गण्डकी सेरोफेरो

भीक्षा मागेर देश चल्दैन, आफ्नै खुट्टामा उभिएर बनाउनुपर्छ

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले भिक्षा मागेर देश नचल्ने बताएका छन् । भीमाद नगरपालिका २ जौपानीस्थित मान्द्रे ढुंगा लिफ्टिङ खानेपानी आयोजना सोमबार उद्घाटन गर्दै उनले पञ्चायतकालमा जस्तो अबको सरकारले ऋण नलिने बताए । ‘छिमेकी राष्ट्र गुहारेर भीक्षा मागेर नेपाल बनाउन सकिँदैन,’ उनले भने, ‘हिजो पञ्चायतकालमा जे भयो, वर्तमान सरकाले त्यसो गर्दैन ।’ उनले अब आफ्नै खुट्टामा उभिएर देश बनाउने बाचा गरे । मन्त्री गुरुङले अरुसँग मागेर… पुरा पढौ

विद्रोही नेकपा तनहुँ जिल्ला सदस्य विलास पक्राउ

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी तनहुँका जिल्ला सदस्य विलास परियार पक्राउ परेका छन् । परियारलाई आइतवार शुक्लागण्डकी ४ दुलेगौडा विपीचोकबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयल तनहुँका प्रवक्ता लिलाराज लामिछानेले जानकारी दिए । परियारलाई पक्राउपछि थप अनुसन्धान भइरहेको लामिछानेले बताए । यसैबीच नेकपा तनहुँ इन्चार्ज पूर्णजित पुन उभार र सेक्रेटरी आनन्दले सोमबार विज्ञप्ति निकालेर गिरफ्तारीको भत्सना गरेका छन् । शनिबार दुलेगौंडामा स्कुटर दुर्घटनामा परी पोखराको मणिपाल अस्पतालमा उपचारपछि तनहुँ… पुरा पढौ

मादी गाउँपालिका विकट र ठूलो हुनु अवसर र चुनौती दुवै : गुरुङ

कास्कीको मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ ‘श्याम’ ले मादी गाउँपालिका भौगोलिक रुपमा विकट र ठूलो भएकाले अवसर र चुनौती दुवै भएको बताएका छन् । उनले मादीमा अर्बाैंका योजना परेकाले सदुपयोग र खबरदारी गर्न पनि आग्रह गरे । सहर झरेकाहरू मन भएर पनि गाउँ फर्कने वातावरण नभएको बताउँदै उनले भावनात्मक एकतामा जोड दिए । तारकाङ–पोखरा सम्पर्क समाजको छैटौं साधारणसभा उद्घाटन गर्दै उनले मध्यपहाडी लोकमार्ग मादी गापा क्षेत्रमा पनि पर्ने भएकाले उक्त… पुरा पढौ

टानको स्थापना दिवस : मानव सेवा आश्रममा सहयोग र संस्थापकसंग भेट

पदयात्रा व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघले २७ औं स्थापना दिवस मनाएको छ । संघले पोखराको छोरेपाटनस्थित मानव सेवा आश्रमका वृद्धवृद्धा, असहाय र अशक्तसँग स्थापना दिवस मनाएको छ । आश्रममा आश्रित ९६ जनालाई खाद्यान्न, जुस र नगद सहयोग गरेर संघले स्थापना दिवस मनाएको संस्थाका अध्यक्ष हरि भुजेलले जानकारी दिए । उनले मानव चेतनशील प्राणी भएकाले मानवीयतालाई जहिल्यै पनि केन्द्रविन्दुमा राखेर सामाजिक सेवा भावबाट अग्रसर… पुरा पढौ

कर्मचारीलाई कार्यशैली र मानसिकता परिवर्तन गर्न मुख्यमन्त्रीको निर्देशन

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कर्मचारीलाई कार्यशैली र मानसिकता परिवर्तन गर्न निर्देशन दिएका छन । गण्डकी प्रदेश अन्तर्गतका ११ वटै जिल्लाका कार्यलाय प्रमुखहरुलाई पोखरा बोलाएर मुख्यमन्त्री गुरुङले विगतको कार्यशैली र मानसिकताले अब विकास संभव नभएको भन्दै यसमा परिवर्तन गर्न निर्देशन दिएका हुन । देशमा ठुला‐ठुला परिवर्तन भए पनि कर्मचारीतन्त्र र सुरक्षा निकाय पञ्चायतकालिन ढाचामा चलिरहेको भन्दै यसलाई परिवर्तन गर्न आवश्यक रहेको बताए । मुख्यमन्त्री गुरुङले समान्तबादी सोचाई अझै कर्मचारीतन्त्रमा रहेको… पुरा पढौ

पत्रकार हमालको रिहाइको माग गर्दै धर्ना

पोखराका पत्रकार ओम हमालको रिहाइको माग गर्दै पोखराका पत्रकारले जिल्ला प्रशासन कार्यालय कास्की अगाडि धर्ना दिएका छन्। नेपाल पत्रकार महासंघ कास्कीको अगुवाइमा प्रशासनको मूल गेटमा बुधबार धर्ना दिइएको हो । पत्रकारहरूले धर्नाको साथै हमालको रिहाइको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापालाई कास्की प्रशासनमार्फत् ज्ञापनपत्र बुझाएका छन्। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलमार्फत् प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो। नेपाल पत्रकार महासंघ कास्की शाखाका साधारण सदस्य… पुरा पढौ

हिमाल उक्लिंदै डेंगु, म्याग्दी जिल्लासमेत उच्च जोखिममा

हिमाली जिल्ला म्याग्दीमा पनि डेङ्गु रोगको जोखिम देखिएको छ । छिमेकी जिल्ला बागलुङ र पर्वतमा चार जना डेङ्गु रोगको बिरामी भेटिएपछि म्याग्दीमा पनि सर्तकता अपनाउन आवश्यक रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।    सोमबार जिल्ला प्रशासन कार्यालयमा आयोजित ‘डेङ्गु रोग नियन्त्रणसम्बन्धी छलफल कार्यक्रम’मा सवारीसाधनका ग्यारेजमा रहेका टायर, गमला, फूलदानी, पानीट्याङ्की, पानीको मुहान, फोहर सङ्कलन केन्द्र, कवाडी राखिएका ठाउँको अवस्थालाई हेर्दा बेनी डेङ्गु जोखिममुक्त नभएको उनीहरुले बताएका छन् । स्वास्थ्य कार्यालयका प्रमुख प्रकाशराज… पुरा पढौ

वडा दसैंमा ठूलाथरमा मेला

बागलुङको गलकोट नगरपालिका वडा नं. ६ ठूलाथरमा नेपालीको महान् चाड दसैंको अवसरमा वडा दसैं मेला २०७६ हुने भएको छ । आइतबार पोखरामा भएको कार्यक्रममा मेलाबारे जानकारी दिइएको हो । संगम युवा क्लबको ३७ औं वार्षिकोत्सवसँगै मेला आगामी असोज २२ देखि २६ गतेसम्म ठूलाथरस्थित संगम खेल मैदानमा हुने क्लबका अध्यक्ष राजबहादुर पुनले जानकारी दिए । ‘पर्यटन प्रवद्र्धनमा खेलकुद, कला र संस्कृतिको पहिचान, गलकोटको गौरव बहुउद्देश्यीय कभर्ड हल निर्माण हाम्रो अभियान’ भन्ने… पुरा पढौ

बसको ठक्करबाट गोर्खाका रोशन अधिकारीको मृत्यु

ना६ख ७६८७ नं को बसले सोमबार राति २ः४० बजे भरतपुर महानगरपालिका–१, आँपटारीमा ठक्कर दिँदा पैदलयात्री रोशन अधिकारीको घटनास्थलमै मृत्यु भएको छ । मृतक २७ वर्षीय अधिकारी गोर्खा पालुङटार नगरपालिका–१३ निवासी २ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अधिकारीलाई ठक्कर दिई भागेको बसलाई मकवानपुरमा नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको छ । मृतक अधिकारीको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । पुरा पढौ

प्रहरीसंग एक दिन…

जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजनामा आईतबार ‘प्रहरीसंग एक दिन’ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि कास्की जिल्ला प्रहरी प्रमुख दानबहादुर कार्कीले समाजलाई दिशानिर्देश गर्नका लागि युवाहरूलाई उत्तरदायित्वका विषयमा जानकारी दिनु आवश्यक भएको बताए । युवा बौद्ध संघ नदीपुरमा आवद्ध भएका ५० जना बालबालिकाको सहभागिता थियो । कार्यक्रममा आधारभूत सुरक्षा, स्पर्स, गोप्य कुराहरू, सडक सुरक्षा, डायल १०० लगायत सुरक्षा सम्बन्धी जानकारी गराईएको थियो । उक्त अवसरमा प्रहरी निरीक्षक विशाल… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं