ताजा समाचार

गण्डकी सेरोफेरो

पत्रकार रिहाइ माग गर्दै नेपाल पत्रकार महासंघद्वारा बिज्ञप्ति जारी

प्रहरीद्वारा पक्राउ परेका जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य एवम् जनसंचार डटकमका संचालक तथा सम्पादक ओम हमालको गिरफ्तारी बिषयलाई लिएर नेपाल पत्रकार महासंघ शाखा काँस्कीले बिज्ञप्ति मार्फत खेद प्रकट गरेको छ । कास्की प्रहरीद्वारा शिशुवाबाट शुक्रबार गिरफ्तारगरिएका हमाललाई नेपाल पत्रकार महासंघले निशर्त रिहाई गर्न माग समेत गरेको छ । पत्रकार हमाल नेपाल पत्रकार महासंघ काँस्कीको साधारण सदस्य समेत रहेको संघले जनाएको छ । हमाल नेत्रबिक्रम चन्द विप्लब नेतृत्वको नेकपा निकट जनपत्रकार… पुरा पढौ

मुख्यमन्त्री गुरुङ बेलायत प्रस्थान

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान गरेका छन्। बेलायतमा तमु धिं युकेको आयोजनामा हुने नेपाली मेलामा सहभागी हुन् मुख्यमन्त्री गुरुङ श्रीमतीसँग शुक्रबार त्यसतर्फ प्रस्थान गरेका हुन्। ‘हाम्रो संस्कृति हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने नारासहित आगामी आइतबारदेखि शुरु हुने नेपाली मेलामा मुख्यमन्त्री गुरुङ प्रमुख अतिथिका रुपमा त्यसतर्फ गएका हुन । गुरुङका स्वकीय सचिव सूर्यप्रसाद गुरुङका अनुसार मेलामा मुख्यमन्त्री गुरुङ प्रमुख अतिथि हुनेछन्। बेलायत बसाइको क्रममा मुख्यमन्त्री गुरुङले एनआरएन बेलायतसहित विभिन्न नेपाली… पुरा पढौ

बार्नेट शहरका उपमेयर गुरुङको स्वागत

भूतपूर्व खेलाडी मञ्च नेपालले बेलायतस्थित बोरो अफ बार्नेट शहरका उपमेयर लक्ष्यबहादुर गुरुङलाई स्वागत गरेको छ । कास्की ताङतिङ पुख्र्यौली घर भएका उपमेयर गुरुङ भ्रमणको शिलसिलामा पोखरा आएको बेला मञ्चले स्वागत गरेको हो । उक्त अवसरमा उपमेयर गुरुङले पोखरा र लण्डनस्थित आफ्नो बार्नेट शहरका विच भगिनी सम्बन्ध विकासका लागि आफ्नो तर्फबाट पहल गर्ने बताए । उनले भने, ‘मैले भगिनी सम्बन्ध बढाउन आफ्नो तर्फबाट केही पहल थालेको थिएँ । केही कारणले रोकिएको… पुरा पढौ

स्कुलबाट फर्किएकी बालिकाको सडक किनारको भेलले बगाएर मृत्यु

बागलुङको बडिगाड गाउँपालिकामा अविरल वर्षासँगै आएको भेलले बगाउँदा आइतबार साँझ बालिकाको मृत्यु भएको छ । बडिगाड गाउँपालिका ७ थाम्काकी बुद्धिबहादुर परियारकी ८ वर्षीया छोरी शर्मिला परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बडिगाडस्थित डाँफेपातल आधारभूत विद्यालयबाट अध्ययन गरी फर्कने क्रममा शर्मिलालाई भेलले बगाएको स्थानीयले बताएका छन् । विद्यालयबाट फर्कने क्रममा मोटरबाटोमा हिँडिरहेकी बालिकालाई ठूलो पानी परेसँगै सडक निकारामा आएको भेलले बगाएर झण्डै ५ सय मिटर तल पु¥याएको… पुरा पढौ

सुनको मूर्ति भन्दै ठगी गर्ने, तीनजना पक्राउ

पोखरामा सुनको मूर्ती भनी लाखौँ ठगी गर्दै आएका तीनजनालाई कास्की प्रहरीले पक्राउ गरेको छ। दोलखा जिल्ला घर भई काठमाडौं–९ बस्दै आएका ५२ वर्षीय नवराज पाण्डे भनिने रामराज सिवाकोटीले बोकेको झोलामा खोजतलास गर्दा झोलाभित्र राखिएको सुनको जस्तो देखिने पहेलो धातुको बुद्धको मूर्ति फेला पारी तीन जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख दानबहादुर कार्कीले बताएका छन् । सिवाकोटीसहित गोरखा जिल्ला घर भई पोखरा–८ बस्दै आएका ३३ वर्षीय रमेश श्रेष्ठ भनिने… पुरा पढौ

१ सय १ वर्षीया धनमाया सम्मानित

पोखरा महानगरपालिका वडा नंं १९, चितेपानी निवासी १ सय १ वर्षीया धनमाया गौतम सम्मानित भएकी छन् । ज्येष्ठ नागरिक सरोकार समाज नेपाल पोखराले उनलाई उनकै निवासमा पुगेर सम्मान गरेको हो । उनलाई संस्थाका अध्यक्ष भक्तराज श्रेष्ठले दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए । १ सय १ वर्ष पार गरेका ज्येष्ठ नागरिकलाई घरमै पुगेर सम्मान गर्ने उद्देश्य अनुरुप समाजले उनलाई सम्मान गरेको अध्यक्ष भक्तराज श्रेष्ठले जानकारी दिए ।उक्त अवसरमा सम्मानित व्यक्तित्व… पुरा पढौ

युवा वैज्ञानिक भवीन्द्र कुँवरलाई अर्को सफलता

भौतिक विज्ञानमा स्थापित विभिन्न मान्यताहरूको अपूर्णताका विषयमा विभिन्न खोज तथा अनुसन्धान गर्दै आएका युवा वैज्ञानिक भवीन्द्र कँुवरले हालै विज्ञानको अर्को जटिल समस्याको समाधान गरेका छन् । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटमा जन्मेका कुँवरले दुर्यान्तर, प्रदुर्यान्तर र सुव्रत समीकरणको प्रयोगबाट पिण्डको चालमा हुने सबैखाले उतारचढावको सही मापन गर्न सकिने सुव्रत समीकरण पहिल्याएका हुन् । काठमाडौँ रिसर्च एण्ड पब्लिकेसन्समा गरिएको पछिल्लो परीक्षणबाट ती भौतिक शास्त्रीय परिमाणले सुक्ष्मदेखि स्थूल तहका सबै… पुरा पढौ

लापसे नियन्त्रणमा आमाहरु पनि संगै, के हो लापसे ?

जिल्ला प्रहरी कार्यालयले दुर्व्यसनीविरुद्ध ‘आमासँग प्रहरी कार्यक्रम’ शुरु गरेको छ । समुदाय–प्रहरी साझेदारीअन्तर्गत सञ्चालन हुने कार्यक्रमको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले मंगलबार शुभारम्भ गरे । सो अवसरमा प्रजिअ क्षेत्रीले सभ्य, सुसंस्कृत र उन्नत समाज निर्माणका लागि कार्यक्रमले सघाउने विश्वास व्यक्त गरे । उनले लागुऔषध दुर्व्यसनी विरुद्ध सबै एकजुट हुनपर्ने धारणा राखे । लागुऔषध दुर्व्यसनी रहित जिल्ला बनाउने उद्देश्यले कार्यक्रम शुरु गरिएको जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले बताए ।… पुरा पढौ

छाब्दीबाराहीको २ प्रकारको गुरुयोजना तयार

तनहूँको व्यास व्यास नगरपालिका वडा नं. १४ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल छाब्दीबाराही मन्दिरको गुरुयोजना तयार भएको छ । छाब्दीबाराही मन्दिरलाई धार्मिक पर्यटनको केन्द्रविन्दु बनाउने उद्देश्यसहित गुरुयोजना तयार गरिएको हो । छाब्दीबाराही मन्दिरको संरक्षण, वातावरणमैत्री भौतिक पूर्वाधार विकास, धार्मिक तथा ग्रामीण कृषि पर्यटन विकास एवं प्रवर्द्धन गर्ने उद्देश्यसहित मन्दिरको गुरुयोजना निर्माण गरिएको छाब्दीबाराही विकास कोषका अध्यक्ष थानबहादुर थापाले जानकारी दिए । थापाका अनुसार गुरुयोजनामा धार्मिक तथा सांस्कृतिक सम्पदा, भौतिक अवस्था र… पुरा पढौ

ओशो अमृत ध्यान केन्द्रको कपडा बैंक सञ्चालन

ओशो अमृत ध्यान केन्द्र बागलुङले कपडा बैंक सञ्चालनमा ल्याएको छ । कपडा बैंक शुभारम्भकै दिन १ सय जनाले सेवा लिएको बताइन्छ । आवश्यक नभएका र अरू कसैलाई आवश्यक रहेका सामानहरूलाई प्रयोगमा ल्याउन कपडा बैंक शुभारम्भ गरिएको केन्द्रले जनाएको छ । लट्टाकपडा, जुत्ता, घरायसी सामान तथा भाँडाकुडा, ईलेक्ट्रोनिक्स सामानहरू कपडा बैंकमा रहनेछ । केन्द्रले जो कसैको घरमा रहेका तर काममा नआएका पुरानो तर पुनः प्रयोगमा ल्याउन सकिने सामानहरू कपडा बैंकमा राखिने… पुरा पढौ