ताजा समाचार

कार्तिक २१ गते २०७६

कास्की-२ : नेकपाकी विद्या, कांग्रेसका खेमराजसहित २५ जना भिड्ने

कास्की निर्वाचन क्षेत्र नं.२ का लागि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि २५ जना उम्मेदवारले उम्मेदवारी मनोनयन पत्र दर्ता गरेका छन् । जसमा ११ जना स्वतन्त्रतर्फका उम्मेदवार पनि छन् ।

यो निवार्नचन क्षेत्रमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पाटी (नेकपा) का तर्फबाट विद्या भट्टराईका साथै प्रमुख प्रतिपक्ष कांग्रेसका तर्फबाट खेमराज पौडेलले उम्मेदवारी मनोनयनपत्र दर्ता गरेका छन् ।
साझा पार्टीका रजनी केसी, राप्रपाका रोमबहादुर भण्डारी, नेपाली कांग्रेस वीपी पार्टीका चन्द्रबहादुर रानाभाट, देशभक्त समाजका वीरबहादुर विश्वकर्मा र मङ्गोल अर्गनाइजेशन पार्टीबाट रियाज गुरुङले पनि उम्मेदार मनोनयनपत्र दर्ता गरेका छन् ।

यसैगरी राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर राना, नेकपा मालेका टेकनाथ भण्डारी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गजेन्द्र सुब्बा, राष्ट्रिय प्रजातन्त्र पार्टी स्वतन्त्रका गंगा मल्ल, राष्ट्रिय नागरिक पार्टीका नवराज घले, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्त विक्रम शाहल् पनि उम्मेदवारी दर्ता गराएका छन् ।

कास्कीमा स्वतन्त्र उम्मेदवार यज्ञप्रसाद पंगेनी, कमलजंग कुवँर, जमुना शर्मा, लक्ष्मीकुमारी भुजेल, सुनिल भुषाल, सुनिलबहादुर कोइराला, उमनाथ गौतम, दीपक रेग्मी, रनबहादुर दमै, नवराज बाँस्तोला र पुरुषोत्तम खनालले पनि उम्मेदवारी गर्दा गराएको मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले जानकारी दिए ।

प्रमुख निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेका अनुसार २५ जनाको उम्मेदवारी दर्ता भएको छ ।

यसैबीच उम्मेदवारी मनोनयन दर्ता लगत्तै दलहरुले चुनावी सभा थालेका छन् । नेकपाले उम्मेदवारी मनोनयनसँगै पोखराको रत्न चोकमा र काँग्रेसको पोखरा एयरपोर्ट नजिक मुस्ताङचोकमा चुनावी सभा गरेको थियो ।

नेकपाको सभामा नेता दिननाथ शर्मा र कांग्रेसको सभामा पार्टीका उपसभापति विमलेन्द्र निधी प्रमुख वक्ताका रुपमा सहभागी थिए ।

यसअघि २०७४ मा भएको निर्वाचनमा सो क्षेत्रबाट भट्टराईका पति रवीन्द्र अधिकारीले निर्वाचन जितेका थिए । अधिकारीको गत फागुन महिनामा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि सो क्षेत्रमा मंसिर १४ मा उपनिर्वाचन हुन लागेको हो ।

३ जनाले उम्मेदवारी दिन पाएनन्
कास्की–२ मा उम्मेदवारी दिन चाहना गरेका ३ जनाले उम्मेदवारी दर्ता गर्नै पाएनन् संघीय लोकतान्त्रिकले गजेन्द्र संवो लिम्बु, राष्ट्रिय नागरिक पार्टीले नवराज घले र मुक्ति आन्दोलन नेपाल पार्टीले जयवन्त विक्रम शाहले उम्मेदवारी दर्ता गर्न नपाएका हुन् ।

यी ३ जनामध्ये घले र लिम्बु कास्की बाहिरका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले यी तीनैजना उमेदवारहरुको मनोनयन दर्ता गर्न नमिलेको जनाएको छ । योसंगै कास्की २ मा २२ जना उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन् ।

उम्मेदवारको दावी विरोधलगायतका प्रक्रियापछि कात्तिक २४ गते मात्रै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । मनोनयन झिक्ने छुटको अधिकार पनि उम्मेदवारसँग रहेको छ ।

उम्मेदवारका सूची