गण्डकी सेरोफेरो

अपांगलाई करणीमा १९ वर्ष सजाय तोकिएका अभियुक्त पक्राउ

पोखरामा जबरजस्ती करणी मुद्दाका फरार एक अभियुक्त पक्राउ परेका छन् । पोखरा २८ माझठानाका ७१ वर्षीय तारानाथ तिवारीलाई कास्की प्रहरीले शुक्रबार पक्राउ गरेको हो । उनलाई अदालतमा पेस गरी कैद भुक्तानीका लागि कास्की कारागार पठाइएको छ । तिवारी २०७६ मा अपांगता भएकी नावालिकालाई जबरजस्ती करणी आरोपमा पक्राउ परेका थिए । उन २०७७ असोज २७ गते जिल्ला अदालत कास्कीले सफाई दिएको थियो । उच्चले जिल्ला अदालतको फैसला उल्टाई गत बैशाख १४… पुरा पढौ

गण्डकीमा २५ गतेभित्र मुख्यमन्त्री छानिने, के के छन् विकल्प ?

गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले २५ गतेभित्र सरकार बनाउनका लागि दलहरुलाई आह्वान गरेका छन् । दुई वा दुई भन्दा बढी दलको समर्थनमा सरकार बनाउन उनले बिहीबार आह्वान गरेका हुन् । बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यले पुस २५ गते सोमबार ४ बजेभित्र दाबी पेश गर्नुपर्ने प्रदेश प्रमुख कार्यालयको विज्ञप्तिमा उल्लेख छ । केन्द्रमा गठबन्धन सरकारलाई समर्थन गरेको राप्रपा यहाँ निर्णायक छ । मुख्यमन्त्री, सभामुख, मन्त्री लगायतका पदमा दलहरुबीच घनिभूत… पुरा पढौ

पोखरा महोत्सवमा घोडसवारी पनि

पोखरा, १९ पुस११ औं पोखरा महोत्सवमा अवलोकनका लागि आउने दर्शकलाई घोडसवार गराइने भएको छ । युनाइटेड क्लबको आयोजनामा पुस २७ देखि माघको ९ गतेसम्म पोखराको अमरसिंह चौरमा हुने महोत्सव अवलोकनका लागि आउने दर्शकलाई घोडसवार गराइने भएको हो । घोडसवारको माध्यमबाट महोत्सवको अवलोकनसँगै अमरसिंह नजिक रहेको पर्यटकीय गन्तव्य पुग्न सकिने महोत्सव आयोजक संस्था युनाइटेड क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले जानकारी दिए । हरेक महोत्सवमा नयाँपन दिँदै आएको उनले बताए । पोखरा… पुरा पढौ

छोरेपाटन मावि ४५ वर्षमा

पोखरा १७ मा रहेको छोरेपाटन माध्यमिक विद्यालयको ४४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस आइतबार विविध सांस्कृतिक कार्यक्रमसहित सम्पन्न भयो । विद्यालय व्यवस्थापन समितिका पूर्व सचिव द्रोणराज अधिकारीले कार्यक्रम उद्घाटन गरेका थिए । सो अवसरमा राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेश कार्यलयका प्रमुख लक्ष्मण देवकोटा, पोखरा १७ का निवर्तमान वडाध्यक्ष तीर्थराज अधिकारी, गुप्तेश्वर वेदविज्ञान पाठशालाका प्राचार्य विजयराज आचार्य, पूर्वशिक्षक शंकर ज्ञवाली, अभिभावकहरुको तर्फबाट विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष श्रीराम सुवेदी, छोरेपाटन टोल… पुरा पढौ

सफल म्याराथनको तयारी सुरु

फागुन ६ गते आयोजना हुने १७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी सुरु भएको छ । नेपाली अग्रज खेलाडीको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले यो प्रतियोगिता आयोजना गर्दै आएको छ । मञ्चले मंगलबार पत्रकार सम्मेलन गरी म्याराथनको तयारी सुरु भएको जनाएको हो । मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले पहिलो पटक चिप्सको प्रयोग हुने जानकारी दिए । अध्यक्ष पराजुलीका अनुसार खुला म्याराथन र महिला हाफ म्याराथनतर्फ चिप्सको प्रयोग हुनेछ । उक्त… पुरा पढौ

५ दशकमा साकार भयो पोखरेलीको सपना (फोटो फिचर)

५ दशकमा साकार भयो पोखरेलीको सपना : जग्गा अधिग्रहण सुरु भएको ५ दशकपछि आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको छ । उद्घाटन समारोहका दृश्यहरु । तस्बिरः सुनिल पाण्डे/नेपालदुत पुरा पढौ

पोखराको विमानस्थल चल्यो, निजगढमा बनाउने घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण छिट्टै सुरु गर्ने बताएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज यहाँ उद्घाटन गर्दै उनले नेपाल जस्तो भूपरिवेष्ठित मुलुकको कनेक्टिभिटीका लागि हवाईमार्ग सबैभन्दा प्रभावकारी माध्यम भएको उल्लेख गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आवश्यक रहेको जनाए । “मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा आजदेखि पोखरामा विमानस्थल सञ्चालनमा आएको छ”, उनले भने, “यो विमानस्थल सञ्चालनमा आएसँगै पोखरासँग अन्तर्राष्ट्रिय क्षेत्रसँगको सम्बन्ध स्थापित भएको छ ।” प्रधानमन्त्री दाहालले… पुरा पढौ

ला-ग्राण्डीमा विद्यार्थी बिदाइ

पोखरा, १४ पुसपोखरा ८ सिमलचौर स्थित ला-ग्राण्डी इन्टरनेसनल कलेजमा २०१७ मा भर्ना भएका विद्यार्थीलाई बिदाइ गरिएको छ । ४ वर्षको अध्ययन पूरा गरेका उनीहरूलाई बिदाइ गरिएको कलेजले जनाएको छ । बिबिए, बिसिए र बिपिएच सातौं सेमिस्टर अध्ययनरत २०१८ मा भर्ना भएका विद्यार्थीले अघिल्लो ब्याचलाई बिदाइ गरेका हुन् । सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरी अध्ययन पूरा गरेका विद्यार्थीलाई बिदाइ गरिएको कलेजका प्राचार्य किरण केसीले बताए । कार्यक्रममा कलेजका संस्थापक देवराज चालिसेले अध्ययन… पुरा पढौ

गण्डकीका प्रदेशसभा सदस्यको शपथ

नवनिर्वाचित गण्डकी प्रदेशसभा सदस्यले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशसभा सदस्यहरूलाई ज्येष्ठ सदस्य मित्रलाल बस्यालले शपथ गराए । यसअघि गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बुधबार बस्याललाई शपथ गराएका थिए । शपथग्रहण समारोहमा सदस्यहरू निर्वाचन आयोगबाट निर्वाचित भएको प्रमाणपत्रसहित राष्ट्रिय एवं जातीय पहिचान झल्किने पोशाकमा उपस्थित थिए । साठी सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका २७, नेकपा (एमाले)का २२, नेकपा (माओवादी केन्द्र)का आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र नेकपा (एकीकृत… पुरा पढौ

नन्दलाल बने नगर पिता !

पोखरा, १२ पुसदोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा पोखरा वृद्धाश्रममा आश्रित १ सय ४ वर्षीय नन्दलाल दाहाललाई नगर पिता घोषणासहित सम्मान गरिएको छ । माछापुच्छ्रे गाउँपालिकाको लाहाचोकमा वस १९७५ मा जन्मिई पोखरा २१ मा मजदुरी गर्दै १४ वर्षअघि पोखरा वृद्धाश्रममा आएका दाहाललाई आश्रममा आयोजित एक समारोहका बीच सम्मान गरिएको हो ।पोखरा महानगर सामाजिक विकास महाशाखाको आयोजना एवं पोखरा २१ र वृद्धाश्रमको समन्वयमा भएको कार्यक्रममा उनलाई सामाजिक समिति संयोजक एवं पोखरा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं