
नेपाली कांग्रेसको भातृ संस्था नेपाल महिला संघ कास्की पनि उपनिर्वाचनमा सक्रिय भएको छ । यसका महिला संघले जिल्ला सभापति कोपिला रानाभाटको संयोजकत्वमा १७ सदस्यीय मूल समिति र २ हजार १३३ सदस्यीय चुनाव प्रचार समिति गठन गरेको छ । संघको शनिबार आयोजित भेलाले समिति निर्माण गरेको थियो ।
समितिमा सांसद विन्दादेवी राना, पूर्व सांसद शारदा पौडेल, पूर्व सांसद कृष्णकुमारी परियार सदस्य छन् ।

यसैगरी महिला नेतृहरू तारा अधिकारी, सरस्वती गुरुङ, क्षेत्रीय सभापतिहरू अप्सरा श्रेष्ठ, ईन्द्रमाया बानियाँ, शारदा गिरी, खेमकुमारी गुरुङ, नगरसभापति माया बराल, र लक्ष्मी पौडेल पनि सदस्य रहेका छन् ।
समितिमा संघका महाधिवेशन प्रतिनिधि, क्षेत्रीय समिति, जिल्ला समितिका पदाधिकारी एवं सदस्यहरूका साथै सबै क्रियाशील सदस्य समितिमा रहेको संघकी सभापति एवं निर्वाचन संयोजक रानाभाटले जानकारी दिइन् ।

भेला सांसद विन्दादेवी रानाले महिलाहरूलाई सक्रिय बनाएर कांग्रेसको पक्षमा चुनावी माहोलद बनाउनुपर्नेमा जोड दिइन् ।
उनले मुलुकमा ठूला भ्रष्टाचारमा मुछिएका व्यक्तिको नाम जोडेर आउने उम्मेदवारलाई भोट नदिन आह्वान गर्नुपर्ने समेत बताइन् ।
संघकी सभापति कोपिला रानाभाटको सभापत्विमा भएको भेलामा सांसद रानाले नेपालको सनातन धर्म, संस्कार, संस्कृति र रीरितरिवाज कुल्चने व्यक्तिलाई जनताले राम्रोसंग चिनेको बताइन् ।