भ्रम फैलाउँदै एमाले प्रदेश सदस्य

स्थिर समयमा अरु बेलाभन्दा बढी चलखेल हुन्छ भन्ने गरिन्छ । प्रचारप्रचार अवधि सकिएपछि नेकपा एमाले गण्डकी प्रदेश सदस्य दीपक आचार्यले यस्तै भ्रमपूर्ण चलखेल गरेका छन् ।

आचार्यले शनिबार बिहान नयाँपत्रिका, अनलाइन खबर र सेतोपार्टीका नक्कली समाचार बनाउँदै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । उनले कांग्रेसले माओवादीका उम्मेदवारलाई मत नदिन आन्तरिक सर्कुलर गरेको भन्ने फर्जी समाचार हालेका थिए ।

आचार्य हालैमात्र एमाले प्रवेश गरेका हुन् । जागौं नेपालका केन्द्रीय संयोजक, सूचनाको हकसम्बन्धी केन्द्रीय सञ्जालका सचिवालय सदस्यसमेत रहेका आचार्यले भ्रम फैलाएपछि सामाजिक सञ्जालमा चर्काे आलोचना भएको छ । उनी सूचनाको हक डटकमका सञ्चालसमेत हुन् ।

यसैबीच, प्रेस सेन्टर नेपालले विज्ञप्ति निकालेर यस्ता भ्रमपूर्ण गतिविधि नगर्न चेतावनी दिएको छ । पत्रकारिताको नाममा पितपत्रकारिता नगर्न आग्रह गर्दै अध्यक्ष विष्णु सापकोटा जुगलले नियमक निकायलाई कडा कारवाही गर्न आग्रह गरेका छन् । प्रेस सेन्टर नेपालले यसबारे सम्बन्धित मिडिया र निर्वाचन आयोगलाई जानकारी दिइसकेको जनाएको छ ।