कास्कीका ड्राइभिङ स्कुल व्यवसायीले सवारी ट्रायल सेन्टरमा प्रयोग हुने सवारी साधन बाहिरका प्रशिक्षार्थीलाई सिकाउन प्रयोग भएको भन्दै ध्यानाकर्षण पत्र बुझाएका छन् । आइतबार कार्यालयमा पुगेको टोलीले यातायात सवारी कास्की प्रमुख जितेन्द्रजंग केसीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
उनीहरुले यातायातको प्रयोगात्मक परीक्षामा प्रयोग हुने सवारी ट्रायल सकिएपछि कार्यालय हाताभित्रै राख्ने व्यवस्था मिलाउन माग गरे । ट्रायलमा प्रयोग हुने गाडीको टेन्डर कुसुम सप्लायर्स र दुई पांग्रेको टेन्डर सेल प्लेक्सले पाएका थिए ।
उनीहरुले उपलब्ध गराएका सवारी सम्झौताविपरीत एक ड्राइभिङ स्कुलमा सिकाउन प्रयोग भएको भन्दै ड्राइभिङ स्कुल संघ गण्डकी सचिव विष्णु पोखरेलले त्यो रोक्न माग गरे । उनले ड्राइभिङ स्कुलहरु ३ वर्षदेखि नवीकरण नभएको भन्दै नवीकरण गर्ने व्यवस्था मिलाउनसमेत कार्यालय प्रमुख केसीको ध्यानाकर्षण गराए ।
सूर्य पौडेल , तुल बहादुर ठकुरी, रमचन्द्र पौडेल, अमृत लम्साल प्रेम अधिकारी लगायत व्यवसायीहरूले सिकारुले चलाएका गाडी कन्डिसनमा नहुने हुँदा प्रशिक्षार्थीहरू फेल हुने गरेको गुनासो गरे । व्यवसायीहरूले भने, ‘कार्यालयले ट्रायलमा प्रयोग हुने सवारी यही राख्ने र कन्डिसनमा भए÷नभएको अनुगमन गरिदिनु प¥यो ।




