ताजा समाचार

मंसिर १६ गते २०७६

पोखरा ९ की कांग्रेस सभापतिको राजीनामा

नेपाली कांग्रेस, पोखरा महानगरपालिका वडा नं. ९ की सभापति उमाकुमारी ठकुरीले पदबाट राजीनामा दिएकी छन् ।

आफ्नो गढ मानिएको वडा नं. ९ मा कांग्रेसले उपनिर्वाचनमा नराम्रोसंग पराजय भोगेपछि उनले नैतिकताको आधारमा राजीनामा दिएकी हुन् ।

उनले उपनिर्वाचनमा पार्टी संरचना, काम गर्ने तौरतरिका र वर्तमान अवस्थामा वडा तहदेखि संगठनको अवस्था मजबुत नभएको उनले राजीनामा पत्रमा उल्लेख गरेकी छन् । उनले आफ्नो बल बुँताले भ्याएसम्म सक्रिय भएर काम गरेको समेत उल्लेख गरेकी छन् ।

उनले नेपाली कांग्रेस, कास्की क्षेत्र नं. २ उपनिर्वाचन परिचालन समिति संयोजक वीरेन्द्र नारायण विजुक्छे समक्ष राजीनामा बुझाएकी हुन् ।

‘जुन भरोषा र विश्वासका साथ पोखरा–९ का क्रियाशील सदस्यहरू, नेताहरू, मेरा अग्रजहरूल् विश्वास गरेर वडा सभापतिको जिम्मेवारी प्रदान गर्नुभएको थियो । मलाई लाग्छ पछिल्लो विसम परिस्थितिमा मैले गरेका कार्यहरू समय परिस्थिति अनुरुप उत्रिन सकिनकी ?’, उनले राजीनामा पत्रमा उल्लेख गरेकी छन् ।

उनले पोखरा–९ मा शाख बचाउन नसकेकोमा कहिंकतै आफू पनि जिम्मेवार रहेको महसूस गरेको स्पष्ट पारेकी छन् ।

राजीनामा पत्रमा उनले जिम्मेवारी भन्दा बाहिर रहेर पनि पार्टीप्रतिको निष्ठा र आस्था तथा भरोषा उत्तिकै राखेर काम गर्ने प्रतिवद्धता जनाएकी छन् ।

Image may contain: text