गण्डकी सेरोफेरो

विकास र नीति निर्माण दुवैतिर लाग्छुः विद्या

पोखरा, १९ कात्तिकनेकपा एमाले केन्द्रीय सदस्य एवं कास्की निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले मुलुक र जनताप्रति जिम्मेवार भएर काम गर्ने बताएकी छन् । साबिक कृस्ती गाविसबाट पोखरा १७ मा बसोबास गर्ने मतदातासँग शनिबार भएको उम्मेदवार परिचय एवं अन्तक्रियामा उनले त्यस क्षेत्रको विकास निर्माणमा निरन्तर लाग्ने प्रतिवद्धता जनाइन् । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण समयमा सम्पन्न हुन सकेको फुस्रेखोला, रामदी, मट्टीखान, नुवाकोट सडक निर्माणले निरन्तरता… पुरा पढौ

महानगरै बनाउँछु, महा नगर हुन दिन्नः विश्वप्रकाश

विश्वप्रकाश लामिछानेले पृथ्वीचोकदेखि चाउथेसम्म पृथ्वीराजमार्ग चक्ल्याउने अभियानको नेतृत्व गरे । उनकै नेतृत्वमा फेवातालको अतिक्रमित जग्गाबारे छानबिन भयो । त्यही समितिले दिएको प्रतिवेदनका आधारमा सर्वाेच्च अदालतले तालको मापदण्ड तोक्न, संरक्षण गर्न ऐतिहासिक फैसला ग¥यो । तिनै विश्वप्रकाश अहिले प्रदेशसभा सदस्य उम्मेदवार छन् । कास्की २ (१) मा सत्ता गठबन्धनका साझा उम्मेदवार विश्वप्रकाश शनिबार पोखरा ३३ का विभिन्न टोलमा मत माग्दै छन् । विश्वप्रकाशले आफू चुनावी अभियानमात्र नभएर समृद्धिको साधक बन्न आएको… पुरा पढौ

अहिले प्रतिवद्धता, जितपछि कामः प्रकाश

नेपाली कांग्रेसका नेता एवं कास्की क्षेत्र नं. ३ (२) का उम्मेद्वार प्रकाश बरालले आफ्ना प्रतिवद्धता पाँच वर्षमा पूरा गरेरै छाड्ने बताएका छन् । संयुक्त गठबन्धन निर्वाचन परिचालन समिति पोखरा ५ द्वारा आयोजित संयुक्त चुनावी भेलामा बरालले यस्तो प्रतिवद्धता जनाएका हुन् । उनले आफ्नो ध्यान सुशासनसहितको विकासमा केन्द्रित हुने भन्दै पोखरा ५ लाई कृषि पर्यटनसँग जोड्का लागि प्रयास गर्ने स्पष्ट पारे । पोखरा ५ कृषिका लागि उर्वर भूमि भएकाले कृषि पकेट… पुरा पढौ

सक्ने वाचा गर्छाै, जितेपछि पूरा गर्छाैंः विश्वप्रकाश

पोखरा, १७ कात्तिकनेकपा माओवादी केन्द्रका नेता एवं गठबन्धनको तर्फबाट कास्की २(१) का उम्मेदवार विश्वप्रकाश लामिछानेले आफूहरुका प्रतिवद्धता चुनावी एजेन्डामात्र नभएको दाबी गरेका छन् । उनले विगतमा आफूले गरेका कामको फेहरिस्त पेश गर्दै सक्नेमात्र प्रतिवद्धता गर्ने र जित भएमा ती प्रतिवद्धता पूरा गर्ने जनाए । लामिछानेले भने, ‘जे बोलिन्छ, प्रतिवद्धता जनाइन्छ, त्यो पूरा गर्छाैं । २१ औं शताब्दीका जनतालाई झुक्याएर जनमत आफ्नो पक्षमा पार्न खोज्नेलाई जनताले चिन्नुभएको छ ।’ पोखरा ३३… पुरा पढौ

देशमै रोजगारी, चाडै समृद्धिः विश्वप्रकाश

कास्की २ (१)मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार विश्वप्रकाश लामिछानेले गरिबका छोराछोरी अब रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता हटाइने बताएका छन् । पोखरा १७ को बाराही टोलमा गठबन्धनको सम्पर्क कार्यालयमा भएको कार्यक्रमा लामिछानेले गठबन्धनको जित भएपछि रोजगारीमा नयाँ नयाँ सम्भावना खोजिने उल्लेख गरे । निशुल्क स्वास्थ्य, शिक्षा र रोजगारीको अवसर अहिलेका मुख्य एजेन्डा भएको उनको भनाइ छ । माओवादीको सरकारले नै गरिब र सुकुम्बासीको समस्या हल गरेको तर्क गर्दै उनले… पुरा पढौ

एमालेलाई भोट माग्दै महानगरका लेखा अधिकृत छवि

पोखरा महानगरमा कार्यरत एक कर्मचारीले सामाजिक सञ्जालबाट एमालेलाई भोट मागेका छन् । महानगरको लेखा शाखामा कार्यरत छवि शर्मा तिमिल्सिनाले फेसबुकमार्फत् कास्की २ की एमाले उम्मेदवार विद्या भट्टराई अधिकारीलाई भोट मागेका हुन् । प्रदेश निर्वाचन कार्यालयका प्रमुख होमनाथ पराजुलीले कर्मचारीले यसरी मत माग्न नमिल्ने बताए । उनले भने, ‘ यस्तो गर्न मिल्दैन, कारवाही स्पष्टिकरणबाट सुरु हुन्छ, विभागीय कारवाही पनि हुन सक्छ ।’ तिमिल्सिना एमालेबाट कृष्ण थापा मेयर हुँदा नियुक्त भएका हुन्… पुरा पढौ

बाम र लोकतान्त्रिक शक्ति मिलेरमात्र समृद्धि सम्भव छ: विश्वप्रकाश

मंसिर ४ मा हुने आमनिर्वाचनको रौनक देशैभरी छ । उम्मेदवार, पार्टी नेता, कार्यकर्तादेखि स्वतन्त्र उम्मेदवार, शुभेच्छुक र आम नेपालीलाई नै चुनाव लागेको छ । कास्की २ (१) मा सत्ता गठबन्धनमा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बनेका छन् विश्वप्रकाश लामिछाने । पोखरा उपत्यका नगर विकास समितिको अध्यक्ष र फेवातालको जग्गा छानबिन समितिको संयोजक हुँदा ऐतिहासिक तवरले काम गरेका लामिछाने प्रदेशसभा सदस्य निर्वाचित भएमा पनि त्यसै गरी भूमिका निर्वाह गर्ने प्रण गर्छन् ।… पुरा पढौ

५ वर्षमा जनताको जीवन बदल्छौंः लामिछाने

कास्की निर्वाचन क्षेत्र नं २ ‘१’ मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार विश्वप्रकाश लामिछानेले जनताको घर घरमा परिर्वतन ल्याउने गरी काम गर्ने प्रतिवद्धता जनाएका छन् । पोखरा ७ को ड्यामसाईडमा कास्की २ को प्रदेश सभा र प्रतिनिधि सभाको चुनावी क्षेत्रीय कार्यालय उद्घाटन कार्यक्रममा उनले अबको ५ वर्षमा जनताको जीवनशैलीमा परिवर्तन गर्ने गरी काम गर्ने अठोट गरे । लामिछानेले भ्रष्टचार नगर्ने र गर्न पनि नदिने वाचा गर्दै आफ्नो प्राथमिकतामा सुशासन रहेको… पुरा पढौ

जनताको निराशा हटाएर उत्साह ल्याउँछुः थापा

पोखरा, १३ कात्तिककास्की क्षेत्र नं.२ (२) बाट प्रदेश सभा सदस्यका रुपमा उम्मेदवारी दिएका विन्दुकुमार थापाले जनताको मतको कदर गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् । गण्डकी प्रदेश सरकारका बाहलवाला कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्र समेत रहेका थापाले अबको आफ्नो बाटो भनेकै विकास र समृद्धिको भएको उल्लेख गरे । ‘तपाईहरुको मतको कदर गर्नेछु । खेर जान अवश्य दिने छैन । २०७४ सालको निर्वाचनमा जसरी यहाँहरुले विश्वास गर्नुभयो । आशा… पुरा पढौ

पर्यटन र कृषिबाटै समृद्धि सम्भव छ : विश्वप्रकाश

नेकपा माओवादी केन्द्रका नेता एवं कास्की २ (१) मा गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार विश्वप्रकाश लामिछानेले कृषि र पर्यटनका माध्यमबाट पोखरालाई समृद्ध पार्ने सकिने औंल्याएका छन् । आफूसँग पर्यटन र कृषिबाट समृद्धिको योजना भएको दाबी गर्दै उनले निर्वाचनमा अग्रगामी शक्तिलाई निर्वाचित गराउन आग्रह गरे । लामिछानेले आफूहरु फगत सत्ता प्राप्तिका लागि गठबन्धन गरेर निर्वाचनमा नहोमिएको जिकिर गर्दै विगतमा आफूले विभिन्न ठाउँमा नेतृत्व गर्दा देखाएका सपना पूरा गर्ने प्रतिवद्धता जनाए… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं