गण्डकीमा बन्यो नयाँ सरकार

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनियताको सपथ लिएका छन् ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई पद तथा गोपनियताको सपथ गराएका हुन् । अधिकारीलाई उनको दल एमालेसहित माओवादी, राप्रपा र स्वतन्त्र गरी ३३ सांसदको समर्थन छ ,

माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान, एमाले सांसद सीता सुन्दास र राप्रपा सांसद पञ्चराम गुरुङसमेत मन्त्री बनेका छन् । उनीहरु सबै विना विभागीय मन्त्री हुन् ।