गण्डकी सेरोफेरो

‘मिस्टर नेपाल २०१९’ को पोखरा अडिसन सम्पन्न

नेपालको सबैभन्दा बृहत स्तरको पुरुषहरुको ‘व्यूटी एण्ड ट्यालेन्ट सो’ मिस्टर नेपाल २०१९ को पोखरामा अडिसन सम्पन्न भएको छ । अडिसन बिहिबार पोखराको सभागृहचोकमा रहेको मुग्लान रेष्टुरेन्टमा सम्पन्न भएको हो । मिस्टर नेपालका लागि पोखरा अडिसनबाट तिन जना प्रतिस्पर्धी छनोट भएको निर्णायक आशिष पुरीले जानकारी दिए । अडिसनमा सहभागी ७ जना मध्ये ३ जना छनोट भएको पुरीले बताए । छनोट हुनेहरुमा जिरो कि. मि. का अजित परियार, नयाँ गाउँका नविन रानाभाट… पुरा पढौ

९० प्रतिशत स्टल बुकिङ

दशौ संस्करणको पोखरा महोत्सवको ९० प्रतिशत स्टल बुकिङ भएको जनाइएको छ। स्थानीय युनाइटेड क्लबको आयोजनामा पुस २९ देखि माघ १२ सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने दशौं संस्करणको पोखरा महोत्सवको ९० प्रतिशत स्टल बुकिङ भएको महोत्सव प्रचारप्रसार संयोजक शान्तबहादुर थापाले जानकारी दिए। कुल १३ दिनसम्म चल्ने महोत्सवमा २ सय ५० स्टल मध्ये ९० प्रतिशत स्टल बुकिङ भएको हो। महोत्सवमा पर्यटन प्रवद्र्धन र नयाँ उद्योगको प्रवद्र्धन गर्न निःशुल्क स्टलको ब्यवस्था गरिने… पुरा पढौ

लागूऔषधसहित १ भारतिय नागरिक पक्राउ

प्रतिबन्धित लागूऔषधसहित १ भारतिय नागरिकलाई लागूऔषध नियन्त्रण व्युरो पोखराले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको मुजापुर जिल्ला घरभई हाल जिल्ला कास्की पोखरा महानगरपालिका(०५ मालेपाटन स्थित मिलनमार्ग बस्ने २८ वर्षिय आकाश कुमार रहेका छन् । उनले पोखरा नगर क्षेत्रका विभिन्न स्थानहरुमा लागूऔषधको खरिद ,विक्रिवितरण,ओसारपसार तथा सञ्चय समेत गर्दछन् भन्ने विशेष सुचनाको आधारमा लागूऔषध नियन्त्रण व्युरो पोखराको विशेष निगरानीमा परेका उनलाई आईतबार व्युरोका ईन्चार्ज प्रहरी निरीक्षक टेक बहादुर रावत सहितको प्रहरी टोलिले… पुरा पढौ

‘मौका दिनुस् कुलमानले जस्तो क्रान्ति गर्छु’

पोखरा–१७ मा घरदैलोमा पुगेका समावजादी पार्टीका उम्मेदवार धर्मराज गुरुङलाई मतदाताले चुनाव जितेर निस्वार्थ देशको सेवामा लाग्न आग्रह गरेका छन् । देशका लागि खाँटी सेवा गर्ने सांसदको अभाव रहेको बताउँदै त्यो अभाव पूरा गर्न बिरौटा, छोरेपाटनमा घरदैलामा गएका धर्मराजलाई मतदाताले आग्रह गरेका हुन् । मतदाताको आग्रहपछि उम्मेदवार इन्जिनियर गुरुङले कुलमान घिसिङले जनविद्युतको क्षेत्रमा गरेको क्रान्तिको स्मरण गर्दै आफू पनि त्यसरी नै लाग्ने बताएका छन् । ‘कुलमान घिसिङ जसरी रात दिन नभनी… पुरा पढौ

मधुमेह दिवसमा ७ सयको सित्तैमा जाँच

मधुमेह धेरै रोगको मूल हो । मधुमेह न्यूनीकरणका लागि विश्वभर नै बिहीबार विभिन्न कार्यक्रम भएका छन् । विश्व मधुमेह दिवसको अवसरमा पोखरामा पनि लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बि १ ले विभिन्न कार्यक्रम गरेको छ ।बिहीबार बिहान मधुमेहबारे सचेतनामूलक प्लेकार्डसहित चिप्लेढुंगाबाट निकालिएको ¥याली न्युरोड हुँदै पोखरा समागृहमा पुगेर सभामा परिणत भएको थियो । कार्यक्रममा वरिष्ठ मधुमेह, थाइराइड तथा हर्माेन रोग विशेषज्ञ डा. तीर्थलाल उपाध्यायले विश्वमा मधुमेहको संक्रमण र नेपालमा यसको… पुरा पढौ

पोखरामा १०४ जनाद्धारा आँखादानको प्रतिबद्धता

पोखरामा १ सय ४ जनाले मरणोपरान्त आँखादान गर्ने प्रतिबद्धता गरेका छन् । लायन्स क्लब अफ पोखरा मिड टाउनको आयोजनामा बुधबार आयोजित आँखादान तथा सचेतना कार्यक्रममा उनीहरुले आँखादानको प्रतिबद्धता गरेका हुन् । मृत्युपछि आँखादान गरेर अन्य दृष्टिबिहीनहरुलाई प्रत्यारोपण गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष सुरेन्द्र पौडेलले जानकारी दिएका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ का गभर्नर ईन्दु लम्सालले… पुरा पढौ

कांग्रेसका सबै संगठन चुनावमा होमियो

नेपाली कांग्रेस कास्कीले पार्टीका सबै भातृ समिति तथा शुभेच्छुक संस्थालाई सक्रिय बनाएको छ । नेपाल विद्यार्थी संघ, महिला संघ, तरुण दल, शिक्षक संघ, नेपाल ट्रेड युनियन कांग्रेस, दलित संघ, किसान संघ, जनजाति संघ, भूपू कर्मचारी संघलगायतका सबैलाई चुनावमा खटाएको छ । सबै संघ–संगठनले भेलामार्फत प्रचार समिति गठन गरेर चुनावमा होमिएको छ । यो चुनावमा कांग्रेसका भातृ समितिमा आवद्ध नेता कार्यकर्ता पनि निकै उत्साहित बनेका छन् । सबैले यस पटक केही… पुरा पढौ

नेपाल महिला संघ चुनावमा खटियो, संयोजकमा कोपिला

नेपाली कांग्रेसको भातृ संस्था नेपाल महिला संघ कास्की पनि उपनिर्वाचनमा सक्रिय भएको छ । यसका महिला संघले जिल्ला सभापति कोपिला रानाभाटको संयोजकत्वमा १७ सदस्यीय मूल समिति र २ हजार १३३ सदस्यीय चुनाव प्रचार समिति गठन गरेको छ । संघको शनिबार आयोजित भेलाले समिति निर्माण गरेको थियो । समितिमा सांसद विन्दादेवी राना, पूर्व सांसद शारदा पौडेल, पूर्व सांसद कृष्णकुमारी परियार सदस्य छन् । यसैगरी महिला नेतृहरू तारा अधिकारी, सरस्वती गुरुङ, क्षेत्रीय… पुरा पढौ

कास्की कांग्रेसका सबै सदस्य चुनावमा होमिए, को-कहाँ ?

नेपाली कांग्रेस कास्कीले आशन्न कास्की २ को चुनाव प्रचार अभियान तीव्र बनाएको छ । जसअन्तर्गत कांग्रेसले पोखराका ११ वटै वडामा संयोजक र वडास्तरीय निर्वाचन परिचालन समिति बनाएर खटाएको छ । नेपाली कांग्रेसले खेमराज पौडेललाई उम्मेदवार बनाएको छ । अभियानकै क्रममा कांग्रेसले आइतबार ११ वटै वडामा चुनाव प्रचारका लागि सम्पर्क कार्यालय शुभारम्भ गर्याे भने पोखरा ४, ८ र ९ बाट घरदैलो अभियान समेत सञ्चालन गरेको छ । कांग्रेसले पोखरा ४ मा… पुरा पढौ

गणेशमान सिंहलाई साक्षी राखेर चुनावी अभियान प्रारम्भ

नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता एवं लौहपुरुष गणेशमान सिंहलाई साक्षी राखेर चुनावी अभियान शुभारम्भ गरेको छ । कांग्रेस उम्मेदवार खेमराज पौडेल लगायतले पोखराको नालामुखस्थित गणेशमानको शालिकमा माल्यार्पण गरि अभियान शुभारम्भ गरेका हुन् । संयोगले गणेशमानको १०५ औं जन्मजयन्ती पनि आइतबार नै परेको थियो । त्यसपश्चात कांग्रेस उम्मेदवार पौडेलसहित पोखरा–४, ८ र ९ मा घरदैलो कार्यक्रम गरिएको कास्की कांग्रेसले जनाएको छ । कास्की कांग्रेसले पोखरा– ४ मा यज्ञबहादुर थापा, ८ मा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं