तालचोकको लेकसिटी मिनी मार्केटमा आगलागी


पोखरा महानगरपालिका वडा नं. २७ तालचोकस्थित लेकसिटी मिनी मार्केटमा आगलागी भएको छ । आगलागी बिहीबार भएको हो ।

राति करिव ९.२० देखि आगलागी शुरु भएको स्थानीयले वताएका छन् । आगो दमकल र पानी टंयाकरको सहयोगमा करिव २ घण्टापछि नियन्त्रणमा आएको थियो ।

आगलागीबाट ६ वटा पसल ध्वस्त र अन्य आशिंक आगलागी भएका छन् । आगलागीबाट करिव १ करोडको क्षति भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

यसैबीच आगलागी भएको स्थानमा शुक्रबार बिहान पोखरा महानगरका मेयर मानबहादुर जिसी, वडा नं २७ का वडा अध्यक्ष पूर्ण कुमार गुरुङ, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकाल लगायतका पदाधिकारी, स्थानीय व्यवसायी, लगायतले निरीक्षण गरेका छन् ।

उनीहरूले घटनाको बारेमा जानकारी लिएका थिए ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं