्थाका सदस्यमा दीपेन्द्र पौडेल, शिवकुमार सुवेदी, सन्तोष सापकोटा, सृजना पौडेल, रबिन पौडेल, शिव पौडेल, पुरुषोत्तम पौडेल, मदन पौडेल, समुन्द्र कार्की, दीपक नेपाली, अमृत गुरुङ, शोभाकान्त ढकाल,… पुरा पढौ

राज्यले सबै नागरिकलाई समान व्यवहार गर्नुपर्छ : केसी

नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले राज्यले सबै नागरिकलाई समान व्यवहार गर्नुपर्ने बताएका छन् । नेपाल खानेपानी संस्थान कर्मचारी संघ इकाई समिति पोखराद्वारा आयोजित २९ औं वार्षिक साधारणसभामा सभापति केसीले कार्यरत कर्मचारीलाई व्यवस्थापनले समान व्यवहार गर्नुपर्नेमा जोड दिए । उनले खानेपानी संस्थानमा कार्यरत करार र ज्यालादारी कर्मचारीलाई विभेद भए सिंगो कांग्रेस चुप लागेर नबस्ने समेत चेतावनी दिए । खानेपानी संस्थान लगायतका सरकारी निकाय उपभोक्ता मैत्री बन्नुपर्ने भन्दै उनले कर्मचारी पनि… पुरा पढौ

पोखराको मौषम : कडा चिसो, कुहिरोले डम्मै

पोखरामा आज शुक्रबार निकै चिसो बढेको छ । बिहानैदेखि पोखरा अँध्यारो भएको छ । पानी पर्ने संकेत गरिरहेको छ । कडा चिसो बतास चलिरहेको छ । पोखरा आसपासका डाँडाहरूमा कुहिरोले डम्म भएको छ । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं