गण्डकी सेरोफेरो

गण्डकी प्रदेश सरकारमा माओवादीका तीन जनाले भोलि सपथ लिने

गण्डकी प्रदेशको गठबन्धन सरकारमा माओवादी केन्द्रबाट तीन जना सरकारमा जाने भएका छन् । माओवादी सांसदहरू रामजी बराल, चन्द्र बहादुर बुढा र दीपक चर्ती सरकारमा जाने निश्चित भएको हो । सांसद दीपक कोइरालाका अनुसार अर्थ मन्त्रालयमा बराल, कृषिमा बुढा र वन तथा वातावरणमा घर्तीमगर जाने गरी सहमति जुटेको छ । माओवादीले ११ मन्त्रालयमध्ये ४ मन्त्रालय पाउने गरी भागबन्डा गरिएको छ । बराल कास्की, चन्द्रबहादुर बागलुङ र दीपक चर्ती मगर स्याङ्जाका हुन्… पुरा पढौ

बागलुङमा सन्देशमुलक प्लेकार्ड सहितको डमी ट्राफिक प्रहरी

अव्यवस्थित शहरीकरण, साँगुरा सडक, बढ्दो सवारी प्रयोग, जथाभावी पार्पिङ, सडकमा निर्माण सामाग्री राखीनु, चालक तथा यात्रुमा ट्राफिक चेतनामा कमी लगायतका कारण अस्तव्यस्त बजारको ट्राफिक व्यवस्थापन प्रभावकारी गराउन एवं दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले बागलुङ बजारमा डमी ट्राफिकको प्रयोग सुरु गरिएको छ । बागलुङ जिल्लामा दुर्घटना न्युनीकरण तथा ट्राफिक नियमको पुर्ण पालना गराउनको लागि सन्देशमुलक प्लेकार्ड सहितको डमी ट्राफिक प्रहरीको प्रयोग सुरु गरिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङको पहल एवं… पुरा पढौ

घाँस काट्ने क्रममा भिरबाट लडेर एकजनाको मृत्यु

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका -५ बिहुँमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । काठेखोला गाउँपालिका-५ को धौरियाको भिरमा घाँस काट्ने क्रममा लडेर बिहुँका बर्ष ४८ का ईन्द्रबहादुर पुनको मृत्यु भएको स्थानीय युवा दिवस कंडेले जानकारी दिए । बिहान ८ बजे घासँ काट्न गएका पुन करिव ८:४५ को समयमा भिर बाट लडेको प्रत्येक्षदर्शिलाई उदृत गर्दै कंडेले बताए ।घाँस काट्दै गर्दा भिरबाट लडेको पारीपट्टी स्थानीयले देखेपछि उद्धार गर्दा गर्दै उनको मृत्यु… पुरा पढौ

बागलुङमा घरेलु मदिरा सेवनबाट ४ को मृत्यु,२ बिरामि

जिल्लाको गलकोट नगरपालिकामा घरेलु मदिरा सेवनका कारण ४ जना मजदुरको ज्यान गएको छ भने २ जना गम्भिर बिरामि भएका छन् । जिल्लाको गलकोट नगरपालिकामा मजदुरी गर्दै आएका ६ जनाले मदिरा सेवन गरेकोमा चार जनाको उपचारका लागि सदरमुकामको धौलागिरि अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको हो । मृत्यु हुनेहरुमा रोल्पा जिल्लाको सुनिल स्मृति गाउँपालिका-५, गजुल बस्ने वर्ष २१ का दिपेन्द्र पुन मगर, सोही स्थानका वर्ष ३० का प्रबिन घर्ति, बर्ष ३९… पुरा पढौ

बागलुङ-पोखरा राजमार्ग १७ घण्टा देखि ठप्प !

पहिरोका कारण बागलुङ पोखरा सडक खण्ड अवरुद्ध भएको छ ।पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नम्बर-८ चुवामा सडक माथिवाट खसेको पहिरोका कारण बागलुङ- पोखरा राजमार्ग १७ घण्टा देखि अवरुद्ध भएको हो ।अवीरल रुपमा परेको बर्षाका कारण सोमबार साँझ ६ बजे खसेको पहिरोका कारण यातायात पुर्ण रुपमा अवरुद्ध भएको छ । शोमवार साँझ खसेको पहिरो तत्कालै पन्छाउने प्रयास गरिएपनि राति पु:न पहिरो खसेर अवरुद्ध भएको थियो । मंगलवार बिहानै देखि पहिरो पन्छायर… पुरा पढौ

३५ हजार नगद सहित जुवाडे पक्राउ

बागलुङ नगरपालिका वडा नम्बर ३ शिवधाराचोकको एक घरबाट जुवा खेल्दै गरेको अवस्थामा ६ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा प्रहरी निरिक्षक बिजय भण्डारिको नेतृत्वमा खटिएको प्रहरी टोलिले तास खेलिरहेको अवस्थामा ६ जना पुरुषलाई नगद ३५ हजार ६ सय रुपैयाँ सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारि इकवाल हवारिले बताए । पक्राउ पर्नेहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।घटनास्थलमा प्रहरी पुगेलगत्तै केही पत्रकारहरु पनि… पुरा पढौ

सेती तट र डेभिज फल निजी क्षेत्रमा नदेऊ

सेती नदीका तट तथा फेवातालको डेभिजफल सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत निजी क्षेत्रलाई दिइने भएको छ । ४० वर्षका लागि निजी कम्पनीलाई दिने निर्णय पोखरा महानगरले गरेपछि संरक्षणकर्मी र सरोकारवालाबाट यसको विरोध भइरहेको छ । राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालले यसलाई रोक्न गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको ध्यानाकर्षण गराएको छ । संस्थाका अध्यक्ष विष्णुहरि अधिकारी नेतृत्वमा आइतबार गएको टोलीले मुख्यमन्त्री पोखरेललाई ध्यानाकर्षण पत्र बुझाएको छ । पत्र बुझ्दै… पुरा पढौ

सम्पदा दोहन नगर्न ध्यानाकर्षण

राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालले सम्पदा दोहन नगर्न ध्यानाकर्षण गराएको छ । पोखरा महानगरपालिका वडा नंं २३, २४ मा निर्मित फेवा सेडिमेन्टेसन ट्रयाप बेसिनमा संकलित ढुंगा, गिटी, वालुवा र बग्रेठ निकाल्न र बेचबिखन गर्न सार्वजनिक निजी साझेदारी अन्तर्गत २४ वर्षका लागि ठेक्कामा दिने तयारी महानगरले गरेको छ । बेसिनदेखि १ किमी तलमाथिसम्म उत्खनन् गर्न पाउने गरी गरिएको ठेक्का सम्झौताप्रति राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालको गम्भीर ध्यानाकर्षण… पुरा पढौ

बागलुङमा सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री प्रदान

बागलुङ, १० असारप्रेस सङ्गठन नेपाल, बागलुङ शाखाले जिल्लामा क्रियाशील पत्रकार÷सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना महामारीका बेला अग्रपंक्तिमा खटिएर समाचार सङ्कलन तथा सम्प्रेषण गर्ने पत्रकारको स्वास्थ्य सुरक्षाका लागि मास्क, सेनिटाइजर र सिटामल वितरण गरिएको हो । शाखा संयोजक थम्मन थापा सन्देश, सदस्य बिमल खड्का र नेपाल पत्रकार महासंघ, बागलुङ शाखाका उपाध्यक्ष एवं सङ्गठनका सदस्य सरीता खत्रीले आज गलकोट नगरपालिका, ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाबाट सञ्चालित सञ्चार संस्थामै पुगेर… पुरा पढौ

विवाह भोजबाट गाउँभर संक्रमण

बागलुङजिल्लाभर निशेधाज्ञा जारी भए पनि लगनको महिना भएकाले विवाह, वर्तबन्ध र चौरासी पूजाजस्ता धार्मिक र सांकृतिक कार्य रोकिएका छैनन् । निश्चित मापदण्ड तोकेर धार्मिक तथा सांकृतिक कार्यमा सहभागि हुन प्रशासनले आग्रह गरेको भए पनि सुरक्षाकर्मी र प्रशासनको उपस्थिति कम रहेका ठाउँमा यस्ता कार्य पूर्ववत्रूपमा चलिरहेका हुन् । जिल्ला सदरमुकाममै केही दिन पहिला विवाह भोजमा सहभागि भएका ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एउटै गाउँमा यती धेरै जनामा सङ्क्रमण… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं