गण्डकी सेरोफेरो

कांग्रेसको चुनाव प्रचार समिति गठन, मूल संयोजकमा केसी

नेपाली कांग्रेस कास्कीले आशन्न उपनिर्वचनका लागि ३ हजार ५५१ सदस्यीय चुनाव प्रचार समिति गठन गरेको छ । मूल समितिमा जिल्ला सभापति कृष्ण केसी संयोजक, क्षेत्र नं. २ का क्षेत्रीय सभापति माधव प्रसाद बाँस्तोला मधु र पोखरा महानगर सभापति वजीरमान श्रेष्ठ सहसंयोजक रहेका छन् । कास्की क्षेत्र नं. २ द्वारा शुक्रबार आयोजित नेता, कार्यकर्ता भेलाले पोखरा वडा नं. ४ मा नेता यज्ञबहादुर थापालाई संयोजक तोकेको छ । यस्तै वडा नं. ७… पुरा पढौ

तालचोकको लेकसिटी मिनी मार्केटमा आगलागी

पोखरा महानगरपालिका वडा नं. २७ तालचोकस्थित लेकसिटी मिनी मार्केटमा आगलागी भएको छ । आगलागी बिहीबार भएको हो । राति करिव ९.२० देखि आगलागी शुरु भएको स्थानीयले वताएका छन् । आगो दमकल र पानी टंयाकरको सहयोगमा करिव २ घण्टापछि नियन्त्रणमा आएको थियो । आगलागीबाट ६ वटा पसल ध्वस्त र अन्य आशिंक आगलागी भएका छन् । आगलागीबाट करिव १ करोडको क्षति भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । यसैबीच आगलागी भएको… पुरा पढौ

कास्की-२ : नेकपाकी विद्या, कांग्रेसका खेमराजसहित २५ जना भिड्ने

कास्की निर्वाचन क्षेत्र नं.२ का लागि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि २५ जना उम्मेदवारले उम्मेदवारी मनोनयन पत्र दर्ता गरेका छन् । जसमा ११ जना स्वतन्त्रतर्फका उम्मेदवार पनि छन् । यो निवार्नचन क्षेत्रमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पाटी (नेकपा) का तर्फबाट विद्या भट्टराईका साथै प्रमुख प्रतिपक्ष कांग्रेसका तर्फबाट खेमराज पौडेलले उम्मेदवारी मनोनयनपत्र दर्ता गरेका छन् । साझा पार्टीका रजनी केसी, राप्रपाका रोमबहादुर भण्डारी, नेपाली कांग्रेस वीपी पार्टीका चन्द्रबहादुर रानाभाट, देशभक्त समाजका… पुरा पढौ

देवराजले दिए खेमराजलाई बधाई र शुभकामना

कास्की क्षेत्र नंं २ का प्रमुख दाबेदार मानिएका उम्मेदवार देवराज चालिसेले अन्तिम समयमा टिकट पाउन सकेनन् । यसअघि पराजित भएका देवराज उम्मेदवार बन्ने आँकलन धेरैको थियो र चाहना पनि । तर आँकलन फेल खायो । पार्टीको राजनीतिक भागवण्डा र रसाकस्सीले खेमराज पौडेलले टिकट पाए । नेता देवराजले खेमराजलाई सफलताको शुभकामना दिएका छन् । सामाजिक फेसबुकमार्फत देवराजले खेमराजलाई बधाई र शुभकामना दिएका हुन् । देवराजले खेमराजलाई कांग्रेसका आदरयोग्य नेताको रुपमा चित्रण… पुरा पढौ

देउवाले धनराज छोडेर खेमराज रोज्दा…, को हुन् खेमराज ?

कास्की क्षेत्र नं. २ मा नेपाली कांग्रेसले पनि उम्मेदवारको टुंगो लगाएको छ । कास्की जिल्लाको निरन्तर दवाव र केन्द्रमा लामो रसाकस्सी पछि कांग्रेसका पूराना नेता खेमराज पौडेलले टिकट पाएका छन् । बुधबार मध्यान्हसम्म केन्द्रीय सदस्य धनराज गुरुङले टिकट पाउने चर्चा चले पनि नेता धनराज गुरुङ स्वयंले आफू कास्की–२ मा जान नचाहेको बताएपछि सभापति शेरबहादुर देउवाले खेमराज पौडेललाई उम्मेदवार बनाएका हुन् । नेता गुरुङलाई उम्मेदवार बनाउन सभापति देउवाले अन्तिम समयसम्म अडान… पुरा पढौ

निर्वाचनमा मानवअधिकारकर्मीको सहयोग आवश्यक : सुवेदी

कास्की जिल्ला निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीले निर्वाचनको समयमा मानव अधिकारकर्मीको महत्वपूर्ण भूमिका रहने बताएका छन् । आगामी मंसिर १४ गते हुने कास्की जिल्ला क्षेत्र नं २ प्रतिनिधि सभाको उपनिर्वाचनका बारेमा जानकारी लिन जिल्ला निर्वाचन कार्यालय पुगेका राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) गण्डकी प्रदेशका टोलीसंगको छलफलमा सुवेदीले निर्वाचनका क्रममा आचारसंहिता पालना भए÷नभएको बारेमा समेत अनुगमन गर्न आग्रह गरे । उक्त अवसरमा नियोकका प्रदेश अध्यक्ष टेकनाथ बराल, सचिव विष्णुप्रसाद बराल, इन्सेक गण्डकी… पुरा पढौ

उद्दार बाल विकास केन्द्रलाई सहयोग

पोखराको गैरापाटनस्थित उद्दार बाल विकास केन्द्रलाई विभिन्न समग्री प्राप्त भएको छ । हाल अमेरिका रहेका अनिश सिग्देल र अनिशा सिग्देल खरेलले केन्द्रलाई विभिन्न सामग्री सहयोग गरेका हुन् । केन्द्रमा हाल अति विपन्न वर्गका २३ जना ससाना बालबालिका छन् । सिग्देलद्वयले केन्द्रलाई २ थान लोबेडसहित म्याट्रेस, कुसन, तन्नाका साथै खाद्यान्न सामगी प्रदान गरेको केन्द्रकी अध्यक्ष गोमा कोइराला सुवेदीले जानकारी दिइन् । उक्त अवसरमा रजनी श्रेष्ठले समेत केन्द्रका लागि केबल लाइन जोडर… पुरा पढौ

उम्मेदवारी दर्ताका लागि कास्की कांग्रेसको यस्तो तयारी

कास्की काँग्रेस कास्की क्षेत्र नं २ को उपनिर्वाचनमा उम्मेद्वारी दर्ताका लागि जुलुससहित जाने भएको छ । तर कांग्रेसका उम्मेदवार अझै टुंगिएको छैन । कास्की क्षेत्र नं. २ का लागि नेता देवराज चासिलेसहित १६ जनाको नाम केन्द्रमा सिफारिस भएको छ । यो समाचार तयार पर्दासम्म उम्मेदवारको टुंगोबारे कांग्रेसमा कुनै निर्णय भएको छैन । कास्की कांग्रेसको मंगलबारको बैठकले कात्तिक २१ गते बिहीवार पोखराको सभागृहबाट जुलुससहित उम्मेदवारी दर्ताका लागि निर्वाचन कार्यालय जाने निर्णय… पुरा पढौ

राप्रपा कास्कीको चुनाव प्रचार समिति

राष्ट्रिय प्रजातन्त्र पार्टी आगामी मंसिर १४ गते हुने कास्की क्षेत्र नं २ को उपनिर्वाचनको लागि निर्वाचन परिचालन समिति गठन गरेको छ । पार्टीको केन्द्रदेखि प्रदेश हुँदै स्थानीय तहसम्मका विभिन्न पदाधिकारी तथा सदस्य रहने गरी १ हजार १ सय ११ सदस्यीय परिचालन समिति गठन गरेको छ । जसअन्तर्गत जिल्ला निर्वाचन परिचालन समिति संयोजकमा जयलाल पुन, सहसंयोजकमा इश्वरी बैरागी, सहसंयोजक क्षेत्रीय अध्यक्ष कृष्णराज अधिकारी, जिल्ला उपाध्यक्ष विष्णु कार्की, महानगर अध्यक्ष मोतिमान शाक्य… पुरा पढौ

नेकपा अध्यक्ष प्रचण्ड र महासचिव पौडेल पोखरा आउँदै

नेपाल कम्युनिष्ठ पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेल पोखरा आउने भएका छन् । आशन्न उपनिर्वाचन लक्षित जिल्लास्तरीय बृहत् कार्यकर्ता प्रशिक्षण दिन अध्यक्ष प्रचण्ड र महासचिव पौडेल पोखरा आउने भएका हुन् । नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाका अनुसार जिल्लास्तरीय बृहत् कार्यकर्ता प्रशिक्षण कार्यक्रम यहि कात्तिक २३ गते शनिबार हुँदैछ । स्थान र समय भने तय भएको छैन । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं