गण्डकी सेरोफेरो

युवा संघ उपमहासचिव गुरुङ हिरासतमा

सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी आरोपमा फरार शिवबहादुर गुरुङ (महेन्द्र भोटे) अहिले कास्की प्रहरीको हिरासतमा छन् । मङ्गलबार जिल्ला अदालत कास्कीमा उपस्थिति भएका उनी थुनछेक बहस नसकिएपछि कास्की प्रहरीको हिरासतमा पुगेका हुन् । राष्ट्रिय युवा सङ्घ नेपालका केन्द्रीय उपमहासचिवसमेत रहेका गुरुङ सूर्यदर्शन सहकारी सञ्चालक समितिका पूर्व सदस्य हुन् । गुरुङ सूर्यदर्शनकै आइटी प्रमुख भविश्वर अर्यालसहित मङ्गलबार दिउँसो कास्की जिल्ला अदालतमा उपस्थित भएका थिए । उनी गएको स्थानीय निर्वाचनमा पालिका… पुरा पढौ

घूस लिने पूर्व सहकारी रजिष्ट्रार थुनामा

पूर्व रजिष्ट्रार उदयबहादुर पराजुलीसहित चार जना पुर्पक्षाका लागि कारागार चलान भएका छन् । कास्की जिल्ला अदालतका न्यायाधीश ऋषिराम आचार्यको इजलासले उनीहरुलाई पुर्पक्षका लागि कारागार पठाएको हो । थुनामा जानेमा सहकारीका सञ्चालक गोपाल खनाल, बुद्धिसागर पौडेल र राजु बरालसमेत छन् । कास्कीको मित्रमिलन सहकारीको कार्यक्षेत्र थप गर्न रकम लिएको आरोपमा प्रहरीले सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिष्ट्रार पराजुलीलाई पुस ११ गते पक्राउ गरेको थियो । उनले कार्यक्षेत्र थप गर्न भनी एक… पुरा पढौ

टाइगर कप माघ १ बाट, विजेतालाई साढे ५ लाख

चौंथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी माघ १ गतेबाट हुने भएको छ । प्रतियोगिताको महिला र पुरुष दुवै विधामा समान छ टिमको सहभागिता रहने पक्का भएको छ । दुवै विधाका विजेताले समान पुरस्कार पाउने छन् । आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण शर्माले प्रतियोगिताका प्रथम, द्धितीय र तृतीयले क्रमशः पाँच लाख पचपन्न हजार पाँच सय पचपन्न, दुई लाख… पुरा पढौ

फुटवयर जोनले शुरू गर्याे जुत्ता ‘एक्सचेन्ज अफर’

पोखरा, ५ पुस। नेपालका बिभिन्न जुत्ता तथा चप्पल उत्पादक कम्पनीहरुले पोखराको सिद्धार्थचोकमा संयुक्त आउटलेट शोरुम सञ्चालनमा ल्याएका छन् । हालै सञ्चालनमा आएको ‘फुटवयर जोन’ सिद्धार्थचोकमा कम्पनीहरुले ‘फुटवयर जोन एक्स्चेन्ज अफर’ समेत सार्वजनिक गरेका छन् । पुस २ गतेदेखि लागु भएको यो अफर पोखराको लागि अत्यन्त नयाँ रहेको सञ्चालक रामकृष्ण प्रसाईंले बताएका छन । अफर अन्तर्गत कुनैपनि लेडिज जुत्ता चप्पल १ हजारसम्मको किनमेल गर्दा १० प्रतिशत छुट प्रदान हुनेछ । कुनैपनि… पुरा पढौ

जनप्रियलाई ४० रोपनी जग्गा उपलब्ध गराउँछु ः मन्त्री थापा

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापाले ४ हजार विद्यार्थी अध्ययन गर्ने जनप्रिय क्याम्पसलाई ४० रोपनी जग्गा उपलब्ध गराउन प्रतिवद्ध भएको बताए । जनप्रिय बहुमुखी क्याम्पसको ३२ औं वार्षिकोत्सवका अवसरमा प्रमुख आमन्त्रित थापाले मानित विश्वविद्यालयका लागि आवश्यक जग्गा, भौतिक पूर्वाधार, भवन निर्माणका लागि आफू र प्रदेश सरकार प्रतिवद्ध रहेको जनाए । थापाले दुईपटकसम्म मुलकभरिकै उत्कृष्ट सामुदायिक क्याम्पस र गुणस्तर सुनिश्चितताको प्रमाणपत्र पाएको जनप्रिय क्याम्पसको गुणस्तरले खुशी लागेको… पुरा पढौ

ठगी मुद्दामा वडा सदस्यसहित ४ पक्राउ

लेकसाइडको फुटट्रायकमा ठगी आरोपमा वडा सदस्यसहित ४ जना पक्राउ परेका छन् । पोखरा लेकसाइड स्थित फुटट्रायकमा फोटोग्राफीगरे बापत मिलन पहारी समेतले धम्काई प्रतिव्यक्ति १३ हजार ५ सय लिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा पोखरा ६ का वडा सदस्य दीपेन्द्र पहारी पनि छन् । उनी नेकपा एमालेबाट निर्वाचित भएका हुन् । १५ जनाको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले ती ४ जनालाई… पुरा पढौ

सुरु भयो पर्वतीय पर्यटन महोत्सव

आठौं संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव पोखरामा सुरु भएको छ । नेपाल पर्वतारोहण संघले अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा आयोजना गरेको महोत्सव शुक्रबार अर्थमन्त्री प्रकाशशरण महतले सुरुआत गरे । उनले जलवायु परिवर्तनमा योगदान नभए पनि नेपालले प्रत्यक्ष असर भोगिरहेको सुनाए । हिमाली क्षेत्रमा जलवायु परिवर्तनले गरेको असर भारत हुँदै बंगलादेशसम्म फैलने निश्चित रहेको जनाए । ‘जुन खालको जलावायु परिवर्तनको असर हाम्रा हिमालमा देखिन थालेको छ । त्यसको प्रभाव यहाँको जनजीवनमा मात्रै परेको… पुरा पढौ

वडाध्यक्षसहित ३० लाई पक्राउ पुर्जी, उजुरी दिन बचतकर्तालाई सूचना

मित्रमिलन सहकारीका सञ्चालक समिति, लेखा समितिका पदाधिकारीसहित केही व्यक्तिले ठूलो रकम हिनमिना गरेको पुष्टि हुँदै गएको छ । सहकारीमा निक्षेपकर्ताको बचत रकम फिर्ता गर्न नसकेको, रकम अपचलन गरेको र सहकारी नै बन्द हुने अवस्था आएपछि प्रहरीले अहिले सहकारीबारे अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा पोखरा महानगरपालिका वडा नं २१ का वडाध्यक्ष दीपक सुवेदीसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी भएको छ । सहकारीका उपाध्यक्ष विजय लम्साल, पूर्व लेखा समिति सदस्य तथा ताण्डव… पुरा पढौ

ट्याक्सी दुर्घटना दुई जनाको मृत्यु

बागलुङको ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिकातर्फ जाँदै गरेको ध१ज ९९४ नम्बरको ट्याक्सी गए राति मध्यपहाडी लोकमार्गमा पर्ने ढोरपाटन–२ मलकटिबाङमा दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्सीमा सवार बागलुङको ढोरपाटन नगरपालिका–२ पाखुटेका २८ वर्षीय होमबहादुर पुन र बडिगाड–६ छिसफाँटका ३२ वर्षीय अस्विन परियारको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।  पुरा पढौ

पोखराका मुख्य चोकमा ट्राफिक लाइट

देशकै ठूलो महानगर पोखराका मुख्य चोकमा यही वर्षभित्र ट्राफिक लाइट बल्ने भएका छन् । मुख्य चोकमा हाइमास्ट लाइट र बजार क्षेत्रमा स्मार्ट लाइटपछि महानगरमा झन्डै दुई दशकपछि ट्राफिक लाइट बल्न लागेका हुन् । सडक विभागको सडक सुरक्षा तथा ट्राफिक शाखाले पोखराका ५ चोकमा ट्राफिक जडान गरेको छ । शाखाकी इन्जिनियर सिना अवाल जडानको काम करिब सकिएको र मंसिरभित्रै ट्राफिक लाइट बल्ने बताउँछिन् । विभागले पृथ्वीचोक, सभागृहचोक, सिर्जनाचोक, जिरो किमी र… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं