गण्डकी सेरोफेरो

बागलुङमा डेंगु भेटियो

बागलुङमा डेङ्गुका बिरामी फेला पर्न थालेका छन् । गर्मी बढेसँगै जिल्लामा डेंगुको जोखिम देखिन थालेको हो । लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको संक्रमण जिल्लाका २ जनामा भेटिएको हो । धवलागिरि अस्पतालमा उपचार गर्न आएकी १ महिला र १ पुरुषमा लक्षण देखिएपछि परीक्षण गर्दा डेंगु पुष्टि भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बी पोखरेलले जानकारी दिए। उनीहरू शनिबार र आइतबार अस्पताल भर्ना हुन आएका थिए । संक्रमित बागलुङ नगरपालिका ७… पुरा पढौ

४ सामुदायिक स्कुललाई पोखरा महानगरले दियो बस

पोखरा महानगरका मेयर धनराज आचार्यले विद्यार्थी र अभिभावकको पहिलो रोजाइ समुदायिक विद्यालय बन्ने गरी शैक्षिक गुणस्तरमा सुधार गर्ने प्रतिवद्धता गरेका छन् । पोखराको लेखनाथ क्षेत्रका ४ सामुदायिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गर्न आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । मेयर आचार्यले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिए । देशभरको अवस्था हेर्दा कास्कीबाहेक ६५ प्रतिशत विद्यार्थी सामुदायिक विद्यालयमा पढ्ने तर पोखरामा झण्डै ८५ प्रतिशत विद्यार्थी निजी विद्यालयमा… पुरा पढौ

पोखराको बजेट पारित, विभिन्न समिति गठन

पोखरा महानगर पालिकाको बजेट पारित भएको छ । आइतबार बसेको नगर सभाले आगामी आर्थिक वर्षको ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार बजेट सर्वसम्मत पारित गरेको हो । यसैगरी नगरसभाले न्यायिक समिति, लेखा समिति र विद्यायन समिति गठन गरेको छ । न्यायिक समितिको संयोजक महानगरका उपप्रमुख मञ्जुदेवि गुरुङको संयोजकत्वमा भावना श्रेष्ठ र कालिदाश पोखरेल सदस्य रहेको समिति गठन भएको हो । लेखासमितिको संयोजकमा झपटबहादुर रानाभाट चयन भएका छन् ।… पुरा पढौ

लायन्स कुमुदको पिएनमा वृक्षरोपण

पोखरा, २२ असारलायन्स क्लब अफ पोखरा कुमुदको आयोजनामा बुधबार वृक्षरोपण गरिएको छ । लायनहरुले पृथ्वीनारायण क्याम्पस प्रांगण विभिन्न जातका ५० विरुवा रोपे । कार्यक्रममा पोखरा सहायक क्याम्पस प्रमुख मीनराज लम्सालले वातावरणीय सन्तुलन कायम गर्न वृक्षरोपणको महत्वपूर्ण भूमिका हुने बताए । उनले वृक्षरोपणसँगसँगै ती बिरुवा हुर्काउने जिम्मेवारी पनि निर्वाह गर्न आग्रह गरे । क्लबकी अध्यक्ष मीना गुरुङले क्लबले पहिलो वृक्षरोपण बुधबार गरेको बताइन् । मानव जीवन र पृथ्वीमै जनवायु परिवर्तनका कारण… पुरा पढौ

‘कौडीमा जग्गा दिएर जिसीले पोखरेलीमाथि घात गरे’

पोखरा, २३ असारराष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालले पोखराका ३ ठाउँका जग्गा योजनावद्ध रुपमा निजी क्षेत्रलाई थोरै भाडामा दिएर पोखरेलीमाथि घात गरेको आरोप लगाएको छ । कार्यकालको अन्तिम समयमा अपारदर्शी र योजनावद्ध रुपमा पोखरा उपत्यका नगर विकास समितिका अध्यक्षसमेत रहेका निवर्तमान मेयर मानबहादुर जिसीले जनघाती निर्णय गरेको सम्पदाको ठहर छ । नगर विकास समिति अध्यक्ष धनराज आचार्यलाई बिहीबार ज्ञापनपत्र बुझाउँदै संस्थाले पदभारका बेला गरेको सार्वजनिक जग्गाको अवस्था सार्वजनिक गर्ने… पुरा पढौ

जिसीले घुमाउरो तवरले स्वीकारे कमजोरी

पोखरा महानगरपालिकाका निवर्तमान मेयर तथा पोखरा उपत्यका नगर विकास समितिका निर्वतमान अध्यक्ष मानबहादुर जिसीले समितिको जग्गा भाडामा लगाइएकोबारे सञ्चार माध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनले घुमाउरो तवरले कमजोरी स्वीकारेका छन् । विज्ञप्तिमा नियमित हुन छाडेको पत्रिकामा सूचना निकालेर सेटिङमा ठेक्का लगाएकोबारे केही उल्लेख छैन । ०७४ मा जनप्रतिनिधि निर्वाचित भएर आउनुभन्दा अगाडि तोक आदेशमा समितिको जग्गा भाडामा लगाउने प्रवृत्तिको अन्त्य गर्दै प्रचलित कानुुनको अधिनमा रही प्रतिष्पर्धाका… पुरा पढौ

युनियन अध्यक्षमा अनिता, उपाध्यक्षमा राजबहादुर र ऋषिकान्तले उम्मेदवारी दिने

नेपाल प्रेस युनियनको ९ औ आसन्न महाधिवेशनमा अध्यक्ष पदमा अनिता बिन्दुले उम्मेदवार घोषणा गरेकी छन् । पोखरामा बुधबार आयोजित युनियन कास्कीको भेलामा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित युनियन कास्की एवं केन्द्रीय तहका नेतालाई साथमा राखेर उनले उम्मेदवारी घोषणा गरेकी हुन् । युनियनको पूर्व उपाध्यक्षसमेत भएकाले अब अध्यक्षका लागि मैदानमा होमिएको उनले बताइन् । विन्दुले कुनै समूह मिले समूहबाट नभए स्वतन्त्र रुपमा आफ्नो उम्मेदवारी रहने बताइन् । दुई दशकदेखि नेपाल… पुरा पढौ

छानबिन समिति बनेपछि अर्थमन्त्रीको राजीनामा

अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । बजेट घोषणाको अघिल्लो रात जेठ १४ गते अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप लागेसँगै विवादमा रहेका अर्थमन्त्रीमाथि राजीनामा दिन ठूलो दबाब रहँदै आएको थियो । त्यसमाथि पछिल्लो समय अर्थमन्त्रालयको सीसीटीभी फुटेज मेटाएको विषयलाई लिएर पनि उनी विवादमा तानिएका थिए । यससँगै उनलाई राजीनामा दिन विपक्षी… पुरा पढौ

बजेट नीति तथा कार्यक्रमका आधारमाः जीवन

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले सरकारको नीति तथा कार्यक्रम एवम् सिद्धान्त र प्राथमिकताअनुरुप आएको बताउनुभएको छ । प्रदेशसभाको आजको बैठकमा उहाँले बजेट माथिको सामान्य छलफलमा उठेका प्रश्नको जवाफ दिँदै बजेट तर्जुमा गर्दा सभासमक्ष प्रस्तुत गरिएको सिद्धान्त र प्राथमिकता तथा सरकारको नीति एवं कार्यक्रमलाई आधार मानिएको स्पष्ट पार्नुभयो । बजेटका क्रममा उत्पादन र उत्पादकत्व वृद्धि, पर्यटन प्रवद्र्धन, औद्योगिक विकास र रोजगारी, स्वच्छ खानेपानी र नवीकरणीय ऊर्जा, शिक्षा र सामाजिक विकास, स्वास्थ्य… पुरा पढौ

असार २६ गते सार्वजनिक बिदा

सरकारले यही असार २६ गते आइतबार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इद (इद उल अजहा) का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उक्त पर्व यही असार २६ गते आइतबारका दिन पर्ने भनी मुस्लिम आयोगबाट अनुरोध भई आएकाले सो दिन मुलुकभर सार्वजनिक बिदा कायम गर्ने निर्णय गरिएको गृह मन्त्रालयले आज एक सूचना जारी गरी जनाएको छ । विसं २०७८ फागुन २६ गते नेपाल राजपत्रमा प्रकाशित सूचनामा बकर इदका अवसरमा सार्वजनिक… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं