पोखरा, १४ माघ
अलि मियाँ लोकवाङ्मय प्रतष्ठान पोखराको शुक्रबार भएको अधिवेशनले हनिफ मियाँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा हरिदेवी कोइराला, सचिव पदमराज ढकाल, कोषाध्यक्ष फडिन्द्र अकिञ्चन र
सहसचिव धर्मराज अल्पायु छन् ।
सदस्यमा लोकचन्द्र खनाल, पदमराज उदासी, सरिता गायक, कृष्णप्रसाद गौतम, समिउन निशा, किरण ओझा, रामबाबु गुरुङ र अम्बिका भण्डारी छन् । कृष्णप्रसाद बास्तोला, भीम रानाभाट र रामबहादुर कोइराला रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयनका लागि सहजीकरण गरेको थियो ।
सभामा पृथ्वीनारायण क्याम्पस नेपाली विभाग प्रमुख डा. कुसुमकार न्यौपानेले अहिले नेपाली भाषामाथि आक्रमण बढ्न थालेको उल्लेख गरे । उनले भाषा, संस्कृति, संस्कार जोगाउने अभियानमा सरकारी निकायहरु उदासिन भएको आरोप लगाए ।
प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँको अध्यक्षतामा भएको कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोला, हेमजा साहित्य प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद पौडेल, धर्मराज सावित्री थापा प्रतिष्ठानका अध्यक्ष मदन थापा, साहित्यकार ऋषिकेश बराल, गण्डकी साहित्य संगमका अध्यष भीम रानाभाट र लक्ष्मण वियोगी, प्रतिष्ठानका सचिव पद्यराज ढकाल, सहसचिव धर्मराज पौडेल अल्पायु लगायतले बोलेका थिए ।




