गण्डकी सेरोफेरो

गिरीको नेतृत्वमा टेवान

पोखरा, १२ पुसपर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को पाँचौं साधारणसभा एवं तेस्रो अधिवेशनले आगामी कार्यकालका लागि कमला गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा प्रभा सुवेदी, महासचिव अनिता खड्का भट्टराई, सचिव शोभा अधिकारी पौडेल र कोषाध्यक्षमा कमला गुरुङ छन् । समितिका सदस्यमा ईश्वरी पौडेल, शान्ता तिमल्सिना, सरिता बराल क्षेत्री, शारदा लम्साल, संगीता अधिकारी र पवित्रा थापा छन् । सदस्य ईश्वरी पौडेललाई समितिको कानुन तथा प्रचारप्रसारको संयोजकको… पुरा पढौ

पशु स्वास्थ्य तालिम तथा परामर्श सेवाको बाईसौं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः प्रधान

पोखरा, पुस ४पोखरामा प्रधान कार्यालय रहेको गैरसरकारी संस्था पशु स्वास्थ्य तालिम तथा परामर्श सेवाको २२ औं वार्षिक साधारण सभा तथा १० औं अधिवेशन सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन जिल्ला समन्वय समिति, कास्कीका उप–प्रमुख सरिता मालले गर्नुभएको थियो । समारोहमा प्रमुख अतिथि मालले हालसम्म संस्थाले पु¥याएको सेवा तथा सुविधाबाट धेरैभन्दा धेरै सेवाग्राहीहरू लाभान्वित भइसकेको भन्दै आगामी दिनमा यस संस्थाले यसलाई निरन्तरता दिँदै सेवाक्षेत्र विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले… पुरा पढौ

पोखराको अन्तर्राष्ट्रिय विमानस्थल उडानका लागि फिट

काठमाडौँ, १ पुसपोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानयोग्य भएको छ । विमानस्थलमा हालै गरिएको यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ को प्रतिवेदन सकारात्मक आएसँगै सो विमानस्थल अन्तर्राष्ट्रिय उडानयोग्य भएको हो । अब विमानस्थल सञ्चालनका लागि अन्तिम तयारीसमेत गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) प्रवक्ता जगन्नाथ निरौलाले यान्त्रिक परीक्षण उडानको प्रतिवेदन सकारात्मक आएको जानकारी दिए । उनले भने, ‘क्यालिब्रेसन फ्लाइटको प्रतिवेदन आइसकेको छ, प्रतिवेदनमा सबै कुरा राम्रो छ । प्रतिवेदनको… पुरा पढौ

तालिम लिँदै मिस तामाङका २० प्रतियोगी

मिस तामाङ पोखराको तालिम सुरु भएको छ । बैदाम तामाङ समाज पोखराले हरेक वर्ष पोखरामा आयोजना गर्नेे प्रतियोगिताको शनिबारबाट सहभागीलाई तालिम दिन थालिएको हो । २८५९ औं सोनाम ल्होसारको अवसरमा आयोजना गरिएको मिस तामाङ पोखराको यो सातौं संस्करण हो । तालिममा २० तामाङ समुदायका युवतीको सहभागिता रहेको कार्यक्रम संयोजक राम लामाले बताए । युवालाई आफ्नो मौलिक भाषा, भेषभूषा, संस्कार र संस्कृतिको बारेमा जानकारी गराई आफ्नो समुदायप्रति प्रेम जगाउनका लागि कार्यक्रमलाई… पुरा पढौ

उषालाई भूपी काव्य पुरस्कार

पोखरा, २६ मंसिर यस वर्षको भूपी काव्य पुरस्कार साहित्यकार उषा शेरचनलाई प्रदान गरिने भएको छ । कवि भूपी शेरचनको स्मृतिमा उनको परिवारबाट स्थापित र थकाली सेवा समिति पोखराद्वारा सञ्चालित यो पुरस्कारको राशि नगद ५० हजार, दोसल्ला र सम्मानपत्र छ ।पुरस्कार छनोट समितिको सोमबार बसेको बैठकले यस वर्षको पुरस्कार शेरचनलाई प्रदान गर्ने निर्णय गरेको समिति संयोजक अशोककुमार भट्टचनले जानकारी दिए । पुस १० गते ८९ औँ भूपी जयन्तीकोे अवसरमा पोखरामा हुने… पुरा पढौ

जनप्रिय क्याम्पस ३२ वर्षमा

पोखरा, २६ मंसिरगण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री माननीय विन्दुकुमार थापाले आफ्नै वडाको क्याम्पसमा सभासद् र सल्लाकार भएकाले छिटोभन्दा छिटो मानित विश्वविद्यालय भएको हेर्न आतुर रहेको बताएका छन् । जनप्रिय बहुमुखी क्याम्पसको ३१ औं वार्षिकोत्सवमा थापाले विश्वविद्यालयका लागि आवश्यक जग्गा, भौतिक पूर्वाधार, भवन निर्माणका लागि आफू र प्रदेशसभा प्रतिवद्ध रहेको जनाए । उनले २ पटकसम्म मुलकभरिकै उत्कृष्ट सामुदायिक क्याम्पस र गुणस्तर सुनिश्चितताको प्रमाणपत्र पाएको जनप्रिय क्याम्पसको गुणस्तरमा शंका… पुरा पढौ

भ्रम फैलाउँदै एमाले प्रदेश सदस्य

स्थिर समयमा अरु बेलाभन्दा बढी चलखेल हुन्छ भन्ने गरिन्छ । प्रचारप्रचार अवधि सकिएपछि नेकपा एमाले गण्डकी प्रदेश सदस्य दीपक आचार्यले यस्तै भ्रमपूर्ण चलखेल गरेका छन् । आचार्यले शनिबार बिहान नयाँपत्रिका, अनलाइन खबर र सेतोपार्टीका नक्कली समाचार बनाउँदै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । उनले कांग्रेसले माओवादीका उम्मेदवारलाई मत नदिन आन्तरिक सर्कुलर गरेको भन्ने फर्जी समाचार हालेका थिए । आचार्य हालैमात्र एमाले प्रवेश गरेका हुन् । जागौं नेपालका केन्द्रीय संयोजक, सूचनाको… पुरा पढौ

कास्की २ (१)का उम्मेदवारले कुटे वृद्ध मतदाता

कास्कीको क्षेत्र नं. २ (१) का उम्मेदवार चेतबहादुर महतले शनिबार ७४ वर्षीय वृद्धलाई कुटपिट गरेका छन् । हाम्रो नेपाली पार्टीका उम्म्देवार महतले पोखरा ३३ भरतपोखरीका कृषक खडानन्द अधिकारीलाई कुटपिट गरेका हुन् । शून्य समयमा मत माग्दै हिडेका महतलाई अधिकारीले बारम्बार पार्टी फेर्दै मत माग्न आउनुको कारण सोधेका थिए । अधिकारीले भनेका थिए, ‘चुनावपिच्छे पार्टी फेर्दै आउँछौं, हामी के गरौं ?’ अधिकारीले यति भनेपछि महतले हातपात गरेका थिए । घटनाबारे प्रहरीलाई… पुरा पढौ

मौन अवधि पालना नगरे २५ हजार जरिवाना

निर्वाचन आयोगले मौन अवधिका नियमको कडाइका साथ पालना गराउन निर्वाचन आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिएको छ। केन्द्रीय निर्वाचन आचारसंहिता अनुगमन समितिको बैठकले यस्तो निर्देशन दिएको प्रमुख निर्वाचन आयुक्त दिनेशप्रसाद थपलियाले बताए। निर्वाचन कसुर तथा सजाय ऐनले मतदानको दिनदेखि ४८ घण्टा अघिको समयलाई मौन अवधि तोकेको छ। यो समयमा पालना गर्नुपर्ने नियमकाबारे भनिएको छ, ‘कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको… पुरा पढौ

गठबन्धनलाई मत माग्छु, भोट हाल्छुः कुमार खड्का

कांग्रेस नेता एवं गण्डकी प्रदेशका हालै बर्खास्त भएका मन्त्री कुमार खड्काले पाँच दलीय गठबन्धनलाई मत माग्ने र भोट हाल्ने बताएका छन् । बिहीबार पत्रकार सम्मेलन गरी उनले आफू कांग्रेस कार्यकर्ता भएकाले कांग्रेसकै झन्डा ओढेर मर्ने सुनाए । उनले भने, ‘म मन्त्री पदबाट बर्खास्त भएको मिडियाबाट थाहा पाएँ तर मैले के अपराध गरेँ भन्ने अझै थाहा पाएको छैन।गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले खड्कालाई मंगलबार बर्खास्त गरेका थिए । खड्कामाथि सत्ता गठबन्धन… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं