शुक्रबारबाट मुस्ताङको मुक्तिनाथमा तेश्रो राष्ट्रिय स्की च्याम्पियनसीपको तैयारी अभ्यास सुरु भएको छ । २ दिने प्रशिक्षण अभ्यासमा ४ जिल्लाका ३६ खेलाडीले भाग लिएका छन् ।
संघले यसपटक २१ पुरुष र १५ महिला खेलाडीलाई हिउँको मैदानमा उतारेको हो । यसमा पुराना र केही नयाँ खेलाडी छन् ।
वारागुङ मक्तिक्षेत्र गाउपालिका –१ मुक्तिनाथ रानीपौवा खेल मैदानमा अल्पार्ईन स्की र नोडिक स्कीको तालिम दिईएको हो । रानीपौवाको पुर्वतर्फ करिव ३ सय मिटर लामो २ वटा थुम्काको हिउँमा क्रस कन्ट्री स्की खेलको तालिम दिईएको प्रशिक्षक रामप्रसाद गुरुङले जानकारी दिए । बिहान ८ बजे देखि साँझ ४ बजे सम्म २ दिन स्कीको तालिम तालिम समय तोकिएको प्रशिक्षक शेरबहादुर गुरुङले बताए ।
नेपाल स्की संघले यसअघि रसुवाको क्यान्जेमा पहिलो र गत वर्ष मुक्तिनाथमा दोश्रो संस्करणको स्की च्याम्पियनसीप गरेको छ । नेपालमा स्की खेलको विकास तथा अन्तराष्ट्रिय स्तरको स्की प्रमोशन गर्न कार्यक्रम गर्न लागेको सचिव कार्कीले खुलाए । संघले नाफा भन्दा पनि माउन्टेन स्की खेलको प्रर्वद्धन तथा हिउँ पर्यटक आर्कर्षित गर्ने लागेको हो ।
संघले स्थानीयलाई पनि स्की सिकाउदै छ । बेमौसमे घाटा पूर्ती गर्न स्की महत्वपूर्ण भएको संघको भनाई छ । अभ्यास सकिए लगत्तै सोमाबार स्की च्याम्पियन हुने संघले बतायो ।




