गण्डकीसहित ३ प्रदेशका प्रदेश प्रमुख बर्खास्त

सरकारले गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख पदमुक्त गरेको छ । गण्डकीमा डिल्लीराज भट्ट प्रदेश प्रमुख बनेका छन् ।

सरकारले गण्डकीका पृथ्वीमान सिंह गुरुङ, मधेशमा हरिशंकर मिश्र र सुदूरपश्चिममा देवराज जोशीलाई हटाएको हो ।

ती प्रदेशमा नयाँ प्रदेश प्रमुख पनि सिफारिस गरेको छ । मधेशमा सुमित्रा भण्डारी, र सुदूरपश्चिममा नजिर मियाँ प्रदेश प्रमुख सिफारिस भएका छन् । नयाँ सबै प्रदेश प्रमुख एमाले निकट हुन् ।