गण्डकी सेरोफेरो

छोरीलाई विष खुवाइ हत्या गर्ने आमालाई ३ वर्ष कैद

तनहुँ जिल्ला अदालतले छोरीलाई विष खुवाइ हत्या गरेको अभियोगमा एक जनालार्य तीन वर्ष कैद फैसला सुनाएको छ । अदालतले पोखरा २४ कास्कीकोटकी २९ वर्षीया सुष्मा विकलाई ३ वर्ष कैद र ३० हजार जरिवाना हुने फैसला सुनाएको हो । जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको बुधबारको इजलासले उक्त फैसला गरेको जिल्ला अदालतका इजलास अधिकृत कृष्ण गौतमले जानकारी दिए । सुष्माले विसं २०७७ माघ १९ गते दिउँसो तनहुँको आँबुखैरेनी गाउँपालिका २ खानीखोलास्थित न्यू लिगलिग… पुरा पढौ

पोखराका ३ सडक खण्ड नमुना बनाउँदै विश्व बैंक

विश्व बैंकले पोखराका थप दुई सडक खण्डमा लगानी गर्ने भएको छ । विश्व बैंकको लगानीमा तालचोकदेखि वेगनासतालसम्मको सडक निर्माण हुँदै छ । यो सडकमा ७५ करोड लगानी भएको छ । पोखरामा २५.६८ मिलियन अमेरिकी डलर (३ अर्ब ३७ करोड ९३ लाख १० हजार ८ सय ८ नेपाली रुपैयाँ) लगानी गर्ने योजना अनुरुप तालचोकदेखि वेगनासताल निर्माणपछि बाँकी पैसा अरु दुई सडक खण्डमा लगानी हुने भएको हो । पोखरा महानगरपालिकाले नेपाल सहरी… पुरा पढौ

सुन्दर र हुमलाई कञ्चन पत्रकरिता पुरस्कार

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८०’ हुमबहादुर तमु (कास्की) र सुन्दरकुमार थकाली (मुस्ताङ) लाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिले गरेको सिफारिसअनुसार फोनिज गण्डकीको मंगलबारको बैठकले तमु र थकालीको नाम अनुमोदन गरेको अध्यक्ष रुद्र श्रीस मगरले जानकारी दिए । पुरस्कार राशि जनही २५ हजार र सम्मानपत्र छ । वरिष्ठ अधिवक्ता तथा फोनिज गण्डकीका प्रमुख सल्लाहकार सुरेन्द्र थापामगरको संयोजकत्वमा रहेको प्रतिभा छनोट समितिले नाम… पुरा पढौ

संघीयतामाथि पुनर्विचार र निर्वाचन प्रणाली फेर्न कांग्रेस नेताको प्रस्ताव

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री शंकर भण्डारीले काङ्ग्रेस संघीयतामाथि पुनर्विचार गर्नुपर्ने बेला आएको विचार राखेका छन् । उनले कांग्रेस आफ्ना मूलभूत एजेन्डाबाट विचलित भएको दाबीसमेत गरे । “प्रजातन्त्र, राष्ट्रियता र समाजवाद”को मुख्य एजेन्डबाट पर गएर काङ्ग्रेसले कम्युनिस्टका एजेन्डा आत्मसात् गरेको उनको आरोप छ । बुधबार पोखराका पत्रकारहरुसँग कुरा गर्दै उनले कांग्रेसले समाजवाद उन्मुख अर्थतन्त्र स्वीकार्नु कम्युनिस्को एजेन्डा मान्नु भएको तर्क गरे । देशको अर्थतन्त्र र शासन व्यवस्था निकै… पुरा पढौ

भरुवा बन्दुकले हानेर श्रीमतीको हत्या

तनहुँको व्यास नगरपालिकामा भरुवा बन्दुकले हानेर एकजनाले श्रीमतीको हत्या गरेका छन् ।व्यास–५ मानुङका ५६ वर्षीय श्रीप्रसाद आलेले ४७ वर्षीया गीता आलेको हत्या गरेका हुन् । गए राति ११ बजे श्रीप्रसादले गीतालाई भरुवा बन्दुकले हानेर घाइते बनाएको र उनको दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । श्रीप्रसादलाई प्रहरीले गए राति नै नियन्त्रणमा लिएको छ । घरायसी विवादका कारण उक्त घटना भएको प्रारम्भिक अनुसन्धानबाट… पुरा पढौ

मुस्ताङ: पत्रकार महासंघ प्रदेश समितिको निर्णय अबलम्व सच्याउन माग

हिमाली जिल्ला मुस्ताङमा पत्रकार महासंघ जिल्ला शाखाको सदस्य कायम राख्न संयुक्त प्रेस विज्ञप्ती जारी गरिएको छ । नेपाल पत्रकार महासंघ मुस्ताङ शाखासहित जिल्ला स्थित प्रेस चौतारी नेपाल मुस्ताङ, समाजवादी प्रेस संगठन नेपाल मुस्ताङ र प्रेस युनियन मुस्ताङले संयुक्त प्रेस विज्ञप्ती जारी गरेका हुन् । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले मिति २०८० साउन १० गतेको दिन महासंघको मुस्ताङ शाखा मातहतमा क्रियाशिल साधारण सदस्यहरु मध्ये २ जनाको मात्र सदस्य रहने गरी… पुरा पढौ

पब्लिक क्याम्पस संघ गण्डकीमा बुढाथोकीको नेतृत्व

नेपाल पब्लिक क्याम्पस संघ गण्डकी अध्यक्षमा ऋषिराम बुढाथोकी निर्वाचित भएका छन् । उनी जनप्रकाश वहुमुखी क्याम्पस प्रमुख हुन् । पोखरामा शनिबार भएको अधिवेशनबाट निवर्तमान अध्यक्षमा मोहप्रसाद हड्खले, उपाध्यक्ष महेन्द्रप्रसाद पोखरेल, गोरखबहादुर जिसी र मुनादेवी लम्साल निर्वाचित बने । सचिवमा दीपेन्द्र पौडेल, सहसचिव विजय शर्मा, कोषाध्यक्ष विष्णुकुमार श्रेष्ठ र सदस्यमा देवीप्रसाद सुवेदी, युवराज पाठक, हरिप्रसाद सुवेदी, निराजनप्रसाद चौधरी, एकनारायण भट्टराई, झमनबहादुर थापा, फूलकुमारी शर्मा, मञ्जु पनेरु र महेन्द्रराज अधिकारी निर्वाचित भएका… पुरा पढौ

फुटपाथ, सडक तथा ठेला व्यापार नियन्त्रणमा निर्मम बन्दै बागलुङ नगरपालिका

बागलुङ बजारमा एक हप्ता अगाडिसम्म पैदल यात्रु तथा सवारीसाधनलाई नै अवरोध हुनेगरी ठेलागाडामा तरकारी, फलफूल, चटपट लगायतको खुल्ला व्यापार चोकचोकमा देखिन्थ्यो तर आजभोलि यस्तो व्यापार कतै देखिदैन । यसको कारण हो बागलुङ नगरपालिकाको फुटपाथ तथा खुल्ला व्यापार नियन्त्रण अभियान । साँगुरो बजारको सडकमै जथाभावी ठेलागाडा तथा सडक व्यापाकै कारण सवारी आवागमन, ट्राफिक व्यवस्थापन, दुर्घटनाको जोखिम बढ्ने भन्दै बागलुङ नगरपालिकाले बजार व्यवस्थापनमा निर्मम बन्न थालेको छ । गत आर्थिक वर्ष देखीनै… पुरा पढौ

मुक्तक मञ्च पर्वत शाखाको प्रथम अधिवेशन सम्पन्न अध्यक्षमा केसी

मुक्तक मञ्च पर्वत शाखाको प्रथम अधिवेशन सम्पन्न भएको छ । २०७७ साल देखी पर्वतमा स्थापना भएर निरन्तर साहित्य र मुक्तकको उनन्नयनमा सक्रिय मुक्तक मञ्चले आज आम वृहत भेला गरी अधिवेशन सम्पन्न गरेको हो । मञ्चको अध्यक्षमा ध्रुव केसी निर्वाचित भएका छन् । जसको प्रथम उपाध्यक्षमा ठाकुर रसाईली, द्धितिय उपाध्यक्षमा दिपसागर पौडेल, महिला उपाध्यक्षमा गीता अधिकारी, सचिवमा लक्ष्मण विश्वकर्मा, सह सचिवमा सन्देश पौडेल, कोषाध्यक्षमा करिश्मा क्षेत्री चयन भएका छन् । यस्तै… पुरा पढौ

पोखरामा मलको मूल्य तोकियो

पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८०÷८१ का लागि मलको मूल्य तथा बिक्री परिमाण निर्धारण गरेको छ । पोखरा महानगरपालिका मल वितरण व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मलको मूल्य निर्धारण गरेको हो । महानगरका उपप्रमुख एवं मल वितरण व्यवस्थापन समितिक संयोजक मञ्जुदेवी गुरुङको अध्यक्षतामा बसेको बैठकले युरिया, डिएपी र पोटासको मूल्य निर्धारण गरेको महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । बैठकमा पोखरा महानगरका प्रमुख प्रशासकीय… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं