गण्डकी सेरोफेरो

शोकमा आज सार्वजनिक बिदा

बागलुङको भीमगिठेमा मंगलबार भएको दुर्घटनामा १४ जना गुमाएको गुल्मीको इस्मा गाउँपालिकाले बुधबार सार्वजनिक बिदा दिएको छ । मंगलबारको घटनाप्रति दुःख ब्यक्त बुधबार गाउँपालिकाभरका सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा दिइएको इस्मा गाउँपालिकाको कार्यालयले जनाएको छ । मंलवार बिहान जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर–४ कल्याराबाट बागलुङको निसीखोलातर्फ जाँदै गरेको ग १ ज ५२१९ नम्बरको जिप बडिगाड गाउँपालिका–७, भीमगिठेमा दुर्घटना भएको थियो । जसमा कूल पूजाका लागि जाँदै गरेका कार्की परिवारका १४ जनाको मृत्यु… पुरा पढौ

अधिकृत विक्रेता संघको अधिवेशन सरगर्मी, नयाँ नेतृत्वका लागि बहस

अधिकृत विक्रेता संघ (ड्याप) पोखराको चुनावी सरगर्मी बढेको छ । संघको अधिवेशन आगामी पुस ५ गते शनिबार हुँदैछ । अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने भएकाले महत्वका साथ हेरिएको छ । ड्यापलाई पोखरा उद्योग वाणिज्य संघको वस्तुगत संघहरूमध्ये उत्कृष्ट संस्थाको रुपमा हेर्ने गरिएको छ । ड्यापले पोउवासंघको प्रत्येक गतिविधिमा आफ्नो उल्लेख्य उपस्थिति जनाउँदै आएको पनि छ । साथै ड्यापका अध्यक्ष हरिराज पन्त पोउवासंघको कार्यसमिति सदस्यमात्रै होइन, वस्तुगत संघ समन्वय समितिका… पुरा पढौ

बाग्लुङ जिप दुर्घटना : १२ जनाको सामुहिक दाहसंस्कार

मङ्गलबार विहान १०ः३० बजेको समयमा बागलुङको बडीगाड गाउँपालिका –७ अल्छीबाङ्गको घोपर्ना कोप्चेमा भएको ग १ ख ५२१९ नम्बरको जिप दुर्घटनाको दृश्य दर्दनाक थियो । बडीगाड खोला किनारमा छरपस्ट छरिएको शवहरुको विभत्स दृश्यले अकल्पनीय पीडा र दर्द उत्पन्न हुनु स्वाभाविक थियो । ‘यस्तो दुखद दुर्घटना कहिँ कतै नहोस्, कहिँ कसैले देख्न नपरोस्’ भन्दै मलिन अनुहारमा कुरा गर्दै थिए घाइतेहरुलाई लिन दुर्घटनास्थल पुगेका पूर्वमन्त्री गोकर्ण विष्ट । जिप दुर्घटनामा ज्यान गुमाउनेहरुमा अधिकांश… पुरा पढौ

पोखरा ९ की कांग्रेस सभापतिको राजीनामा

नेपाली कांग्रेस, पोखरा महानगरपालिका वडा नं. ९ की सभापति उमाकुमारी ठकुरीले पदबाट राजीनामा दिएकी छन् । आफ्नो गढ मानिएको वडा नं. ९ मा कांग्रेसले उपनिर्वाचनमा नराम्रोसंग पराजय भोगेपछि उनले नैतिकताको आधारमा राजीनामा दिएकी हुन् । उनले उपनिर्वाचनमा पार्टी संरचना, काम गर्ने तौरतरिका र वर्तमान अवस्थामा वडा तहदेखि संगठनको अवस्था मजबुत नभएको उनले राजीनामा पत्रमा उल्लेख गरेकी छन् । उनले आफ्नो बल बुँताले भ्याएसम्म सक्रिय भएर काम गरेको समेत उल्लेख गरेकी… पुरा पढौ

बागलुङ प्रदेशसभामा जनमोर्चाका खिमविक्रम

बागलुङ क्षेत्र नं २ (ख) प्रदेशसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार विजयी भएका छन्। जनमाेर्चाका खिमविक्रम शाहीले नेपाली कांग्रेसका जीत शेरचनलाई पराजित गरेका हुन्। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को समर्थमा उम्मेदवार बनेका शाहीले कांग्रेसका शेरचनलाई २ हजार ९७ मतान्तरले पराजित गरे।  शाहीले ११ हजार २३५ मत ल्याउँदा शेरचनले ९ हजार १३८ मत मात्रै ल्याए। पुरा पढौ

कास्की-२ : कुन वडामा कति मत खस्यो ?

कास्की २ अन्तर्गत पोखरा महानगरपालिका वडा नं. ४ मा २२३८ मतदाता रहेकोमा १५४० मत खसेको छ । यस्तै, पोखरा–७ मा ४६०९ जना मतदाता रहेकोमा २९८४, पोखरा–८ मा ६५६८ जना मतदाता रहेकोमा ३९३९ मत खसेको बताइन्छ । यसैगरी पोखरा–९ मा ४७१५ जना मतदाता रहेकोमा २९४५, पोखरा–११ मा ५८३० जना मतदाता रहेकोमा ३८०६, पोखरा–१५ मा ८२८९ मतदाता रहेकोमा ३८०६ जनाले मतदान गरे । यस्तै, पोखरा–१६ मा ८५५२ मतदाता रहेकोमा ६५२९, पोखरा–१७ मा… पुरा पढौ

सागको पूर्वसन्ध्यामा सहाराको सरसफाई

१३ औं दक्षिण एसियाली खेलकुद (साग)को पूर्वसन्ध्यामा सहारा क्लब पोखराले सरसफाइ कार्यक्रम गरेको छ । क्लबले शनिबार बिहान पृथ्वीचोकदेखि चाइनापुल क्षेत्रसम्म सरसफाइ गरेको हो । सरसफाई कार्यक्रम अभियानको सुरुआत राष्ट्रिय खेलकुद परिषद् सदस्य राजेश गुरुङले गरेका हुन् । उनले भने, ‘पोखरालाईै सागमय बनाउन पनि रंगशाला वरिपरि सरसफाइ सुरुआत गरेका हौं ।’ गुरुङले क्लबले सामाजिक र खेलकुद क्षेत्रमा ठूलो योगदान पु¥याएको बताए । ‘साग अवधिभर आ–आफ्नो टोल क्षेत्रमा सरसफाई गरी विदेशी… पुरा पढौ

पोखरामा उपनिर्वाचन सुरू भएयता ४ पटक बिस्फोट

कास्की २ को मतदानस्थलमा फेरी बम विस्फोट भएको छ । पोखरा महानगरपालिका-१६ को दीप चण्डिका मतदानस्थल दिउँसो नजिकै बम विस्फोट भएको हो । यसअघि नयाँबजारको नवप्रभात ध्यामिक विद्यालय र पोखरा-१६ को शान्ति माविको मतदान स्थल नजिक २ पटक बम विस्फोट भएको हो । पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएका कारण कास्की २ मा प्रतिनिधिसभा सदस्य चयनका लागि आज उपनिर्वाचन भइरहेको छ । उपचुनावको तयारी सुरू भएयता पोखरामा निरन्तर… पुरा पढौ

बागलुङमा मतदान जारी

प्रदेश सभा सदस्य र वडा अध्यक्षको निर्वाचनमा बागलुङमा अहिले मतदान जारी छ । बागलुङ क्षेत्र नम्बर–२ ९ख० को प्रदेशसभा सदस्य र बडिगाड गाउँपालिका–२ को वडाध्यक्ष पदमा हुने उपनिर्वाचनमा विहान ७ बजेदेखि मतदान शुरु भएको निर्वाचन अधिकृत खिमबहादुर बिकले बताए । मतदान साँझ ५ बजे सम्म जारी रहनेछ । प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि ४३ र वडाध्यक्षको उपनिर्वाचनका लागि दुईवटा मतदान केन्द्र तोकिएको छ स्वयंसेवकसमेत गरी कूल ४ सय ५ जना कर्मचारी… पुरा पढौ

सगरमाथा टेलिभिजनको प्रादेशिक प्रशारण केन्द्र पोखरामा

सगरमाथा टेलिभिजनको प्रादेशिक प्रशारण केन्द्र पोखराबाट शुरु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा लेखनाथको अर्घौंचोकस्थित उक्त कार्यालय शुभारम्भ गरे । उक्त अवसरमा मुख्यमन्त्री गुरुङले सगरमाथा टिभिले आफ्नो क्षेत्र विस्तार गरेकोमा खुशी प्रकट गरे । उनले गण्डकी प्रदेशको प्रचारप्रसारमा टिभिले थप प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्दै सगरमाथालाई प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न स्थानीय तहका जनप्रतिनिधि पनि सहभागी थिए ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं