गण्डकी सेरोफेरो

विशेष मुक्तक वाचनमा नवपुस्ता

नवपुस्तालाई प्रोत्साह गर्ने मुल उद्देश्यका साथ मुक्तक मञ्च केन्द्रीय समितिले १८३ औँ नियमित वाचन श्रङ्खलामा विशेष कार्यक्रमको आयोजना गरेको भव्यताका साथ समापन गरेको छ । हरेक महिनाको अन्तिम शनिबारमा नियमित मुक्तक वाचन हुनेगरेकोमा यसपटक भने मुक्तक मञ्चले बिशेष मुक्तक वाचनमा नयापुस्ता कार्यक्रम राखेको हो । कार्यक्रममा बिशेष वाचकहरू बिवेक अधिकारी, अनुष्का पौडेल , गौरव ढुंगाना, सुसन पौडेल, उषा गुरुङ, बिना बराल, क्रिसला पोख्रेल, सन्देश पौडेल, सुजित प्रसाद कुशवाहा र बिना… पुरा पढौ

नेवा खलः कास्की अध्यक्षमा अशोक पालिखे

नेवा खलः कास्की अध्यक्षमा फेरि अशोक पालिखेकै नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चुनिएको छ । अधिवेशनबाट कार्यसमिति, सल्लाहकार तथा आमन्त्रित सदस्यहरु चयन भएका हुन् । समितिको वरिष्ठ उपाध्यक्षमा तीर्थ श्रेष्ठ, अर्का उपाध्यक्ष प्रकाशलाल श्रेष्ठ, महासचिव श्रीकृष्ण कतिला, उपमहासचिव भैरवलाल श्रेष्ठ र कोषाध्यक्षमा चन्द्रबहादुर राजभण्डारी छन् । सदस्यमा पदेन सदस्यतर्फबाट संगीता बज्राचार्य, वीनित जोजिजु, कृष्णबहादुर श्रेष्ठ, सुशील गोशली र गोपाल बाटाजु छन् । संस्थागत तर्फबाट सन्तोष श्रेष्ठ, हर्कमान शाही र श्रवणलाल जोशी… पुरा पढौ

पोखराका ट्याक्सी मिटरमा चल्ने, नचले कारवाही हुने

पोखराका ट्याक्सी मिटर चल्न नमानेको गुनासो धेरै आएपछि शनिबार भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले सरोकारवालासँग अन्तक्र्रिया आयोजना ग¥यो । कार्यक्रममा सहभागी ट्याक्सी व्यवसायीले गण्डकी प्रदेश सरकारले २ वर्षअघि समायोजन गरेको भाडादर अनुसार गुड्न सहमति जनाएका छन् । यातायात मन्त्रालयले २०७८ फागुन १ गतेदेखि लागू हुने गरी भाडादर समायोजन गरेको थियो । भाडा समायोजनापछि पनि ट्याक्सी मिटरमा चलेका थिएनन् । यातायात मन्त्री रेशमबहादुर जुग्जालीसहित सरोकारको अन्तरक्रियामा पोखरेली ट्याक्सी सेवा… पुरा पढौ

१ महिनाभित्रै पोखराका चोकका सालिक सालिक पार्कमा

पोखरा महानगरपालिका भित्र सडकमा रहेका सबै सालिकहरूको व्यवस्थापन गरिने भएको छ । शुक्रवार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको अध्यक्षतामा बसेको सर्वदलीयरसर्वपक्षीय बैठकले सडकमा रहेका सालिकहरू महानगरमा क्रियाशील राजनीतिक दलहरू, सरकारी निकाय तथा सरोकारवाला संघसंस्थाहरुसँग आवश्यक समन्वय गरी एक महिना भित्र स्थानान्तरणरव्यवस्थापन गर्ने निर्णय गरेको हो । सर्वदलीयरसर्वपक्षीय बैठकको निर्णयमा भनिएको छ, “पोखरा महानगरपालिका भित्र सडकमा रहेका सबै सबै सालिकहरूको सम्बन्धमा महानगरमा क्रियाशील राजनीतिक दलहरू, सरकारी निकाय तथा सरोकारवाला संघसंस्थाहरुसँग आवश्यक… पुरा पढौ

गण्डकी सरकारले चलायो एम्बुलेन्स हटलाइन

गण्डकी प्रदेशमा एम्बुलेन्सको निशुल्क हटलाइन नम्बर १०२ मंगलबारदेखि सञ्चालनमा आएको छ । गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ मन्त्रालयमातहत यो सेवा सञ्चालन हुनेछ । सामाजिक विकास तथा स्वास्थ मन्त्री सुशीला सिम्खडाले १०२ मा फोन गरी गण्डकी प्रदेश भरिएका जनताले सेवा लिन सक्ने जानकारी दिइन् । यसअघि नेपाल टेलिकम र अन्य व्यवस्थापन प्रणालीमा आएका समस्याले एम्बुलेन्सको निशुल्क हटलाइन सेवा प्रभावकारी हुन सकेको थिएन । गण्डकी सरकारले अस्पतालमा प्रयोग हुने रगत… पुरा पढौ

अभियन्ता/पत्रकार आरकेलाई पक्राउ पुर्जी

कालीगण्डकी बचाऔँ अभियानका अभियन्ता तथा स्वतन्त्र पत्रकार आरके अदिप्त गिरीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पत्रकारिता क्षेत्रमा देखिएका विकृतिमाथि प्रहार गरेकै कारण पर्वत प्रहरीले पक्राउ पुर्जी जारी गरेको हो । अभियन्ता गिरीले लामो समयदेखि सामाजिक वेथिती र कालीगण्डकी दोहनविरुद्ध खबरदारी गर्दै आएका छन् । सामाजिक सञ्जालमा पर्वतको पत्रकारितामा देखिएका विकृत पक्षको भण्डाफोर गरेकै कारण पक्राउ पुर्जी जारी गरिएको भन्दै कालगण्डकी बचाउन आभियानले आपत्ति जनाएको छ । यो कदमले अभिव्यक्ति… पुरा पढौ

राउटेलाई गण्डकी सरकारको ५० हजार

देशका विभिन्न स्थानमा घुम्दै पोखरा आइपुगेको राउटे समुदायको टोलीले आइतबार गण्डकीका मुख्यमन्त्रीलाई भेटेको छ । चार सदस्यीय राउटेको टोलीले मुख्यमन्त्रीलाई काठबाट बनेको चौका उपहार दिएको छ । आजीविकाको लागि गास, बास कपासको जोहो गर्न समस्या भएको भन्दै टोलीले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग सहयोगको अपेक्षा सुनाएको थियो । टोलीले आर्थिक सहायताका लागि अनुरोध गरेपछि मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारको तर्फबाट ५० हजार प्रदान गरे । उनले राउटे समुदायले भोग्नुपरेका समस्या, अहिलेको अवस्था,… पुरा पढौ

औद्योगिक व्यापार मेलाबाट साढे १३ लाख बचत, यसपालिको मेला तय

पोखरा उद्योग वाणिज्य संघले गर्दै आएको राष्ट्रिय औद्योगिक व्यापार मेलाको मिति तय भएको छ । संघले आउँदो मंसिर २१ देखि पुस १ गतेसम्म मेला गर्ने सार्वजनिक गरेको हो । बिहीबार आयोजित पत्रकार सम्मेलनमा संघ अध्यक्ष पवन प्रजापतिले मेलाको मिति तय गरी तयारीसमेत सुरु गरिएको जानकारी दिए । पोखरा ९ नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा मेला हुनेछ । अध्यक्ष प्रजापतीले मेला गण्डकी प्रदेशमा व्यवसाय विस्तार र प्रदेशको पर्यटकीय सम्भावना खोज्न केन्द्रीत हुने… पुरा पढौ

कास्कीका १८ हजार पशुलाई लम्पी स्किन

कास्कीमा हालसम्म १८ हजार २४ पशुलाई लम्पी स्किन रोगको संक्रमण देखिएको छ । ३ हजार ७ सय ७६ बाच्छाबाच्छी, १२ हजार २ सय ७८ गाई, १ हजार ७ सय २८ गोरु, १ सय ४८ भैँसी, ८० पाडापाडी र १४ वटा राँगोमा संक्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख शम्भु पाण्डेले जानकारी दिए । संक्रमणबाट हालसम्म ६ सय १९ पशुबस्तु मरेका छन् । सबैभन्दा बढी संक्रमण गाईमा देखिएको… पुरा पढौ

छोरीलाई विष खुवाइ हत्या गर्ने आमालाई ३ वर्ष कैद

तनहुँ जिल्ला अदालतले छोरीलाई विष खुवाइ हत्या गरेको अभियोगमा एक जनालार्य तीन वर्ष कैद फैसला सुनाएको छ । अदालतले पोखरा २४ कास्कीकोटकी २९ वर्षीया सुष्मा विकलाई ३ वर्ष कैद र ३० हजार जरिवाना हुने फैसला सुनाएको हो । जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको बुधबारको इजलासले उक्त फैसला गरेको जिल्ला अदालतका इजलास अधिकृत कृष्ण गौतमले जानकारी दिए । सुष्माले विसं २०७७ माघ १९ गते दिउँसो तनहुँको आँबुखैरेनी गाउँपालिका २ खानीखोलास्थित न्यू लिगलिग… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं