ताजा समाचार

भाद्र २३ गते २०७६

विद्रोही नेकपा तनहुँ जिल्ला सदस्य विलास पक्राउ

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी तनहुँका जिल्ला सदस्य विलास परियार पक्राउ परेका छन् । परियारलाई आइतवार शुक्लागण्डकी ४ दुलेगौडा विपीचोकबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयल तनहुँका प्रवक्ता लिलाराज लामिछानेले जानकारी दिए । परियारलाई पक्राउपछि थप अनुसन्धान भइरहेको लामिछानेले बताए ।

यसैबीच नेकपा तनहुँ इन्चार्ज पूर्णजित पुन उभार र सेक्रेटरी आनन्दले सोमबार विज्ञप्ति निकालेर गिरफ्तारीको भत्सना गरेका छन् । शनिबार दुलेगौंडामा स्कुटर दुर्घटनामा परी पोखराको मणिपाल अस्पतालमा उपचारपछि तनहुँ फर्किएका विलासलाई मानवीयता पनि नहेरी पक्राउ गरिएको विज्ञप्तिमा दाबी गरिएको छ ।

डाक्टरले आराम गर्न सुझाव दिएका घाइतेलाई वर्वरता, अमानवियता र क्रूर तवरले पक्राउ गरिएको भन्दै तुरुन्त रिहा नगरे प्रतिरोध गर्ने चेतावनी दिइएको छ ।


Loading...