गण्डकी सेरोफेरो

टानको स्थापना दिवस : मानव सेवा आश्रममा सहयोग र संस्थापकसंग भेट

पदयात्रा व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघले २७ औं स्थापना दिवस मनाएको छ । संघले पोखराको छोरेपाटनस्थित मानव सेवा आश्रमका वृद्धवृद्धा, असहाय र अशक्तसँग स्थापना दिवस मनाएको छ । आश्रममा आश्रित ९६ जनालाई खाद्यान्न, जुस र नगद सहयोग गरेर संघले स्थापना दिवस मनाएको संस्थाका अध्यक्ष हरि भुजेलले जानकारी दिए । उनले मानव चेतनशील प्राणी भएकाले मानवीयतालाई जहिल्यै पनि केन्द्रविन्दुमा राखेर सामाजिक सेवा भावबाट अग्रसर… पुरा पढौ

कर्मचारीलाई कार्यशैली र मानसिकता परिवर्तन गर्न मुख्यमन्त्रीको निर्देशन

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कर्मचारीलाई कार्यशैली र मानसिकता परिवर्तन गर्न निर्देशन दिएका छन । गण्डकी प्रदेश अन्तर्गतका ११ वटै जिल्लाका कार्यलाय प्रमुखहरुलाई पोखरा बोलाएर मुख्यमन्त्री गुरुङले विगतको कार्यशैली र मानसिकताले अब विकास संभव नभएको भन्दै यसमा परिवर्तन गर्न निर्देशन दिएका हुन । देशमा ठुला‐ठुला परिवर्तन भए पनि कर्मचारीतन्त्र र सुरक्षा निकाय पञ्चायतकालिन ढाचामा चलिरहेको भन्दै यसलाई परिवर्तन गर्न आवश्यक रहेको बताए । मुख्यमन्त्री गुरुङले समान्तबादी सोचाई अझै कर्मचारीतन्त्रमा रहेको… पुरा पढौ

पत्रकार हमालको रिहाइको माग गर्दै धर्ना

पोखराका पत्रकार ओम हमालको रिहाइको माग गर्दै पोखराका पत्रकारले जिल्ला प्रशासन कार्यालय कास्की अगाडि धर्ना दिएका छन्। नेपाल पत्रकार महासंघ कास्कीको अगुवाइमा प्रशासनको मूल गेटमा बुधबार धर्ना दिइएको हो । पत्रकारहरूले धर्नाको साथै हमालको रिहाइको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापालाई कास्की प्रशासनमार्फत् ज्ञापनपत्र बुझाएका छन्। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलमार्फत् प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो। नेपाल पत्रकार महासंघ कास्की शाखाका साधारण सदस्य… पुरा पढौ

हिमाल उक्लिंदै डेंगु, म्याग्दी जिल्लासमेत उच्च जोखिममा

हिमाली जिल्ला म्याग्दीमा पनि डेङ्गु रोगको जोखिम देखिएको छ । छिमेकी जिल्ला बागलुङ र पर्वतमा चार जना डेङ्गु रोगको बिरामी भेटिएपछि म्याग्दीमा पनि सर्तकता अपनाउन आवश्यक रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।    सोमबार जिल्ला प्रशासन कार्यालयमा आयोजित ‘डेङ्गु रोग नियन्त्रणसम्बन्धी छलफल कार्यक्रम’मा सवारीसाधनका ग्यारेजमा रहेका टायर, गमला, फूलदानी, पानीट्याङ्की, पानीको मुहान, फोहर सङ्कलन केन्द्र, कवाडी राखिएका ठाउँको अवस्थालाई हेर्दा बेनी डेङ्गु जोखिममुक्त नभएको उनीहरुले बताएका छन् । स्वास्थ्य कार्यालयका प्रमुख प्रकाशराज… पुरा पढौ

वडा दसैंमा ठूलाथरमा मेला

बागलुङको गलकोट नगरपालिका वडा नं. ६ ठूलाथरमा नेपालीको महान् चाड दसैंको अवसरमा वडा दसैं मेला २०७६ हुने भएको छ । आइतबार पोखरामा भएको कार्यक्रममा मेलाबारे जानकारी दिइएको हो । संगम युवा क्लबको ३७ औं वार्षिकोत्सवसँगै मेला आगामी असोज २२ देखि २६ गतेसम्म ठूलाथरस्थित संगम खेल मैदानमा हुने क्लबका अध्यक्ष राजबहादुर पुनले जानकारी दिए । ‘पर्यटन प्रवद्र्धनमा खेलकुद, कला र संस्कृतिको पहिचान, गलकोटको गौरव बहुउद्देश्यीय कभर्ड हल निर्माण हाम्रो अभियान’ भन्ने… पुरा पढौ

बसको ठक्करबाट गोर्खाका रोशन अधिकारीको मृत्यु

ना६ख ७६८७ नं को बसले सोमबार राति २ः४० बजे भरतपुर महानगरपालिका–१, आँपटारीमा ठक्कर दिँदा पैदलयात्री रोशन अधिकारीको घटनास्थलमै मृत्यु भएको छ । मृतक २७ वर्षीय अधिकारी गोर्खा पालुङटार नगरपालिका–१३ निवासी २ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अधिकारीलाई ठक्कर दिई भागेको बसलाई मकवानपुरमा नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको छ । मृतक अधिकारीको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । पुरा पढौ

प्रहरीसंग एक दिन…

जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजनामा आईतबार ‘प्रहरीसंग एक दिन’ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि कास्की जिल्ला प्रहरी प्रमुख दानबहादुर कार्कीले समाजलाई दिशानिर्देश गर्नका लागि युवाहरूलाई उत्तरदायित्वका विषयमा जानकारी दिनु आवश्यक भएको बताए । युवा बौद्ध संघ नदीपुरमा आवद्ध भएका ५० जना बालबालिकाको सहभागिता थियो । कार्यक्रममा आधारभूत सुरक्षा, स्पर्स, गोप्य कुराहरू, सडक सुरक्षा, डायल १०० लगायत सुरक्षा सम्बन्धी जानकारी गराईएको थियो । उक्त अवसरमा प्रहरी निरीक्षक विशाल… पुरा पढौ

चाडपर्वले राष्ट्रिय एकता सुदृढ : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालीको पर्व हरितालिका तीजको अवसरमा शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देश प्रकाशन गरी उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् । नेपालमा विभिन्न जातजाति तथा समुदायले मनाउने मौलिक चाडपर्वले सामाजिक सद्भाव एवं सांस्कृतिक सहअस्तित्व अभिवृद्धि गरी विभिन्न समुदाय र सम्प्रदायबीचको एकतालाई दरिलो बनाउनुका साथै राष्ट्रिय एकतालाई सुदृढ गर्न मद्दत पुर्याइरहेको… पुरा पढौ

महिलाले कानुन नबुझ्दा समस्या : उपमेयर गुरुङ

पोखरा महानगरपालिकाका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङले महिलाले कानुन नबुझदा समस्यामा पर्ने गरेको बताएकी छन् । पोखरा महानगरपालिका वडा नं. १ ले आयोजना गरेको समाजशास्त्रीय दृष्टिकोणमा हाम्राा चाडवर्प र यसको सामाजिक महत्व तथा महिलाका लागि कानुनी सचेतना अभिमुखीकरण कार्यक्रममा उपमेयर गुरुङले कानुनी सचेतना नहुँदा आफ्ना अधिकार बारे बेखवर भएको बताइन् । उनले संविधानमा महिलाका धेरै अधिकार लेखिएका भए पनि त्यसबारे जानकारी नभएको बताइन् । ‘महिलाका धेरै अधिकार प्राप्त भएका छन्, अब… पुरा पढौ

ल्याण्डफिल्ड साइटकी सविनाले पाइन् संरक्षक

फोहरको थुप्रोमा आफ्नो भविष्य खोज्दै गरेकी पोखरा महानगरपालिका वडा नं. १४ छिनेडाँडाकी सुबिना थापा मगरले अविभावक पाएकी छिन् । उनले अबदेखि ल्याण्डफिल्ड साईटमा भविष्य खोज्नुपर्ने अवस्था रहेन । उनलाई मितेरी नारी समूहले पढाई दिने भएको छ । पोखराको रामेश्वरी सामुदायिक विद्यालयमा कक्षा ६ मा पढ्दै गरेकी सुबिना आफूले थाहा पाउने भएदेखि नै प्लाष्टिक संकलन गरी बिक्री गर्ने गर्थिन् । आर्थिक अवस्था विपन्न, बाबु आमा दुवै मजदुरी गर्छन् । १ बैनीलाई… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं