गण्डकी सेरोफेरो

मुस्ताङ प्रशासनको नियमित सेवा बन्द

कोरोना जोखिम बढेको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङले मंगलबार देखि यसअघि दिदै आईरहेको नियमित सेवा अनिश्चित कालका लागि बन्द गरेको जनाएको छ । आईतबार जिल्ला प्रशासन कार्यालय मुस्ताङले प्रकाशित गरेको सूचनामा कोरोनाको दोश्रो लहर मुस्ताङमा समेत फैलिन थालेको जनाउदै अर्को सूचना जारी नभएसम्म अतिआवश्यकीय सेवा बाहेक सबै सेवा बन्द गरिएको जनाएको छ ।जिल्ला प्रशासन कार्यालय मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालद्धारा जारी गरिएको सूचनामा कोभिड—१९ को बढ्दो संक्रmमण… पुरा पढौ

मनाङमा पनि भेटिए कोरोना संक्रमित

मनाङमा २ कोरोना संक्रति भेटिएका छन् । चामे गाउँपालिकामा रहेको राष्ट्रिय बाणिज्य बैंकमा कार्यरत २ कर्मचारीमा कोभिड १९ पुष्टि भएको हो । उनीहरु बिरामी भई अस्पताल जाँदा कोरोना पोजेटिभ पुष्टि भएको जिल्ला अस्पतालका डाक्टर प्रतिभा गौलीले जानकारी दिइन् । जनस्वस्थ्य कार्यलय चामे मनाङका अनुसार पहिलो चरणको कोरोनापछि दोस्रो चरणको पहिलो संक्रमण फेला परेको हो । जिल्लामा हाल ५ बेडको आइसोलेसन बेड निर्माण गरीएको छ भने अस्पतालमा ५ वटा अक्सिजन सिलिन्डर… पुरा पढौ

प्रयोगशाला र अस्पतालकै नियतमा शंका

गण्डकी प्रदेशसभामा विपक्षमा रहेका ३ दलले विज्ञप्ति निकालेर सभामुख र प्रदेश सभामा अविश्वास प्रस्तावका पक्षधर सांसदको सुरक्षा गर्न माग गरेका छन् । प्रदेश सभा सदस्यलाई धम्की र प्रलोभन दिने व्यक्ति र समूहलाई कानुनको कठघरामा ल्याई कारवाही गर्न उनीहरुको माग छ । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमान र जनता समाजवादी दल संसदीय दलका नेता हरिशरण आचार्यले यस्तो माग गरेका हुन् । विज्ञप्तिमा सांसद… पुरा पढौ

अत्यावश्यक व्यवसायमात्र चलाऔं

पोखरा उद्योग वाणिज्य संघले कोभिड १९ को दोस्रो लहरको गाम्भीर्यता बुझ्न र आफै संयम हुन उद्योगी, व्यवसायीसँग आग्रह गरेको छ । संघले बिहीबार जारी गरेको विज्ञप्तिमा तोकिएको निर्धारित अवधिका लागि तोकिएका ‘अत्यावश्यक’ सामग्रीका व्यवसायमात्रै सञ्चालन गर्न अनुरोध पनि गरेको हो । ‘संकटको यो घडीमा स्वास्थ्य मन्त्रालयले सुझाएका सुरक्षा तथा सरकार एवं स्थानीय प्रशासनले जारी गरेका मापदण्ड कायम गराउनु व्यक्ति र समाजको लागि हितकर भएकोमा कुनै द्विविधा छैन’, संघका महासचिव सुरेन्द्रमान… पुरा पढौ

तालबाराहीमा व्यवसाय नगर्न राष्ट्रिय सम्पदाको खबरदारी

राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालले फेवातालबीचमा रहेको तालबाराही मन्दिर परिसरमा बनाइएका सटरलाई व्यवसायिक प्रयोग नगर्न ध्यानाकर्षण गराएको छ । संस्थाका अध्यक्ष विष्णुहरि अधिकारीले तालबाराही मन्दिर गुठी व्यवस्थापन समिति अध्यक्ष हिक्मत कुँवरलाई ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो आग्रह गरेका हुन् । गुठीले ताल घुम्न आउने पर्यटकले पूजा गर्न खोजे फूल, प्रसाद उपलब्ध गराउन भन्दै मन्दिर परिसरमा २ सटर बनाएको छ । समितिको ध्यानाकर्षण पत्र बुझ्दै गुठीका अध्यक्ष कुँवरले सटरको संरचनालाई… पुरा पढौ

सरकारी निर्णयको ठाँडो अवज्ञा गर्दै मुस्ताङका ३ तहमा धमाधम परीक्षा संञ्चालन

सरकारी निर्णयको ठाँडो अवज्ञा गर्दै हिमाली जिल्ला मुस्ताङका ३ तहमा धमाधम वार्षिक परीक्षा संञ्चालन भईरहेको पाईएको छ ।सोमबार नेपाल सरकारद्धारा गठित उच्चस्तरीय सीसीएमसी निर्देशक समितिको बैठकले अर्को आदेश नभएसम्म भौतिक उपस्थिती हुने पूर्वनिर्धारित सबै परीक्षा स्थगित गर्ने निर्णय गरेपनि मुस्ताङका विद्यालयले त्यसलाई अटेर गरी परीक्षा संञ्चालन गरेको पाईएको हो ।५ स्थानीय तह रहेको हिमाली जिल्ला मुस्ताङको थासाङमा गत बैशाख ९ गते ,घरपझोङमा १० गते र वारागुङमुक्ति क्षेत्र गाउपालिकामा बैशाख १२… पुरा पढौ

कोभिडका बिमारीले भरियो जोमसोम अस्पताल

मुस्ताङको जोमसोममा कोभिड—१९ लक्षण भएका बिमारीको चाप बढेको अस्पताल श्रोतले जनाएको छ ।अस्पतालमा दिनहु कोभिड—१९ लक्षण भएका बिरामीको संख्या बढेसंगै आईतबारअस्पतालले एक प्रेष बिज्ञप्ती जारी गर्दै अस्पतालमा भर्ना हुन आउने व्यक्ति तथा सेवाग्राहीलाई अनिवार्य माक्स प्रयोग र अनिवार्य भौतिक दुरी कायम गरी सेवा लिन आउन आग्रह गरेको छ ।जिल्ला अस्पताल जोमसोममा पीसीसीआर परीक्षणको सुविधा नभएको र लक्षण भएका बिरामीलाई कोभिड—१९ एन्टीजेन परीक्षण गर्ने गरिएको छ । शरिरमा कोरोना भाईरस भए… पुरा पढौ

काभ्रेभीरमा मोटरसाईकल खस्दा चालकको घटनास्थलमै मृत्यु

हिमाली जिल्ला मुस्ताङ र म्याग्दीको सीमाना काभ्रेभीरमा शुक्रबार मोटरसाईकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथ दर्शनका लागि मुस्ताङतर्फ आउदै गरेको ग १८ प १५९७ नंम्बरको मोटरसाईकल सडकबाट अनियन्त्रित भई १५० मिटर तल कालिगण्डकी खोंचमा खस्दा कास्की जिल्ला पोखरा महानगर पालिका—७ हेम्जा बस्ने अन्दाजी वर्ष ३८ का शिवहरी पौडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक… पुरा पढौ

भाईबर र वाड्स एपमा भारतीयको ठगी धन्दा

सुन्दरकुमार थकालीजोमसोम—केही वर्ष यता केही भारतीय गिरोहले नेपाली सर्वसाधरणलाई भाईबर र वाड्स एपको माध्यमबाट ठगी धन्दा चलाउन सक्रिय छन् । ठेगाना उल्लेख नगर्ने आकाश बर्मा नाम उल्लेख भएको उक्त भारतीय व्यक्तिले तपाईलाई भाईबर÷वाड्स एपबाट पुरस्कार भारु २५ लाख परेको भन्दै नेपालमा ठगी धन्दा चलाउने गरेको रहस्य बिहिबार खुलेको छ ।भाईबर र वाड्स एप पुरस्कारको माध्यमबाट ठगी गर्ने ति गिरोह आकाश बर्माले पुरस्कार प्राप्त गर्न लाग्ने राजश्व वापतको शुल्क आफ्नो एकाउन्टमा… पुरा पढौ

मुक्तिनाथमा कर्मचारी मिलनकेन्द्रको निःशुल्क चियापान

दशै तथा रामनवमी पर्वको अवसरमा मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथ मन्दिर पुगेका श्रद्धालु भक्तजनलाई निःशुल्क चिया वितरण गरिएको छ । कर्मचारी मिलनकेन्द्र मुस्ताङले विशुद्ध सामाजिक सेवाको भावले मुक्तिनाथ पुगेका भक्तजनहरुका लागि मंगलबार र बुधबार निःशुल्क चियापान कार्यक्रम आयोजना गरेको जनाएको छ ।क्र्मचारी मिलन केन्द्र मुस्ताङले २ हजार ६ सय २५ जना श्रद्धालु भक्तजनलाई मुक्तिनाथमा निःशुल्क चिया वितरण गरेको मिलनकेन्द्रका अध्यक्ष रुक्मागत सुबेदीले जानकारी दिए ।कर्मचारीहरुको एकता र सामाजिक कार्यका लागि… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं