विकास निर्माणसंगै मुस्ताङमा बढ्यो कोरोना जोखिम

आर्थिक वर्ष २०७७÷०७८ का लागि हिमाली जिल्ला मुस्ताङमा संञ्चालित विकास आयोजनाको काम व्यवस्थित हुन नसक्दा कोरोना जोखिम बढेको आंकलन गरिएको छ ।
आर्थिक वर्ष सकिन अन्तिम महिना मात्र बाकी हुँदा मुस्ताङमा विकास निर्माणकार्यले तिब्रता पाएको हो ।संघ ,प्रदेश र स्थानीय तहमा संञ्चालन भएका करिव ६५ प्रतिशत आयोजनाको काम धमाधम अघि बढिरहेको छ । मुस्ताङमा स्थानीय तह, संघ, प्रदेश र विकाससंग संम्वन्धित अन्य कार्यालयबाट भईरहेका विकास आयोजनाको काममा निर्माण कम्पनी,ठेकेदार र मजदुरबाट कोरोना रोकथाम तथा नियन्त्रण संम्वन्धि हेलचक्र्याई हुँदा कोरोना जोखिम बढेको बताईएको छ ।
कोरोनाको दोश्रो लहरसंगै स्थानीय प्रशासनले प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर बैशाख १० गतेदेखि बन्द ग¥यो ।पर्यटकीय सिजन,महत्वपूर्ण चाडपर्व,अनुकुल मौसम र विकास आयोजनाको कामले मुस्ताङमा मावन जमघट बढी रह्यो । देशभर कोरोना माहामारी फैलिदै गर्दा यसबाट मुस्ताङ समेत अछुतो बन्न सकेन । फलतः मुस्ताङमा पहिलो पटक १६ बैशाखमा कोरोनाबाट एक ७२ बर्षिया महिलाको मृत्यु भयो ।

त्यसपछिका दिनमा मुस्ताङमा क्रमशः धमाधम कोरोना संक्रमितको संख्या वृद्धि हुँदै गयो ।कोरोनाका कारण देशभरका कतिपय जिल्लाहरुमा धमाधम निषेधआज्ञा लागु हुँदा मुस्ताङ प्रशासनले ढिलो गरी ३० बैशाखमा निषेधआज्ञा जारी ग¥यो । अहिले स्थानीय प्रशासनले चौथो पटक जेठ ३१ गतेसम्म निषेधआज्ञा लम्ब्याएको छ ।स्थानीय प्रशासनले जारी गरेको निषेधआज्ञाा कार्यविधिमा विकास निर्माणकार्यमा प्रयोग हुने सामाग्री ढुवानीका साधन संञ्चालन गर्न पाईने तर विकास निर्माणको कार्यस्थलमै बस्ने÷ खाने व्यवस्था निर्माण कम्पनी वा संम्वन्धित ठेकेदारलनैे गर्ने र निर्माणकार्यमा प्रयोग हुने जनशक्तिलाई आवश्यक कोभिड स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विकासको काम गर्न दिने अनुमती उल्लेख छ ।तर, निर्माणको काममा खटिएकाले कामदारले भने स्वास्थ्य सुरक्षा मापदण्डमा ध्यान दिएका छैनन् ।
तर ,स्थानीय प्रशासनले गरेको निर्णयमा कतिपय निर्माण कम्पनी र ठेकेदारले बेवास्ता गरेका हुन् । विकास निर्माणमा खटिने जनशक्ति र कर्मचारीको यथोचित व्यवस्थापनमा संम्वन्धित निकायले बेवास्ता गर्दा कोरोना जोखिम बढेको हो । मुस्ताङमा गरिएको कोभिड एन्टिजेन परीक्षणबाट दर्जनौ कामदारमा कोरोना संक्रमित पुष्टि भएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिकी अध्यक्ष प्रजिअ हिरादेवी पौडेलसहितको टोलीले केहीदिन अघि मुस्ताङका केही निर्माण स्थलको अनुमगन गर्दा कार्यस्थलमा कामदारको व्यवस्थापन तथा कोभिड स्वास्थ्य सुरक्षा मापदण्ड पालनमा बेवास्ता भएको पाईएको थियो । यसप्रति बैठकमा प्रशासनले सरोकारवालाको ध्यानआर्कण गराएको थियो । डिसीसीएमसीसहित ,निर्माण कम्पनी,ठेकेदार र सरोकारवाला निकाय सम्मिलित बैठकमा निर्माण कम्पनी र ठेकेदार प्रतिनिधिलाई स्वास्थ्य सुरक्षा तथा कामदार व्यवस्थापनमा बेवास्ता गर्न नपाईने र यदी नियम उलंघन गरेमा कारबाही गर्ने चेतावनी दिईएको थियो । बैठकले निमाणको कार्यस्थलमा बेला÷बेलामा छड्के अनुगमन समेत गर्ने जानकारी उनीहरुलाई गराईएको थियो । तर ,स्थानीय प्रशासनको निर्णयलाई अझै उनीहरुले अवज्ञा गरेका छन् भने निर्माण कम्पनी तथा ठेकेदारले कामदारको व्यवस्थापनमा ध्यान नदिएको स्थानीयको गुनासो छ ।
कोरोनाको दोश्रो भेरियन्टसंगै मुस्ताङका अधिकांश गाउँमा मुखियाले स्वतःस्फूर्त रुपमा बन्दाबन्दी गरेका छन् । तर केही गाउँमा होमआईसोलेसनमा बसेका संक्रमितले स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा चरमलापरवाही गरेको घरपझोङ—१ छैरोका स्थानीय भीमबहादुर रसाईलीले बताए । उनले होमआईसोलेसनमा बसेका संक्रमित खुलेआम बाहिर हिडडुल गरेको जनाए । उनले होमआईसोलसनमा बस्नेको उपचार र निगरानीमा स्थानीय प्रशासन ,स्थानीय तह र सुरक्षाकर्मीले चासो नदिएको उनको भनाई छ ।
मुस्ताङको ४ स्थानीय तहमा कोरोना संक्रमण देखिएको छ । हालसम्म मुस्ताङमा ३ सय ७० भन्दा बढी व्यक्तिमा कोरोना सक्रमण देखिएकोमा आधाजसो व्यक्ति निको भईसकेका छन् । यस्तै,कोरोनाबाट मुस्ताङमा १३ जना व्यक्तिको मृत्यु भईसकेको छ भने मुस्ताङमा २३ जनाको थप उपचारका लागि पोखरा रिफर भएको स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ ।विकास निर्माणसंगै बढ््यो मुस्ताङमा कोरोना जोखिम