गण्डकी सेरोफेरो

सुरु भयो पर्वतीय पर्यटन महोत्सव

आठौं संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव पोखरामा सुरु भएको छ । नेपाल पर्वतारोहण संघले अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा आयोजना गरेको महोत्सव शुक्रबार अर्थमन्त्री प्रकाशशरण महतले सुरुआत गरे । उनले जलवायु परिवर्तनमा योगदान नभए पनि नेपालले प्रत्यक्ष असर भोगिरहेको सुनाए । हिमाली क्षेत्रमा जलवायु परिवर्तनले गरेको असर भारत हुँदै बंगलादेशसम्म फैलने निश्चित रहेको जनाए । ‘जुन खालको जलावायु परिवर्तनको असर हाम्रा हिमालमा देखिन थालेको छ । त्यसको प्रभाव यहाँको जनजीवनमा मात्रै परेको… पुरा पढौ

वडाध्यक्षसहित ३० लाई पक्राउ पुर्जी, उजुरी दिन बचतकर्तालाई सूचना

मित्रमिलन सहकारीका सञ्चालक समिति, लेखा समितिका पदाधिकारीसहित केही व्यक्तिले ठूलो रकम हिनमिना गरेको पुष्टि हुँदै गएको छ । सहकारीमा निक्षेपकर्ताको बचत रकम फिर्ता गर्न नसकेको, रकम अपचलन गरेको र सहकारी नै बन्द हुने अवस्था आएपछि प्रहरीले अहिले सहकारीबारे अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा पोखरा महानगरपालिका वडा नं २१ का वडाध्यक्ष दीपक सुवेदीसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी भएको छ । सहकारीका उपाध्यक्ष विजय लम्साल, पूर्व लेखा समिति सदस्य तथा ताण्डव… पुरा पढौ

ट्याक्सी दुर्घटना दुई जनाको मृत्यु

बागलुङको ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिकातर्फ जाँदै गरेको ध१ज ९९४ नम्बरको ट्याक्सी गए राति मध्यपहाडी लोकमार्गमा पर्ने ढोरपाटन–२ मलकटिबाङमा दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्सीमा सवार बागलुङको ढोरपाटन नगरपालिका–२ पाखुटेका २८ वर्षीय होमबहादुर पुन र बडिगाड–६ छिसफाँटका ३२ वर्षीय अस्विन परियारको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।  पुरा पढौ

पोखराका मुख्य चोकमा ट्राफिक लाइट

देशकै ठूलो महानगर पोखराका मुख्य चोकमा यही वर्षभित्र ट्राफिक लाइट बल्ने भएका छन् । मुख्य चोकमा हाइमास्ट लाइट र बजार क्षेत्रमा स्मार्ट लाइटपछि महानगरमा झन्डै दुई दशकपछि ट्राफिक लाइट बल्न लागेका हुन् । सडक विभागको सडक सुरक्षा तथा ट्राफिक शाखाले पोखराका ५ चोकमा ट्राफिक जडान गरेको छ । शाखाकी इन्जिनियर सिना अवाल जडानको काम करिब सकिएको र मंसिरभित्रै ट्राफिक लाइट बल्ने बताउँछिन् । विभागले पृथ्वीचोक, सभागृहचोक, सिर्जनाचोक, जिरो किमी र… पुरा पढौ

राहुल महरालाई थुनामा पठाउन आदेश

भेपमा सुन तस्करी प्रकरणमा राहुल महरालाई थुनामा पठाउन काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ। शुक्रबार अदालतले महरालाई थुनामा पठाउन आदेश दिएको हो । जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराका छोरा राहुल भन्ने रेशम महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । न्यायाधीश दण्डपाणी शर्माको इजलासले मुद्दाको पुर्पक्षका लागि राहुललाई थुनामा राख्न आदेश दिएको हो । राहुलसँगै मुद्दा चलाइएका लोकेन्द्र पौडेलसँग भने ५… पुरा पढौ

पोखरा फुटवेयर बिजनेस सेन्टरमा ‘दशैं जुत्ता चप्पल मेला’ सुरु 

पोखरा । पोखरामा जुत्ता चप्पलहरुको संयुक्त शोरुम सञ्चालन गर्दै आएको पोखरा फुटवेयर बिजनेस सेन्टरमा दसैं तिहार लक्षित ‘दशैं जुत्ता चप्पल मेला’ सुरु भएको छ । बिजनेस सेन्टरको सृजनाचोक शोरुम र सिद्धार्थचोक शोरुम दुवै ठाउँमा मेला अन्तर्गतको छुट अफर लागू भएको सञ्चालक सबिन कार्कीले जानकारी दिए । मेलाको अवसरमा जुत्ता चप्पल खरिद गर्दा १५ देखि ६० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने जनाइएको छ । चाडपर्वको अवसरमा उपभोक्तालाई राहत होस् भन्ने उद्देश्यले… पुरा पढौ

पर्वतीय संग्रहालयमा पर्यटन दिवस

पोखरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा अबदेखि फरक फरक भूगोलका एकै प्रकारको हिमाली जनजीवन चिनाउने गरी अस्ट्रियन आमाछोरीले लामो समय लगाएर खिचेको फोेटो प्रदर्शनी हुने भएको छ । सन् १९१७ मा अस्ट्रियामा जन्मिएकी भूगर्भविद् एवं फोटोग्राफर डा इरिका हुबाचेक र उनकी छोरी इर्मट्रड हुबाचेकले विभिन्न देशका हिमाली क्षेत्रका किसानको जनजीवन कैद गरिएका फोटो प्रदर्शन सुरु भएको हो । पर्यटन दिवसको अवसरमा संग्रालयमा इसिमोड नामक संस्थासँगको सहकार्यमा विभिन्न देशका हिमाली जनजीवन एकापसमा… पुरा पढौ

कास्कीका सबै अस्पतालमा इमर्जेन्सी बाहेकका सेवा बन्द

मणिपाल शिक्षण अस्पतालमा सोमबार भएको घटनापछि मङ्गलबारबाट कास्कीका सबै अस्पतालले आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन् । मणिपालमा एक बिरामीको उपचारका क्रममा निधन भएपछि बिरामीका आफन्तले अस्पताल तोडफोड र चिकित्सकमाथि हातपात गरेका थिए । सँगसँगै शिक्षण अस्पतालमा रहेका इन्टर्न चिकित्सकसमेत झडपमा उत्रिएपछि सोमबार रातिसम्म स्थिति तनावगस्त रह्यो । मणिपालका निर्देशक कृष्णमोहन श्रेष्ठले आफूहरु वार्ताकै माध्यमबाट तनाव साम्य गर्न लागिपरेको जनाए । नेपाल चिकित्सक संघ गण्डकीका कार्यवाहक अध्यक्ष डा सुनील… पुरा पढौ

पर्यटन दिवसमा लेकसाइडमा महोत्सव

यसपालिको विश्व पर्यटन दिवस सेप्टेम्बर २७ अर्थात् आगामी बुधबार बनाइँदै छ । दिवसको अवसरमा पोखरामा मिनी सडक महोत्सव हुने भएको छ । पोखरा पर्यटन परिषद्ले आइतबार पत्रकार सम्मेलन गरी महोत्सवसहित विविध कार्यक्रम गरी दिवस मनाउन लागिएको जनाएको हो । गण्डकीको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवद्र्धन र पोखरा पर्यटन परिषद्को आयोजनामा ४४ औं विश्व पर्यटन दिवस मनाउने तय भएको छ । रेवान पोखराले… पुरा पढौ

पोखरामा अन्तर्राष्ट्रिय उडान र कोरला खुल्ने आश

भदौ १५ गते पोखरामा भएको सन्देशसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरला नाका छिट्टै खुलाउन प्रयास गर्ने बताएका थिए । सँगसँगै पोखरा क्षेत्री अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट नियमित उडानबारे पनि केही न केही निर्णय हुने उनको आश्वासन थियो । प्रधानमन्त्री दाहालको चीन भ्रमणमा शनिबार पुगेका छन् । प्रधानमन्त्रीलाई पोखराका पोखराका उद्यमी, व्यवसायीले भ्रमणमा समेटिनुपर्ने एजेन्डा सुझाएका थिए । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान र कोराला… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं